खेलकुद

लनर्स एकेडेमीमा त्रिदिवसीय खेलकुद
पोखरा, २४ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ स्थित पोखरा लनर्स एकेडेमीमा त्रिदिवसीय खेलकुद प्रतियोगिता शुरु भएको छ। विद्यार्थीहरुको शारिरीक विकासँग आपसी सद्भाव बढाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो। शुक्रबारसम्म चल्ने प्रतियोगितामा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने छन्। प्रतियोगितामा बेलुन फुटाइ, मिठाइ दौड, रस्साकसी, कवड्डी, दौड, फुटबल लगायका खेलहरु संचालन गरिने विद्यालयका...
‘पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ’
पोखरा क्षेत्रमा स्थान मिलेमा आगामी वर्षदेखि नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद्ले अग्रसरता देखाएको छ । सदस्य सचिव केशवकुमार विष्टले न्युट्रल भेन्युका रुपमा नेपाल रहने र त्यसका लागि प्राकृतिक स्रोतसाधनले ध्यान खिच्न सक्ने पोखरा उत्तम स्थान भएको उल्लेख गरे । ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान पोखरामा बनाउने सोच छ । २० हजार बढी...
क्रिष्टलमा खेल सप्ताह
पोखरा, १५ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ ठाडोपसल स्थित क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरीले खेल सप्ताह गरेको छ। खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक विकाससँगै विद्यार्थीवीच आपसी सद्भाव विकासका लागि खेल सप्ताह गरेको हो। खेल सप्ताह अन्तर्गत मण्टेश्वरीले आयोजना गरेका विभिन्न खेलहरुमा विद्यार्थीहरुले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले खेलप्रति देखाएको चासो तथा रुचिले उत्साहित बनाएको मण्टेश्वरीले जनाएको छ।...
चर्चा सन्दीपको, त्यो दिनले उनको भाग्य चम्कियो
पोखरा, १५ माघ। युवा क्रिकेटर सन्दीप लामिछानेको चर्चा चुलिएको छ। उनका बारेमा गरिएका चर्चा संचारमाध्यम र सामाजिक सञ्जालमा देख्न सकिन्छ। लामिछाने आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएपछि चर्चा चुलिएको हो। आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् । आईपीएल खेल्ने अवसर पाएका सन्दीप अहिले अहिले विश्व क्रिकेट लिग डिभिजन – २ को तयारीका...
११ औं बीबीए कपको उपाधि जनप्रियलाई
पोखरा, १२ माघ। पोखराको जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय बीबीए फुटबल कपको उपाधि जितेको छ। जनप्रियले पोखराकै पृथ्वीनारायण क्याम्पसलाई १–० गोलले हराउँदै बीबीए कपको उपाधि जितेको हो। जनप्रियले उपाधिसहित नगद ७० हजार र ट्रफी हात पा¥यो। उपविजेता पृथ्वीनारायण क्याम्पसले भने नगद ३५ हजारसहित ट्रफी हात पा¥यो। प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय सम्बन्धनप्राप्त २३ क्याम्पसले सहभागिता जनाएको जनप्रिय...
राईजिड्ड पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण
पोखरा, ११ माघ । पोखरामा रहेको राईजिड्ड पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री प्रदान गरिएको छ। पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित कार्यक्रममा वृज सिमेन्ट इण्डष्ट्रिजद्धारा प्रायोजन गरिएको क्रिकेट सामाग्री प्रदान गरिएको हो। राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरले क्रिकेट सामाग्री हस्तान्तरण गरेका थिए। भेषवाकर वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा बिगत एक बर्षदेखि आवद्ध...
पर्वतिय दौडमा प्युठानका दाजु भाईको बर्चश्व
पोखरा, १० माघ। कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित अर्मलामा आयोजित पर्वतिय दौडमा प्युठानका दाजु भाई प्रथम र तृतिय भएका छन् भने नेपाली सेनाले दोश्रो स्थान हासिल गरेको छ । १० किलोमिटर उक्त दौडमा प्युठानका दामोदर बुढामगरले ४४ मिनेट २१ः०२ सेकेण्डमानै दुरी पार गर्दै नगद १५ हजार प्राप्त गरे । पोखराको बाटुलेचौर बाट...
बी–13 परिवारद्वारा सम्मान
पोखरा, ८ माघ। बी–13 परिवारले कास्की जिल्ला फुटबल संघमा हालै निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ। परिवारले एक कार्यक्रम गरी संघका अध्यक्ष मिलन गुरुङ र उपाध्यक्ष सुरेन गुरुङलाई सम्मान गरेको छ। सुरेन बी–13 परिवारका अध्यक्ष समेत हुन्। क्लवका पदाधिकारी एवं सदस्य र शुभेच्छुकहरुले उनीहरुलाई सम्मान गरेको परिवारका सचिव विशाल गुरुङले जानकारी दिए।
रानीपौवा स्पोर्टस् सेन्टर ‘बी’ लाई उपाधि
पोखरा, ७ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित युवा टोल सुधार समिति कुँडहरले आयोजना गरेको प्रथम सिक्स् ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि रानीपौवा स्पोर्टस सेन्टर ‘बी’ ले जितेको छ।       फाइनलमा रानीपौवा स्पोर्टस् सेन्टर ‘ए’ लाई पराजितगर्दै उसले उपाधि जितेको हो। रानीपौवा स्पोर्टस सेन्टर ‘बी’को तर्फबाट सात र ‘ए’ को तर्फबाट दुई गोल...
१९ औं माछापूच्छ«े फुलकन्ट्याक्ट कराँते प्रतियोगिता
पोखरा, ५ माघ। नेपाल स्ट्रोङ्गेष्ट क्युकोशिन कराँते संघ कास्कीको आयोजना तथा नेपाल क्युकोशिन काइकान कराँते संघ कास्कीको समन्वयमा १९ औं माछापूच्छ«े फुलकन्ट्याक्ट कराँते प्रतियोगिता गरिएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा ८० जना खेलाडी सहभागि थिए। प्रतियोगिता माघेसक्रान्तिको अवसरमा पोखराको ढुङ्गेसाँघुमा गरिएको थियो। प्रतियोगिताको पुरुष खुल्ला तौल समूहतर्फ...
१२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी
पोखरा, ३० पुस। भूतपर्व खेलाडी मञ्च नेपालले १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४ को तयारी सुरु गरेको छ । मञ्चले पोखरामा शनिवार पत्रकार सम्मेलन गरी फागुन ७ गते म्याराथन गर्न लागेको जनाएको छ। पोखरा म्याराथनलाई सुजल डेरी उद्योगको उत्पादन सफल दुधले दुई वर्षदेखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज...
नेपाल सामु ४ सय ९५ रनको लक्ष्य
पुस २९, २०७४ – पाचौँ एक दिवसिय दृष्टिबिहीन विश्वकप क्रिकेटमा श्रीलंकाले नेपाल सामु ४ सय ९५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । युएईको अस्मान ओभल मैदानमा टस जितेर व्याटिङ गरेको श्रीलंकाले निर्धारित ४० ओभरमा ४ विकेट गुमाउँदै ४ सय ९४ रनको योगफल तयार पारेको हो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । यसअघि पाकिस्तानमा...