पोखरा,१० पुस । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जनताको हितका कार्य गर्न प्रदेश सरकार सदैव तत्पर रहेको बताउनु भएको छ । रुपाताल तमु समाजले पोखरा–३२ खोलाको छेउमा आयोजना गरेको चौथो साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता एवं ब्याडमिन्टन प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै मन्त्री खड्काले त्यस्तो बताउनु भएको हो ।...