खेलकुद

पोखरामा पिसिसि क्रिकेट कप हुने
पोखरा, २८ पुस / पोखरा क्रिकेट क्लबले अन्तर क्लब पीसीसी क्रिकेट कप २०७४ आयोजना गर्ने भएको छ । २३ वर्ष अगाडि स्थापित पुरानो उक्त क्लबले आगामी माघ अन्तिम साता स्थानीय स्तरको अन्तर क्लब प्रतियोगिता आयोजना गर्ने अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिएका छन् । पोखराको क्रिकेट विकासमा निरन्तर योगदान दिँदै आएको उक्त क्लब पछिल्लो समय सक्रिय नबनिरहेको...
सेनाका ओलम्पियन कमललाई स्वर्ण
पोखरा, २८ पुस । नेपाली सेनाका ओलम्पियन कमल बहादुर अधिकारीले राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत भएको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् । राष्ट्रिय किर्तिमानमा सुधार गर्ने उदेश्यले मैदानमा उत्रेका अधिकारीले स्वर्णमानै चित्त बुझाए । ७७ केजी तौलमा उनले स्नाचमा १२० केजी उचाले । यसमा उनकै नाममा १२२ केजीको...
आहा रारा गोल्डकप बिजेता टोलीलाई सात लाख पुरस्कार
पोखरा, २५ पुस। पोखरामा आगामी माघमा आयोजना हुने  १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । प्रतियोगिता सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुँदैछ । यस वर्ष विजेता टोलीले सात लाख एक हजार र उपविजेताले तीन लाख...
राष्ट्रिय ह्याण्डवलको उपाधि पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ एपिएफलाई
पोखरा, २३ पुस । पोखरामा शनिबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चलले उपाधि हात पार्दा महिला तर्फ विभागिय टिम सशस्त्र प्रहरी बलको एपिएफले उपाधि रक्षा गरेको छ । १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको फाईनल खेलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गर्दै उपाधि...
इपिएलमा हायतले गरे रेकर्ड ब्रेक
 इपिएलको अहिलेसम्मको खेलमा विराटनगर वारियर्सका बबर हायतले रेकर्ड तोडेका छन्। उनले सबैभन्दा छिटो अर्धसतक पुरा गरेर रेकर्ड बनाएका हुन्। उनले २५ बलमा ५ चौका र ६ वटा छक्का हान्दै अर्धसतक पुरा गरेर ८१ रनमा आउट भएका थिए। दिपेन्द्र सिंह ऐरीले हायतसँगको साझेदारीमा ३० रन जोड्न सफल भए। बिराटनगर वारियर्सले चितवन टाइगर्सलाई १७५ रनको लक्ष्य दिएको...
इपिएल त्रिकेट प्रतियोगिता हुँदै
टिभिएस एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिता आज सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा हुने उद्घाटन खेलमा आज काठमाडौं किंग्स् ईलेभेन र ललितपुर पेट्रियट्स बीच प्रतिस्पर्धा हुनेछ । विहान ११ बजे पछि सुरु हुने खेलमा काठमाडौं सोमपाल कामी र ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छन् । डबल राउण्ड रोबिन लिगका आधारमा...
ईपीएल खेल्न पोखरा राईनोजमा तीन पाकिस्तानी खेलाडी
रञ्जन अधिकारी पोखरा, २९ मंसिर / आगामी पुस ३ (१८ डिसेम्बर) देखि काठमाडौं किर्तीपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमीयर लिग (ईपीएल) मा सहभागी टोली पोखरा राइनोजमा तीन पाकिस्तानी खेलाडी अनुबन्ध भएका छन् । प्रतियोगितामा सहभागिताका लागि तयारी गरिरहेको पोखराको क्लबमा तीन विदेशी खेलाडी सहभागी गराउनैपर्ने नियमानुसार पाकिस्तानका खेलाडीहरु हालै अनुबन्धित भएका हुन् । इसरार उल्लाह,...
नेपालद्वारा म्यानमार ३३७ रनले पराजित
काठमाडौँ –  एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ। थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो। जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो। जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल...
थाईल्याण्डविरुद्ध नेपाल १३३ रनले विजयी
एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आयोजक थाईल्याण्डबिरुद्ध शानदार जित हात पारेको छ । १ सय ८० रनको चुनौती पच्छ्याएको थाईल्याण्डलाई १९ दशमलव ३ ओभरमा ४६ रनमा समेट्दै नेपालले १ सय ३३ रनको फराकिलो जित हात पारेको हो । नारायण जोशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट चट्काएपछि घरेलु टोलीले लज्जास्पद...
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल ६३ रनले पराजित
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल पराजित भएको छ । यूएईसँगको आज भएको अन्तिम खेलमा नेपाल ६३ रनले पराजित भएको हो । नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएईले ४९.२ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १ सय ९५ रनमा बनाएको थियो । १ सय ९६ रनको लक्षको साथ...
हङकङलाई पराजित गर्दै नेपाल तेस्रो स्थानमा
कठमाडौं– आइसीसी महिला टि– २० विश्वकप छनोट एसियामा तेस्रो स्थानको लागि भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ । नेपालले १९.५ ओभरमा हङकङलाई ५८ रनमै अलआउट गरेको थियो । नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिएकी थिइन् । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै ९४ रन बनाएको...
आइसीसी महिला टि–२० : मलेशियाविरुद्ध नेपालको सहज जीत
काठमाडाै – आइसीसी महिला टि-२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले मलेशियालाइ हराउँदै पहिलो जित दर्ता गरेको छ । शुक्रवार थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको...