अमेरिका विशेष

नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
नेपाली नागरिकताको निरन्तरता अभियानको बैठकले संसारभरबाट हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ । प्रवासमा रहेका राजनीतिक दल निकट र बिभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरुहरुको संयुक्त बैठकले विश्वभरबाट नेपाली नागरिकताको निरन्तरताका लागि हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो । अभियानको शनिवार सम्पन्न बैठकले विश्वभर रहेका बिभिन्न सामाजिक तथा राजनीतिक दल निकटका संघ सस्थालाईहलाई समेत सक्रिय सहभागि...
जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न
जय नेपाल इन्टरनेसनल फाउन्डेसनको विस्कान्सन च्याप्टरले सेप्टेम्बर १ मा आयोजना गरेको टाउन हल बैठक सदस्यता बिस्तारसँगै समितिलाई कार्ययोजना बनाएर अघि बढाउने निर्णय गर्दै सम्पन्न भएको छ। टाउन हाल बैठकको क्रममा ४३ जनाले आजीवन सदस्यता लिगेका थिए। आजीवन सदस्यता वितरण कार्यक्रमको संयोजन रामजी मरासिनी र केन्द्रीय कोषाध्यक्ष गोविन्द श्रेष्ठले गरेका थिए । विस्कान्सन राज्यको एप्पलटन शहरमा...
महाधिवेशन प्रतिनिध र महासमिति सदस्य निलम्बन छिट्टै फुकुवा हुन्छ : जनसम्पर्क समिति बिभाग प्रमुख पौडेल
जनसम्पर्क समिति बिभाग प्रमुख किरण पौडेलले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निलम्बन छिटै फुकुवा हुने बताएका छन् । बिभाग प्रमुख पौडेलले जनसम्पर्क समितिलाई बन्देज लगाउन, निस्कृय बनाउन या रोक्न नखोजिएको भन्दै त्यो निलम्बन फुकुवा हुने स्पष्ट पारेका छन् । न्यूजपाली डटकमका सम्पादक अनिल अधिकारीसँग अमेरिकी समय अनुसार सोमबार साँझ कुरा गर्दै पौडेलले भने, हामी जनसम्पर्क...
प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि संबिधान संशोधन पनि गर्न तयार छौं : एमाले उपमहासचिव ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गैरआवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरताका लागि संबिधाननै शंसोधन गर्नुपरे पनि दलहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । आइतवार न्यूजपाली डटकमको आयोजनामा भएको नागरिकताको निरन्तरता बिषयक खुल्ला छलफल कार्यक्रमलाई सम्बोधन गर्दै, एमाले उपमहासचिव ज्ञवालीले हाल जारी भएको नागरिकतालाई पूर्णकार्यन्वयन गरेर अगाडि जार्नुपर्ने जनाउँदै राजनीतिक बाहेकका सबै अधिकारका बारेमा आफुहरु स्पष्ट रहेको...
टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानी हत्या
अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । हत्या बारे पूर्ण विवरण आउन भने बाँकी छ । स्थानिय प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । श्रोतका अनुसार...
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ । आगामी असार ६ देखि ९ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन हुने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए । महोत्सवको सुरुआतमा नवीन सुब्बाले...
अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो
अमेरिकी समय अनुसार मंगलबार बिहान मेटा कम्पनीको फेसबुक लगायतका सामाजिक संजालहरुमा एकसाथ समस्या देखियो । मंगलबार बिहान केही घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा एकाएक समस्या देखिएको थियो । तीन वटै सामाजिक सञ्जालमा लगइन नहुने लगायतका समस्या प्रयोगकर्ताहरुले भोगे । यस्तै कैयन प्रयोगकर्ताका इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकिरहेका थिएनन, मेटाले समस्या आएको बताएपनि...
अमेरिकाको ओहायोमा श्रीमति हत्या अभियोगमा पक्राउ परे एक नेपालीभाषी भुटानी
प्रहरीको प्रारम्भिक अनुसन्धानले अमेरिकाको ओहायो राज्यमा बस्दै आएका एक नेपालीभाषी भुटानी पुरुषले आफ्नी श्रीमति हत्या गरेको आरोप लागेको छ । गत हप्ता बुधवारदेखी बेपत्ता भनिएकी अमेरिकाको ओहायो राज्यमा बस्दै आएकी चन्द्रमाया पौडेल रिमालको स्थानिय समय अनुसार मंगलबार बिहान शव फेला परेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा चन्द्रमायाको हत्या उनका पति जेम्स रिमालले गरेको हुन सक्ने...
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा
नेपाल, श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने संयुक्त राज्य अमेरिकाका उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल भ्रमणमा छिन । भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरले नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । यस...
लङ्गआइल्याण्ड नेपाली समाजको अध्यक्षमा गौली निर्वाचित
न्यूयोर्कस्थित लङ्गआइल्याण्ड नेपाली समाजको ७ औं अधिवेशनबाट कुलप्रसाद गौली (राजन) अध्यक्षमा निर्वाचित भएका छन् । हिजो शनिवार सम्पन्न अधिवेशनबाट दुई बर्षे कार्यकालका लागि अध्यक्षमा गौली निर्वाचत भएका हुन । निर्वाचन समितिले दिएको जानकारी अनुसार, गौलीले २९३ मत प्राप्त गरे भने, अध्यक्षका अर्का प्रत्यासी बाबुराम शर्माले २४० मत प्राप्त गरेका छन । निर्वाचन समितिका संयोजक महेश...
रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध
सामाजिक अभियन्ताको रुपमा परिचित नाम हो ‘अर्जुनप्रसाद मैनाली’ । रगत दानको अभियानमा बर्षौंसम्म लागेका मैनालीले रोजेको दु:खद निधनको खबरले यतिबेला नेपाली समाज स्तब्ध छ । सँधै सकारात्मक उर्जा दिने, रक्तदान गरेर अर्को व्यक्तिको ज्यान बचाउनु पर्छ भनेर समाजमा सन्देश प्रवाह गर्ने मैनालीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै देह त्याग गरेका छन् । ३६ वर्ष सम्म...
विश्वास गुमाउँदै एनआरएनए अमेरिका
परिर्वतन अपरिहार्यको हुँकार गरेर चुनाव जितेको एनआरएनए अमेरिकाको वर्तमान कार्यसमिति ६ महिना बित्दा नबित्दै बैठक बस्दा संख्या नपुग्ने हैसियतमा आईपुगेको छ । करिव दुई साताअघि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भौतिक बैठक संख्या नपुगेर बस्न सकेन् । तैपनि यो लाजलाई रुमालले मुख छोपेर यसका पदाधिकारीहरु फेरि अभियानकै नाममा घुमफिर गरिरहेको देखिन्छ । सामान्यत...