अन्तर्राष्ट्रिय

अमेरिकाले इजरायललाई पठायो विमानवाहक पोत र जेटहरू
एजेन्सी । हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि अमेरिकाले इजरायललाईसहयोग गर्न पूर्वी भूमध्यसागर हुँदै विमानवाहक पोत र जेटहरू पठाएको जनाएको छ । अमेरिकाले इजरायललाई थप उपकरण र गोलाबारुद उपलब्ध गराउने पनि बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कठिन घडीमा आफू इजरायलको साथमा रहेको बताएका छन् । यस आक्रमणमा इजरायलमा रहेका धेरै अमेरिकी नागरिकको पनि...
आम आदमी पार्टीका नेता तथा सांसद सिंह भ्रष्टाचार मुद्धामा पक्राउ
आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद सञ्जय सिंह भ्रष्टाचार मुद्धामा पक्राउ परेका छन् । दिल्लीको मदिरा भ्रष्टाचार प्रकरणमा सोधपुपछि आपका नेता सिंहलाई पक्राउ गरिएको छ । प्रवर्तन निर्देशनालय(ईडी)ले सांसद सिंहलाई पक्राउ गरेको हो । ईडीले नेता सिंहको घरमा छापा मारेको थियो । १० घण्टाको सोधपुछपछि उनि पक्राउ परेका हुन् । मदिरा प्रकरणमै यसअघि दिल्लीका...
पाकिस्तानमा मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु
पाकिस्तानमा भएको एक भीषण आत्मघाती विस्फोटमा ५२ जना मारिएको खबर छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए । प्रहरीलाई मस्तुङ सहरमा धार्मिक भीडलाई निशाना बनाउनका लागि यो आत्मघाती हमला गरेको हुनसक्ने आशङ्का छ । जिल्ला स्वास्थ्य अधिकारी मस्तुंग रशीद मुहम्मद सईदले...
शिख नेताको हत्यामा संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई भारतको चुनौती
भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिएको छ । निज्जर हत्याका बारेमा छलफल गर्न भारत तयार रहेको बताउँदै त्यस सम्बन्धमा क्यानडा सरकारसँग जानकारी समेत मागेको छ। भारत सरकारले हरदीपसिंह निज्जर हत्या सम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनसुन्धान अघि बढाउन तयार रहेको स्पष्ट पारेको...
क्यानडा भारत विवाद
क्यानडाबाट तत्कालका लागि भारतीय भिसा सेवा बन्द
भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको भिसा सेवा बन्द गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि भन्दै भिसा सेवा बन्द गरिएको जानकारी दिईएको छ । विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा लगायतका काम गर्दै आएको छ । बिएसएले सरकारी र विश्वका विभिन्न...
चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन प्रधानमन्त्री दाहालको आग्रह
साताव्यापी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्नका लागि त्यहाँका ब्यापारीहरुसँग आग्रह गरेका छन् । नेपाल-चाइना बिजनेस समिटलाई सम्बोधन गर्दै, प्रधानमन्त्री दाहालले लगानी गर्न उपयुक्त मुलुक भएको भन्दै चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले जलविद्युत, कृषि, पर्यटन र यातायात क्षेत्रमा लगानी गर्न नेपालमा अपार संभावना भएको बताउँदै उनले...
नेपालको समृद्धिमा चीन सँधै साथमा छ-राष्ट्रपति सी
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको समृद्धिमा चीन सँधै साथमा रहेको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा राष्ट्रपति सीले नेपालको सम्वन्धलाई आफ्नो मुलुकले ठूलो महत्वका साथ हेरेको र समृद्धिका लागि साथमा रहेका बताएका हुन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति सीका बीच द्विपक्षीय सम्बन्ध र विकासको रणनीतिका बारेमा...
जी २०
विश्वका शक्तिशाली राष्ट्रप्रमुखहरु दिल्लीमा
नयाँ दिल्ली । शनिबार र आइतबार (सेप्टेम्बर ९ र १०) तारिखका दिन विश्वभरका शक्तिशाली नेताहरु दिल्लीमा रहने छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, इटलीका प्रधानमन्त्री जांर्जियो मेलोनी, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जापानका प्रधानमन्त्री फुमियो किशिदा, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नाडिज दिल्ली आइपुगेका छन् । नयाँ दिल्लीमा शनिबारदेखि दुई दिन जी २० शिखर सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा...
भारत नयाँ विश्व रेकर्ड राख्न सफल
चन्द्रयान-३ सफलतापूर्वक अवतरण
नयाँ दिल्ली  । भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गराउन सफल भएको छ । भारतले बुधवार चन्द्रमाको दक्षिणध्रुवमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गराएको हो । चन्द्रमाको सतहमा अहिलेसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन्, भारत नयाँ विश्व रेकर्ड राख्न सफल भएको छ । यसलाई भारले एतिहासिक सफलता भनेको छ । चन्द्रमाको सतहमा भने यसअघि अमेरिका, रुस...
हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो
नयाँ दिल्ली भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य...
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको भ्रष्टाचार मुद्दा र राजनीतिक भविश्य
एजेन्सी पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई पार्टीका प्रमुख इमरान खान भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद पाएपछि यतिबेला उनि जेलमा छन् । सरकारमा हुँदा उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको ‘तोषाखाना मामिला’ मा उनलाई इस्लामाबाद जिल्ला अदालतले कैद सजाय र जरिवाना दुवैको फैसला सुनाएको थियो । खानलाई यसअघि गत मे ९ मा पनि भ्रष्टाचार मुद्दामै पक्राउ गरिएको...
आप्रवासी चढेको डुङ्गा पल्टिँदा इटालीमा ४१ जनाको मृत्यु
बीबीसी इटालीमा आप्रवासीहरू चढेको डुङ्गा पल्टिँदा ४१ जनाको मृत्यु भएको छ । इटालीयन टापु लाम्पेदुसास्थित बुधबार डुङ्गा दुर्घटना भएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार दुर्घटनामा जीवित भएका चार जना यात्रुहरूले आफूहरू ट्युनिसीयाको स्फ्याक्सबाट डुंगाको यात्रा गरेको बताएका छन् । उनीहरू इटाली जाने क्रममा डुङ्गा दुर्घटना भएको हो । आप्रवासी तथा शरणार्थीको रुपमा असुरक्षित मार्ग हुँदै...