खेलकुद

मिडिया कप फुटशल शुरु
पोखरा ५,मंसिर । पोखरा टेलिभिजनको आयोजनामा मंगलबारदेखि प्रथम पोखरा मिडिया कप फुटशल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन समुह ए तर्फ रेडियो बाराही, समाधान दैनिक र फेवा टेलिभिनज विजयी भएका छन् भने समुह बि तर्फ जक्सन डट कम, मेन मिडिया र रेडियो सराङकोट विजयी भएका छन्। उद्घाटन खेलमा रेडियो बाराहीले रेडियो अन्नपूर्णलाई २–१...
‘ट्यालेन्टहन्ट’ मार्फत क्रिकेट खेलाडी खोजी
पोखरा, २ मंसिर । पोखरामा ट्यालेन्टहन्टमार्फत क्रिकेट खेलाडी खोजी अभियान थालिएको छ । उक्त अभियान अन्तर्गत शनिवार दिनभरजसो खेलाडीहरुले पोखरा रंगशालाको मैदानमा व्याटिङ्ग, बलिङ्ग र विकेट किपिङ्ग गरेर आफ्नो प्रतिभा देखाए। त्यसमा कास्की लगाएत अन्य जिल्लाबाट १ सय जना खेलाडीको सहभागिता थियो ।सहभागिमध्ये सात जना बन्द प्रशिक्षणका लागि छनोटमा परेको पोखरा राइनोज टिमका व्यवस्थापक सुदिन...
एसीसी यू–१९ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालद्वारा अफगानिस्तानलाई १०४ रनको लक्ष्य
मलेसियामा जारी एसीसी यू–१९ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ। अफगानिस्तानका मुजिब उर रहमानले नेपालको ६ विकेट लिएपछि नेपालले २८ ओभरमा सवै विकेट गुमार १०३ रन मात्रै बनाउन सक्यो। नेपालका अनिलकुमार साहले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। अर्कातर्फबाट विकेट गईरहँदा एकतर्फबाट अनिलले नेपालको ब्याटिङ...
माछापुच्छ्रे क्रिकेट क्लवले अन्र्तराष्ट्रिय भ्रमण गर्ने
पोखरा, २९ कात्तिक। पोखराको माछापुच्छे क्रिकेट क्लवले क्रिकेट खेल्नका लागि पहिलो अन्र्तराष्ट्रिय भ्रमण गर्ने भएको छ । क्लवले ६ दिने दुबई भ्रमण गर्न लागेको हो । भ्रमणका क्रममा उसले दुबईस्थित आइसीसि ग्राउण्डमा एक तथा आजमानमा एक गरि दुई खेल खेल्ने क्लबका अध्यक्ष दिपेश खत्रीले बताए । खत्रीकै कप्तानीमा जान लागेको १२ सदस्यि टोलिका खेलाडीहरुमा रबिन...
पोखरा रंगशालाको फुटबल ग्राउण्ड बनाउन भारत, मेलसिया, रसिया र चीनको चासो
पोखरा, १५ कात्तिक/खेलकुद परिषदले पोखराको फुटबल मैदानसहित प्यारापिट तथा एथलेटिक्स ट्रयाक बनाउने ग्लोबल टेण्डर आह्वान गरेको छ । केहि दिन आगडी सार्वजनिक सूचना निकालेसंगै चार देशले पोखरा रंगशालाको फुटबल मैदानसहित रुफटपयुक्त प्यारापिट निमार्णको चासो देखाएका हुन् । फुटबल मैदान र प्यारापिट “ग्याल्भनाईज्ड स्टील मोडुलर सिष्टम”को बनाइने छ । त्यसको लागि भारत, मेलसिया, रसिया र चीनले...
आतंकबादी आईएसद्वारा रोनाल्डो, मेस्सी र नेयमारलाई ज्यान लिने धम्की, समर्थकहरु स्तब्ध (हेर्नुस् फोटोहरु)
लन्डन (एजेन्सी) – कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको लिने नभई सबै फुटबल समर्थकको दिमाग खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धि प्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा...
