अमेरिका विशेष

राष्ट्रसंघको ७८ औं महासभा बैठक
प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिव गुटरेका बीच भेटघाट
प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेका बीच भेटघाट भएको छ । राष्ट्रसंघको ७८ औं महासभा बैठकमा सहभागि हुन आएका प्रधानमन्त्री दाहाल र महासचिव गुटरेका बीच आइतबार न्यूयोर्क समय अनुसार साँझ सात बजेपछी भेटवार्ता भएको हो । प्रधानमन्त्री र गुटरेकाबीच विश्व शान्ती, बिकास र समृद्धिका बारेमा कुराकानी भएको नेपालका लागि स्थायी नियोग प्रमुख...
माइती र देश सम्झेर तीज मनाए अमेरिकामा दिदी बहिनीहरुले
अमेरिकामा रहेका नेपाली महिला दिदी बहिनीहरुले हरितालिका तीज समुहमा तथा संघ सस्थाले आयोजना गरेका कार्यक्रममा जम्मा भएर  मनाएका छन् । समुह समुहमा समेत जम्मा भएर यहाँ रहेका महिलाहरुले हरितालिका तीज भब्य रुपमा मनाए । तीजको मौकामा नेपाली दिदी बहिनीहरुले बिदेशमा भोग्नु परेका पिडा, माइती देशको माया, माइत जान नपाउँदाको गुनासो गीतका माध्यमबाट व्यक्त गरे ।...
प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क आउने
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार आउने भएका छन् । उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत : २०३० को एजेन्डा...
अमेरिकी सभामुखद्वारा बाइडेनविरुद्ध महाभियोगको छानबिन गर्न निर्देशन
एजेन्सी । अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन गर्न निर्देशन दिएका छन् । म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान गर्न निर्देशन दिएको बताएका हुन् । हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेला परेको उनको कथन छ । रिपब्लीकनहरुले सन् २०२१ मा राष्ट्रपतिको...
परराष्ट्रमन्त्री साउद आइपुगे अमेरिका
काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाले परराष्ट्र मन्त्री एनपी साउदको स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघ (यूएन)को ७८औं साधारण सभालाई सम्बोधन गर्न अमेरिका आइपुगेका साउदलाई स्थानीय समय अनुसार मंगलबार राति ११:३० मा एयरपोर्ट पुगेर स्वागत गरिएको नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्टले बताए। मन्त्री साउदलाई स्वागत गर्न संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर...
बाइडेन संयुक्त राष्ट्र सङ्घको महासभामा जाने
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले मङ्गलवार जनाएको छ । युक्रेनमा रुसको युद्धले राष्ट्रसङ्घको वार्षिक मञ्चमा पुनः प्रभुत्व जमाउने अपेक्षा गरिएको छ, जहाँ राष्ट्रहरूले गत वर्ष मस्कोले देशको केही भागहरू कब्जा गरेको विरोधमा मतदान गरेका थिए ।...
9/11
अमेरिकामा सेप्टेम्बर ११ को सम्झना, म्यानहाटनमा स्मृतिसभा
संयुक्त राज्य अमेरिकामा सन् २००१ मा विश्वको एक आतङ्कवादी सञ्जाल अल कायदाद्वारा गरिएको आक्रमणको आज २२ वर्ष पूरा भएको छ। सो आक्रमणमा मारिएका नागरिकको स्मरणमा न्युयोर्कमा स्मरण सभाको आयोजना गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। अमेरिकाको न्युयोर्कस्थित ग्राउण्ड जिरोमा रहेको टावरमाथि अल कायदाले हवाई जहाज ठोक्काएर सो आक्रमण गराएको थियो। नाइन इलेभेनका रूपमा परिचित यो...
बाइडेन भन्छन्ः म चीनलाई समेट्न चाहन्नँ, बरु सम्बन्धका लागि स्पष्ट आधारभूत नियमहरू स्थापित गर्न चाहेको छु
एजेन्सी। व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । वासिङ्टनले भारत, अस्ट्रेलिया र जापानसँग क्वाड सुरक्षा वार्ता र बेलायत र अस्ट्रेलियासँग एयूकेयूएस सम्झौतालगायत इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत गठबन्धन निर्माणमा ठूलो लगानी गरेको भन्दै उनले संयुक्त राज्य अमेरिकाले चीनलाई समेट्न नचाहेको बरु सम्बन्धका लागि...
राष्ट्रसंघको ७८ औं महासभा
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाल अमेरिका आउँदै
अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते अमेरिका आउँदै छन् । भदौ १९ गतेदेखि सुरू भएको, महासभाको ७८ औं सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल अमेरिका आउन लागेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको टोलीमा २४ सदस्य छन् ।...
सैन्य अभ्यासका लागि अमेरिकी सेना नेपालमा
काठमाडौं । अमेरिकी सेनाको एउटा टोली काठमाडौं आइपुगेको छ। अमेरिकी वायु सेवा निगमको विशेष जहाजबाट नेपाली सेना सँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको हो । नेपाली सेना र अमेरिकी सेनाबीच भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुँदैछ। संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका...
एनआरएनएमा पर्वतबाट प्रतिनिधित्व गर्ने बिजयी उम्मेदवारलाई सम्मान
पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाले पर्वतबाट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका न्यूयोर्क च्याप्टरमा विजयी भएका आफ्ना उम्मेद्वारहरुलाई सम्मान गरेको छ । संस्थाको तर्फबाट जुलाई २२–२३, २०२३ मा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका न्यूयोर्क च्याप्टरमा विजयी भएका समाजका संस्थापक अध्यक्ष हेमन्तबहादुर मल्ल, कार्यसमिति सदस्य विशाल रेग्मी र कार्यसमिति सदस्य तथा अनुशासन...
आईसीसीले सार्वजनिक गर्यो डेलिगेट्सको नाम, अमेरिकाको…
गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली प्रकाशित गरिएको छ । विश्वभर रहेका राष्ट्रिय समितिहरुमा रहेका कुल आजीवन तथा साधारण सदस्य मध्येबाट छानिएका अधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक गरिएको छ । साउदी अवरमा रहेका कुल ३ हजार ८ सय ८२ सदस्य मध्ये १ सय ६३ जना प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ । यसैगरी मलेशियामा...