पोखरा सेरोफेरो

पोखराको सडक समयमै किन बन्दैन ? यस्तो छ कारण
अमृत सुवेदी पोखरा । चैत ०७३ मै सक्नुपर्ने न्युरोड सर्फेस ड्रेसिङको काम ठेकेदार कम्पनीले गत भदौ अन्त्यतिर मात्रै थाल्यो । पोखरा महानगरपालिकासँग ठेक्का पाएको विराट एन्ड विशाल सिमरन जेभीले समयमै काम गर्न नसकेर वर्षायाममा काम थाल्यो । अविरल वर्षाको बीचमा गुणस्तरहीन काम हुन लागेकामा स्थानीय बासिन्दाले विरोध जनाए । महानगरले काम रोक्न निर्देशन दियो ।...
‘राष्ट्र निर्माताको शालिक यथास्थान पृथ्वीचोकमै राख’
पोखरा, १२ कात्तिक। पृथ्वीनारायण शाहको शालिक यथास्थानमा राख्नुपर्ने माग गर्दै शनिबार पोखरामा बृहत जनसभा गरिएको छ। पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संर्घष्ा समितिद्वारा आयोजित सभामा बोल्ने अधिकांश वक्ताले पृथ्वीचोकमा नै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक राख्नुपर्ने माग गरेका हुन्। पृथ्वीचोकमा आयोजित कार्यक्रमका प्रमुख अतिथि संर्घष्ा समितिका वरिष्ठ सल्लाहकार प्राडा दिलबहादुर क्षत्रीले राष्ट्रिय विभूति पृथ्वीनारायण शाहलाई अपमान गरिएको...
माओवादी च्यापेपछि उद्योगपति सूर्यबहादुर केसी एमाले नगई काँग्रेसमा
रञ्जन अधिकारी पोखरा, ११ कार्तिक / पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीलाई नेपाली काँग्रेसका शीर्षस्थ सबै नेताहरु पोखरा नै आएर पार्टीमा भित्रायो । उनी राप्रपामा लामो समय व्यतित गरेका नेता हुन् भने राप्रपाबाटै सभासद् पनि बने । शनिबार पोखरामा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोईराला, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुनमन्त्री...
पोखरामा आज बिजुली आउँदैन, हेर्नुहोस् कुन-कुन ठाउँमा लाईन कट् हुँदैछ
पोखरा, ९ कार्तिक / पोखराका विभिन्न ठाउँमा आज विहीबार विद्युत अवरुद्ध हुने हुँदैछ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले बिहीबार चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । छठ पर्वको दिन प्राधिकरणले विद्युतको नियमित मर्मत सम्भार गर्ने जनाउदै तीन वटा फिडरमा विद्युत आपूर्ति बन्द रहने बताएको छ । प्राधिकरणका अनुसार विहान ८ बजेदेखि १२...
‘रासन खाऊ, ग्याँस लैजाऊ’
रञ्जन अधिकारी पोखरा, २६ मंसिर / ‘साहुजी ग्याँस दिनुस् न’, ‘छैन, आएकै छैन । नभएको ग्याँस के दिनु ?’, ‘अझै आएन ? ग्याँस सर्टेज भाको हो र ?’ … पोखरा नयाँबजारकी सरिता थापाले किराना पसलमा पुगेर यसरी ग्याँस दिन भनेको हप्ता नाघिसक्यो। प्रदर्शनी केन्द्र गेट अगाडिको मुख्य सडकको पसलमा श्रीमान्–श्रीमती जो बसेपनि एउटै जवाफ यसरी...
‘दया जाग्यो, माया पलायो’ अपांगता भएकी बेसहारा महिला र योगी बाबाबीच यसरी भयो प्रेम
रञ्जन अधिकारी पोखरा, २१ पुस / विन्ध्यवासिनी मन्दिर दर्शन गर्न कोहि सिढी उक्लदैंछन् । देवी पुजेर फर्कनेहरु दीनदुःखीलाई केहि पैसा दिँदैछन् । त्यही समूहको अघिल्तिर सानी नानी फुरुक्क पर्दै स्कुल जान हतारिएकी छिन् । सेतो सर्टलाई नीलो स्वीटरले छोपेको छ । निलो फ्रक, पछाडी रातो झोला, दुई तिर रातो रिबनले बाँधेको कपाल, निधारमा पहेंलो टीकाले...
