अमेरिका विशेष

अमेरिका र मेक्सिकोका राष्ट्रपति बीच, आप्रवासन बारे छलफल
अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच शुक्रबार छलफल भएको छ । छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो संख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै...
एमसिसी परियोजना समयमा सम्पन्न गर्ने प्रतिबद्धता
अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउदले एमसिसि परियोजना समयमा नै सम्पन्न गरिने जानकारी गराएका छन् ।  परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले  निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गरेका छन् । एमसिसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसिसीका...
परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री बीच भेटवार्ता
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षा लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियोे । यसैगरी दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल गरेका छन । परराष्ट्रमन्त्री साउदले भेटका क्रममा नेपालले अल्पविकसित...
एनआरएनए चुनाव
गैरआवासीय नेपाली संघको चुनावी रौनक
गैरआवासीय नेपाली संघको चुनावले यति बेला प्रवासी नेपालीहरुका बीचमा रौनक छाएको छ । यसो त यो संस्थाका बारेमा आम सर्वसाधारणलाई त्यत्ति चासो छैन । तर छानिएका प्रतिनिधि, उम्मेदवारको चर्चा परिचर्चाले सामाजिक संजाल यतिबेला तरंगित छ । अर्को तर्फ आकांक्षी उम्मेदवारले अन्तिम समयमा कुन समूहबाट टिकट पाउँछन् या चिप्लिन्छन् भन्ने चासोका कारण पनि हुन सक्छ, गैरआवासीय...
नेपाली समाज टेक्सासले २५ औं बार्षिकोत्सव भब्य कार्यक्रम गरी मनाउँदै
नेपाली समाज टेक्सासले भोली शनिवार आफ्नो २५ औं बार्षिकोत्सव बिविध कार्यक्रम गरी मनाउँदैछ । टेक्सासस्थित पशुपतिनाथ मन्दिर प्राङगणमा एनएसटीले २५ औं बार्षिकोत्सव भब्य कार्यक्रम गरी मनाउन लागेको हो । टेक्सास क्षेत्रको अग्रणी सामाजिक संस्था एनएसटीले भोली बिहान ठिक १० बजेदखी बिभिन्न कार्यक्रम गर्नेछ । संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार बिहान १० बजेदखी १२ बजे सम्म...
एनआरएनए आइसीसीमा श्रेष्ठ समुहबाट राजन त्रिपाठी उपाध्यक्षमा पक्का
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनमा वर्तमान कार्यसमिति सचिव राजन त्रिपाठी उपाध्यक्ष उम्मेदवार पक्का भएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका महेश श्रेष्ठको टिमबाट त्रिपाठीले उपाध्यक्षको टिकट पक्का गरेका हुन् । वर्तमान सचिव त्रिपाठी यसअघिनै उपाध्यक्षमा उठने बताउँदै आएका थिए । तर श्रेष्ठ समुहबाट हालका कोषाध्यक्ष सुनिल शाह या त्रिपाठी मध्ये एकले उपाध्यक्षमा...
अमेरिकाज क्षेत्रिय संयोजक (आरसी) पदमा बस्नेतको उम्मेदवारी
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२०२५ कार्यकालका लागि अमेरिका निवासी बेदराज बस्नेतले अमेरिकाज क्षेत्रको क्षेत्रिय संयोजक (आरसी) पदमा उम्मेदवारी दिएका छन् । लामो समयदेखी एनआरएनए अभियानमा रहेका बस्नेतले प्रवासी नेपालीहरुको हकहित र संस्थाको संस्थागत बिकासका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी गराएका छन् । बस्नेतले जारी गरेको प्रेस बिज्ञप्ती यस प्रकार रहेको छ ।...
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ
विश्वकै वित्तिय राजधानी न्यूयोर्कमा फहराइयो नेपालको चन्द्र र सुर्य अंकित झण्डा
विश्वकै वित्तिय राजधानी मानिने न्युयोर्क सिटीमा चन्द्र र सुर्य अंकित झण्डा फहराइएको छ । विश्वको ब्यापारिक केन्द्र न्यूयोर्कस्थित वाल स्ट्रीटको नजिक बलिङ ग्रिन पार्कमा नेपाली झण्डा फहराइएको हो । न्यूयोर्क सहरका मेयर एरिक आडम्सले नेपाल तथा, नेपाली समुदायको सम्मानमा नेपालको चन्द्र र सुर्य अंकित झण्डा फहराएका हुन् । कार्यक्रम न्यूयोर्क सहरका मेयरको कार्यालय, बलिंग ग्रिन...
७८ औं महासभा बैठक
राष्ट्रसंघमा प्रधानमन्त्री दाहालको सम्बोधन
७८ औं महासभा बैठकलाई सम्बोधन गर्न अमेरिका आएका प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च स्तरीय छलफल (हाइलेबल मिटिङ)लाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रसंघले दिएको बिषय भित्र केन्द्रित रहेर नेपालको धारणा अन्तर्राष्ट्रिय फोरममा राखेका हुन् । प्रधानमन्त्री दाहालले जलवायु परिर्वतन र दिगो बिकास लक्ष्यमा केन्द्रित रहेर धारणा राखेका छन् । उनले विश्वभर विश्वव्यापी विश्वासको...
एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक, सेप्टेम्वर २९ तारिख अन्तिम नामावली प्रकाशित गरिने
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर १७ देखी २० तारिख सम्म हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । दुईबर्षे कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष सहितका ७४ जना उम्मेदवारहरु बिभिन्न पदमा सहभागिता जनाउन पाउने छन् । संघको बिधान अनुसार अध्यक्षमा १ जना, उपाध्यक्षमा ६, महिला उपाध्यक्षमा १, महासचिवमा १, उपमहासचिवमा २, सचिवमा ६, महिला...
संयुक्त राष्ट्रसंघको ७८औं महासभा
दिगो बिकास लक्ष्य हासिल गर्न कठिन छ-प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले दिगो बिकास लक्ष्य हाँसिल गर्न कठिन रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सन् २०३० भित्र लक्ष्य पुरा गर्न पूर्वाधार, खानेपानी र सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानीको अभावका कारण लक्ष्य हासिल गर्न कठिन रहेको बताएका हुन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभा अन्तर्गत दिगो विकास लक्ष्यहरू (एसडीजी) लाई सम्बोधन गर्दै प्रधानमन्त्री...