खेलकुद

लाहाचोकमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने
पोखरा, ८ चैत । जोगिचौर युवा क्लवले कास्कीको माछापुच्छे« गाउँपालिका–४, लाहाचोकमा गाउँपालिकास्तरीय खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । गाउँपालिका भित्र रहेका क्लवहरु बीच चैत्र १३ देखि १५ गतेसम्म लाहाचोक महेन्द्र मा.वि.को खेल मैदानमा प्रतियोगिता हुुने छ । प्रतियोगिताको बिजेताले नगद रु ३३ हजार ३ सय ३३ , उप–बिजेताले रु २२ हजार...
चैत २१ गतेदेखि आहा ! रारा गोल्ड कप
पोखरा २९, फागुन । पोखरामा आउँदो चैत २१ गतेदेखि १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ ।  पोखरा रंगशालामा चैत २१ गतेदेखि चैत २८ गतेसम्म प्रतियोगिता हुने सहारा क्लवले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्लवले यसअघि चैत १७ गतेबाट प्रतियोगिता सुरु हुने पूर्व घोषणा...
तेस्रो डायमण्ड रनिङ शिल शुरु
पोखरा, २६ फागुन । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा तेस्रो डायमण्ड रनिङ शिल खेलकुद प्रतियोगिता शुरु भएको छ । कोरोना महामारी कम भएर विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि वढाउने उद्देश्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधव शरण उपाध्यायले बताएका छन् । पोखरा महानगरपालिका...
पोखरा म्याराथन अन्तर्गत ह्विल चियर र दृष्टिविहिन दौड
पोखरा,२३ फागुन । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार ह्विल चियर र दृष्टिविहिन महिला तथा पुरुष दौड सम्पन्न भएको छ । “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” अन्तर्गत सम्पन्न प्रतियोगितामा ह्विल चियर पुरुषतर्फ शुरेस गौली प्रथम भएका छन भने भरत अधिकारी दोस्रो र भरत विक्रम बानियाले तेश्रो स्थान हात पारेका छन्...
पोखरा म्याराथनलाई पोखरेली मञ्च यूकेको ५ लाख ३० हजार सहयोग
पोखरा, २० फागुन । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सञ्चालन हुने पोखरा म्याराथनका लागि मञ्चको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेले ५ लाख ३० हजार सहयोग गरेको छ । पोखरामा बिहिबार आयोजित पत्रकार सम्मेलनमा पोखरेली मञ्च यूकेका कोषाध्यक्ष कमल गुरुङले ५ लाख ३० हजारको चेक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका हुन्...
सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिगमा चितवनको विजयी शुरुवात
पोखरा, १८ फागुन । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा सोमबारदेखि पोखरामा सुपर जेनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिग–२०२१ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा चितवन क्रिकेट क्लव विजयी भयो । चितवनले स्याँग्जा क्रिकेट क्लवमाथि ६६ रनको फराकिलो जित निकालेको हो । पहिला व्याटिङ गरेको चितवनले १५४ रनको योगफल तयार...
सफल म्याराथनलाई वडावासीको साथ
पोखरा २६, माघ । पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०७७ लाई सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर १ का वडावासीले साथ दिने भएका छन् । प्रतियोगिता फागुन १ गते हुने छ ।पोखरा महानगरपालिका वडा नम्बर १ मा वडा अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा सोमबार बसेको विभिन्न संघ संस्थाहरुको बैठकमा सहभागीहरुले प्रतियोगिता...
नेपाल लोकतान्त्रिक खेलकुद संघद्वारा संयोजक घोषणा
पोखरा, २१ माघ । नेपाल लोकतान्त्रिक खेलकुद संघले पोखरामा प्रदेश तथा जिल्ला संयोजकको घोषणा गरेकोे छ । संघले पोखरामा बुधबार कार्यक्रम गरी केन्द्रीय पदाधिकारी, ७ प्रदेश र ७७ वटै जिल्ला संयोजक घोषणा गरेको हो । संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नामलाई पूर्व सञ्चारमन्त्री, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले...
नेवि संघको भलिबल उपाधि शिक्षा संकायलाई
पोखरा, २१ मंसिर । नेपाल विद्यार्थी संघ विज्ञान संकाय पृथ्वीनारायण क्याम्पसले गरेको अन्तर संकाय भलिबल प्रतियोगिताको उपाधि शिक्षा संकायले जितेको छ । ९ टिमको सहभागिता रहेको प्रतियोगितामा विज्ञान संकाय उपबिजेता भएको छ । बिजेतालाई नगद ८ हजार सहित कप, मेडल, प्रमाणपत्र र उपबिजेतालाई नगद ५ हजार सहित कप, मेडल,प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा बेष्ट...
बुद्व विशाल बजार ब्यापारिक एशोसियशनको फुटसल
पोखरा, १६ असार । बुद्व विशाल बजार ब्यापारिक एशोसियशनले शनिवार पाँचौ आन्तरिक फुटसल प्रतियोगिता गरेको छ । ६ टिमको सहभागिता रहेको प्रतियोगितामा शुशील श्रेष्ठको समूले उपाधि जित्दै नगद १० हजार, मेडल र प्रमाणपत्र पाएको छ । ब्यवसायीवीच सद्भावको विकास गर्ने उदेश्यले प्रतियोगिता गरिएको एशोसियशनका अध्यक्ष केशवबहादुर खत्रीले जानकारी दिए । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशसभा...
स्पोर्टस् अवार्डलाई सहयोग जारी
पोखरा, १९ जेठ । गण्डकी प्रदेश सरकारले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । मञ्चको टोलीले अघिल्लो महिना...
भलिवलको उपाधि मोदी १ भुकलाई
वीरेठाँटी (कास्की), १० चैत । अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी युवा परिवारको आयोजनामा भएको फागुपूर्णिमा मेला शनिवार सकिएको छ । मेलाको मुख्य आकर्षणका रुपमा रहेको अन्तर गाउँपालिका वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि मोदी गाउँपालिका–१, भुकको टोलीले जितेको छ । उपाधि जितेसँगै उसले नगद रु. एक लाख एक हजार एक सय ११ साथमा शिल्ड, मेडल...