ब्रेकिङ न्युज: पिएनबाट हराएको आईडी कार्ड ‘क्रान्तिकारी नेता’ बस्ने घरमा
रञ्जन अधिकारी पोखरा, १९ फागुन / पृथ्वीनारायण क्याम्पसबाट हराएको विद्यार्थी परिचयपत्र भेटिएको छ । गत फागुन १४ गते शनिबार राति क्याम्पसको विज्ञान संकाय प्रशासन कार्यालको ताला फोडी विद्यार्थीको आईडी कार्ड चोरी भएको भनिएको थियो । सो कार्ड पोखरा ११ तुल्सीमार्ग स्थित एक घरमा विहिबार भेटिएको हो । प्रहरीले सूचनाका आधारमा एक सय ५९ वडा कार्ड...
लाइसेन्स लिन लाइन
रञ्जन अधिकारी पोखरा, १५ भदौ / पोखरामा लामो समयपछि मोटरसाईकलका लागि लाइसेन्स आवेदन खुल्यो । अहिले आवेदन प्रक्रियाका लागि टोकन मात्र बाँडिएको हो । दर्ता त सुरु भएकै छैन । मोटरसाईकलको लाईसेन्स लिनका लागि मात्रै पहिलो चरणमै १३ हजार चार सयले टोकन लिएका छन् । स्कुटर लाइसेन्सका लागि आवेदन सुरु भएकै छैन । यातायात व्यवस्था...
दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’ (फोटो फिचर)
रञ्जन अधिकारी पोखरा, ३० साउन / सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व र अन्तिम साउने सोमबार । पोखराको लेकसाईड स्थित पवित्र धार्मिकस्थल केदारेश्वर महादेव मन्दिरमा सबेरैदेखि भक्तजन उर्लिए । मन्दिरमा पूजा गर्नेहरु छिर्ने गेट छेवैमा लामा लामा दारी पालेकाहरुले अर्को मन्दिर खडा गरे । जहाँ अबिर, फलफूल, नैवेद्य लैजानुपर्दैन थियो । स्वस्थ शरिरका साथ आफू मात्र पुगे...
मन्टेश्वरीमा ‘समाचार’ का कारण शिक्षिका निकाला
रञ्जन अधिकारी पोखरा, ३ असोज / विद्यालयबारे गलत समाचार सम्प्रेषण भएको विवादमा शिक्षिकाको जागिर चट् भएको छ । एक दैनिक पत्रिकामा समाचार प्रकाशन भएको सन्दर्भमा शिक्षिकाले आपत्ति जनाएपछि विद्यालय सञ्चालक रुष्ट बनेका हुन् । बाल दिवस अवसरमा भदौ २९ मा आयोजित कार्यक्रम बढाईं चढाईं मिडियासामु पु¥याएको भन्दै शिक्षिकाहरुबीच खिसिट्याउरी भएको थियो । शिक्षिकाहरु नै विद्यालयको हित...
सुकुम्बासीको नाममा हुकुमबासीको हालीमुहाली !
रञ्जन अधिकारी/प्रकाश ढकाल पोखरा, ३० असोज / पोखरा लेखनाथ महानगरपालिका वडा नं. १५ मजुवाबस्तीस्थित खरबारीमा बनेका घर भत्काईएपछि अहिले त्यहाँका बासिन्दा आन्दोलित छन् । पोखरा लेखनाथ महानगरपालिकाले सो बस्तीमा डोजर लगाएर ३८ वटा घरटहराहरु भत्काएको थियो । २०३३ सालमा कास्की जिल्लाको तत्कालिन भगवतीटार गाउँपञ्चायतमा आएको बाढी पहिरोका कारण विस्थापित भएका पीडितलाई उचित व्यवस्थापन गर्ने भन्दै तत्कालीन...
नाली बन्यो काल
रञ्जन अधिकारी पोखरा, ५ कार्तिक / पोखरामा गत वर्ष १५ दिनमा ४ जनाले सडक नालामै ज्यान गुमाएका थिए । भदौ १५ गते बेलुकी दाङ घर भई पोखरा ४ बस्दै आएकी ४५ वर्षीया मीना भण्डारी सिद्धार्थचोककै नालामा खस्दा ज्यान गुमाईन् । भदौ २२ गते मालपोत कार्यालय नजिक फिर्के खोलामा भएको पुलबाट मोटरसाईकल चलाउने क्रममा कास्की कालिका...