खेलकुद

एसिया कप क्रिकेट
नेपाललाई १० विकेटले हराउदै भारत सुपर फोरमा प्रवेश, नेपाल बाहिरियो
नेपाल एसिया कप क्रिकेटबाट बाहिरिएकाे छ । भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। श्रीलंकाको पालेकेले रंगशालामा सोमबार भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयाे । नेपालले ४८.२ ओभर खेलेर भारतलाई २३१ रनको लक्ष्य दिएको थियो। तर वर्षाले खेल प्रभावित भएपछि डीएलएस पद्दतीबाट खेल २३ ओभरमा छोट्ट्याएर भारतलाई १४५ रनको नयाँ लक्ष्य दिइएको थियो।...
एसिया कप क्रिकेट
भारतलाई नेपालले दियो २३१ रनको लक्ष्य
एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले २३१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० विकेटको क्षतिमा ४८.२ ओभर खेल्दै २३० रन बनाएको हो । भारतले २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको छ। भारतसँगको खेलमा नेपालले सम्मानजनक स्कोर बनाएको हो। श्रीलंकाको पाल्लेकेले मैदानमा टस हारेस नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालका...
एसिया कप क्रिकेट: २७ वर्षपछि भारतसँग पहिलोपटक खेल्दै नेपाल
एसिया कप २०२३ अन्तर्गत नेपालले भारतसँग सोमबार पहिलोपटक खेलेर इतिहास बनाउँदैछ। नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ। श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। समूह ‘ए’ मा रहेको पाकिस्तान...
पाकिस्तानले नेपाललाई २३८ रनले हरायो
नेपाल एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रिएकाे नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अलआउट भयो । कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर...
एसिया कप
बाबरको कीर्तिमानी शतकमा नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य
कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो । कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जीतका लागि ३४३ रनको विशाल लक्ष्य...
ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्‍न्यास लिने घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरी मल्लले सन्‍न्यास लिएको घोषणा गरेका छन् । अबदेखी “अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई यहीँ बिश्राम लिएको जानकारी गराउँदछु, मल्लले पत्रकार सम्मेलनमा भने । मल्लले लगातार १८ वर्ष सम्म नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसूस भएको र देशका लागि केही गर्ने...
माछापुच्छ्रे ४ मा योजना तर्जुमा
हेमजा, ३२ जेठ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ कार्यालयले आ.व ०८०÷८१ को योजना तर्जुमा कार्यक्रम गरेको छ । कार्यक्रममा चालु आ.व ७९÷८० मा सञ्चालित वार्षिक योजनाहरुको पनि समिक्षा गरिएको थियो । योजनाको प्राथमिकीकरणका आधारमा अल्प, मध्य र दीर्घकालिन योजना पहिचान गरी विषयगत वडास्तरीय विज्ञ समूहको सहकार्यमा वडाको योजना अगाडि बढ्ने अध्यक्ष मधुसुधन अधिकारीले जानकारी...
प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगितामा कास्की प्रथम
पोखरा, ३० जेठ । पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगीतामा कास्की प्रथम भएको छ । फाइनल खेलमा कास्कीले तनहुँलाई १ – ० गोल अन्तरले हराएर उपाधी चुमेको हो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवैतर्फबाट १–१ को बराबरी पछि भएको सडेनडेथमा कास्कीले बाजी मारेको...
छात्र छात्र बृद्धिचालको उपाधी त्रिवेणी पब्लिकलाई
पोखरा, २८ जेठ । एन प्याव्सन कास्कीले आयोजना गरेको प्रथम अन्तर विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको छात्र छात्राको उपाधि त्रिवेणी पब्लिक स्कूलले हाता पारेको छ । एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका छात्र र छात्रा तर्फ भएको उक्त प्रतियोगितामा छात्र तर्फ त्रिवेणी पब्लिक स्कुलका प्रमोद रानाभाट प्रथम, पुष्प सदन एकेडेमीका अनमोल थापा द्धितीय, चिल्ड्रेन्स एकेडेमीका आदित्य गुरुङ्...
बगर भाई खलक सुपर भेट्रान फुटबल खेल्न भारत जाँदै
पोखरा २३ जेठ । बगर भाई खलक ६० वर्ष माथीको सुपर भेट्रान फुटबल खेल्न भारत जाने भएको छ। मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको देहरादुनमा जेठ २६ देखि २९ गते सम्म आयोजना हुने प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३ अन्तर्गत हुने सुपर भेट्रान फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो । भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा...
गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वतको कब्जा
पोखरा, २० जेठ । गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वत जिल्लाले कब्जा जमाएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शनिबार म्याग्दीको बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतले क्लिन स्विप गर्दै कब्जा जमाएको हो । पर्वतले पहिलो, दोश्रो र तेश्रो तिनै स्थानमा कव्जा जमाएको छ । पर्वतका किरण विकले १४.०१ मिटरको दुरी ठेलो फाल्दै पहिलो स्थान प्राप्त...
ह्विलचेयर बास्केटबल प्रतियोगितामा महानगर टीम प्रथम
पोखरा, २९ वैशाख । कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा १५ को समन्वयमा...