खेलकुद

विश्वकपमा अष्ट्रेलियाको कीर्तिमानी जित
आइसीसी एक दिवसीय विश्वकपमा अष्ट्रेलियाले कीर्तिमानी जित हाँसिल गरेको छ । भारतको नयाँ दिल्लीमा भएको खेलमा अष्ट्रेलियाले नेदरल्यान्ड्सविरुद्ध ३ सय ९ रन सहित कीर्तिमानी जित हात पारेको हो। ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकको मद्धतले अष्ट्रेलियाले नेदरल्यान्ड्स सामु ४ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्स २१ ओभर खेल्दै ९० रनमै सीमित भई...
एसीसी यु १९ प्रिमियर कप उपाधि चुम्यो नेपालले
नेपालले एसिसी यु-१९ प्रिमियर कपको उपाधि चुमेको छ । मलेसियाको बायोमास ओभलमा भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप जितेको हो। टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाउन सफल भयो । जवाफी ब्याटिङमा मैदानमा आएको यूएईले ११ ओभरमा दुई...
विश्वकप छनौटमा नेपालले कात्तिक ३० मा युएई र मंसिर ५ मा यमनसँग खेल्ने
काठमाडौं । फिफा विश्वकपको एसिया क्षेत्रको छनोट खेलको दोस्रो चरणको खेलतालिका सार्वजनिक भएको छ । समूह एचमा रहेको नेपालले पहिलो खेल कात्तिक ३० गते संयुक्त अरब इमिरेट्स (युएई) सँग दुबईमा खेल्नेछ । त्यस्तै दोस्रो खेल यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा हुनेछ । समूह एचमै रहेका यमन र बहराइनबीच ३० कात्तिकमा साउदी अरेबियामा प्रतिस्पर्धा हुनेछ...
विश्वकप क्रिकेट
 रोहितको कीर्तिमानमा अफगानिस्तान विरुद्ध भारतको शानदार जित
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्ध भारतले कीर्तिमानी जित निकालेको छ । भारतले अफगानिस्तानलाई आठ विकेटले हराउँदै, कप्तान रोहित शर्माले कीर्तिमान कायम गर्न सफल भएका छन् । दिल्लीस्थित अरुण जेट्ली रंगशालामा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गरेको थियो । उसले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७२ रन बनाउन सफल भयो । यता भारतले दुई...
एसियन गेम्स क्रिकेटः
नेपाल एसियाडको क्वाटरफाइनलबाट बाहिरियो, भारतसँग २३ रनले पराजित
१९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ । झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा सम्पन्न खेलमा भारतसँग २३ रनले पराजित भएसँगै नेपाल बाहिरिएको हो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक...
नेपालले माल्दिभ्सलाई १३८ रनले जित्यो, अन्तिम आठको यात्रा तय
काठमाडौं । एसियाली खेलकुद अन्तर्गत आज भएको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ । नेपालले दिएको २१३ रनको लक्ष्य पच्छ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनको स्कोरमा अलआउट भएको हो । नेपालले अन्तिम आठको यात्रा तय गरेको छ ।  यस अगाडि नेपालले मंगोलियालाई हराएको थियो । नेपालका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गर्दै...
नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दियो
नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ। अहिले चीनमा भईरहेको एसियन गेम्सअन्तर्गतको खेलमा नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१२ रन बनाएको छ। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । २७ बल खेलेका पौडेलले ३ चौका र ३ छक्का सहित ५२ रन बनाउन सफल भएका छन्। त्यस्तै कुशल मल्ल...
पब्जी मोबाइल प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा प्रवेश
एसियाली खेलकुद अन्तर्गत पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ। हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । समूहमा नेपाल सहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम प्रतिस्पर्धामा थिए। जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो हुन सफल भयो । समूहको शीर्ष स्थान दक्षिण कोरियाले हात...
साफ यू–१९ च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग टाइब्रेकरमा पराजित
साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो । टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका...
एशियाली खेलकुदमा नेपालको चमत्कार: टी–२० मा कीर्तिमानी स्कोर सहित मंगोलियालाई २७३ रनले हरायो
नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ । जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । यो टि–२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात...
१९ औं एसियाली खेल औपचारिक रुपमा सुरु
चीनको हाङ्जाओमा १९ औं एसियाली खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार १९औं एसियाली खेलको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति थियो । उक्त प्रतियोगिता २३ सेप्टेम्बरमा सुरु भई ८ अक्टोबरसम्म चल्नेछ । जहाँ ४५ देशका...
एशिया कप : भारतलाई उपाधि, श्रीलंका १० विकेटले पराजित
एशिया कपको उपाधि भारतले सजिलै जितेको छ। आज भएको फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो। जितका लागि श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६ ओभर १ बलमा बिना विकेटको क्षतिमा भेट्टायो। भारतको जितमा शुभमन गिलले अविजित सर्वाधिक २७ तथा इशान किशनले २३ रनको योगदान गरे। त्यसअघि श्रीलंकाको राजधानी कोलम्बोस्थित...