सामाजिक संजालमा भेटिएका केही तस्विरहरुले कहिले काहीँ मन छुन्छ । पछिल्ला दिनमा यो तस्विरले मलाई बाल्यकाल स्मरण गराउँदै बुढौलीमा पुराएको छ । म यस्तै यस्तै परिवेशमा हुर्किएको हुँ । मेरो घर अगाडिको बारीमा फलेको रायोको साग, घर अगाडिको धारो, जुठेल्नो, सुन्तलाको बोट, काउली, मुला, भ्यान्टा, लसुन, प्याजका ससाना बिरुवा । आहा क्या मज्जाको देखिन्थ्यो त्यो...