भाइरल भएको एउटा पेनाल्टी, २०–१९ गोलले विजयी खेल (भिडियोसहित)
कात्तिक ८ – गत शनिबार थाइल्यान्डको स्थानीय युथ-१८ कप फुटबलमा भएको पेनाल्टी अहिले विश्व फुटबल प्रेमीमाझ भाइरल भइरहेको छ । बैंककमा बैंकक स्पोर्ट्स क्लब र सात्री आङथोङ क्लबबिचको सेमिफाइनल खेलमा  निकै रोमाञ्चक पेनाल्टी सुट हेर्न पाइयो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको खेलमा निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा बैंकक २०–१९ गोल अन्तरले विजयी भयो...
पोखरा रंगशालाको फुटबल मैदान बनाउन १ अर्बको टेण्डर आह्वान
केशव पाठक लामो समयको प्रतिक्षापछि पोखराको फुटबल स्टेडियम निर्माण गर्न ग्लोवल टेन्डर आह्वान गरिएको छ । मंगलबार दैनिक एक अंग्रेजी पत्रिकामा राष्ट्रिय खेलकुद परिषदद्वारा प्रकाशित टेन्डरमा १० महिनामा काम सकिने गरि ग्लोवल टेन्डर आह्वान गरिएको हो । प्रकाशित टेन्डरमा परिषदले १३ औं साग लाई मध्येनजर गर्दै पोखराको फुटबल स्टेडियम निर्माण सम्पन्न गर्न टेन्डर आह्वानमा स्पष्ट...
रोनाल्डोको इच्छा ‘सात अवार्ड’
क्रिस्टियानो रोनाल्डोले सोमबार पाँचौंपल्ट फिफाको उत्कृष्ट वर्ष खेलाडी जिते । तर उनको भोक अझै मरेको छैन । उनी चाहन्छन्, सातपल्ट यही अवार्ड जित्ने । रोनाल्डोको रियल म्याड्रिडले गत सिजन ला लिगा जित्यो, च्याम्पियन्स लिग पनि । त्यसैले लन्डनमा आयोजित स्टार व्यक्तित्वहरूले भरिएको कार्यक्रममा उनकै प्रभुत्व चल्यो । यी पोर्चुगाली तगडा खेलाडीले आफ्नो देश र क्लबका...
ए डिभिजन लिगमा कास्की बञ्चित, दोष कसको ?
पाेखरा, ४ आश्विन/ अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिगमा यसपालि राजधानीबाहिरका टिम समावेश गरिँदा कास्की भने बञ्चित भएको छ । प्रतियोगितामा १६ टिमहुँदा मोफसलबाट ४ टिम समावेश छन् । आगामी मंसिर १४ गतेबाट हुने प्रतियोगितामा यस वर्ष झापा ११, मोरङ, रुपन्देही र सुदूरपचिश्मलाई थप समावेश गरिएको छ । अखिल...
यस्तो थियो पोखरा रंगशाला, फेरिने भो त अब रंगशालाको अनुहार !
केशब पाठक, पोखरा, ११ फागुन / लामो पर्खाइ पछि अब पोखरेली खेल प्रेमीहरुले पोखरा स्टेडियममा बसेर फुटबलको मज्जा लिन पाउने भएका छन । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको बुधवार सम्पन्न बैठकले केही महत्वपुर्ण निर्णय गरेपछि रंगशालाको मुहार केही भएपनि नयाँ रुपमा देख्न पाइने भएको हो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले रंगशाला भित्रको महत्वपुर्ण रहेको...
खेलकुद पत्रकारलाई सम्मान, पोखरा रंगशालामा खेलकुद सूचना केन्द्र स्थापना हुने
मज्जाको न्युज पोखरा, ३२ जेठ / पोखरा रंगशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हलमा खेलकुद सूचना केन्द्र स्थापना हुने भएको छ । आगामी १३ औं साग खेलकुद प्रतियोगितामा पोखरामा ७ खेल हुने पक्का भएपछि यसै अवसरमा खेल गतिविधिको समाचार सम्प्रेषणमा पत्रकारलाई सहज होस् भन्ने उद्देश्यले उक्त हलमा छुट्टै खेलकुद सूचना केन्द्र स्थापना हुने भएको हो । केन्द्र...