पोखरा सेरोफेरो

११ औं पोखरा महोत्सवको तयारी पूरा
पोखरा, २५ पुस । ११ औंं पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक युनाईटेड क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २७ देखी माघको ९ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहशिक पर्यटकीय गन्तब्य निर्माण...
सल्लाह र सुझाव लिदै पोखरा २८
पोखरा, २४ पुस । पोखरा महानगरपालिका २८ ले वडाको समग्र विकासको योजना निर्माणको लागि वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझावहरु लिएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका निवर्तमान मेयर मान बहादुर जिसीले ऋषि तथा तपोभुमि रहेको यस ठाँउको विकास निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले पोखरा...
पृथ्वीनारायण क्याम्पसको अनुमती बिना सेती नदी माथि पुल निर्माण थालेपछि विरोध
पोखरा, २२ पुस। पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट क्याम्पसको स्वीकृती बिना सेती नदीमाथि पुल निर्माण गर्ने कार्य सुरु हुन थालेपछि क्याम्पसका विद्यार्थी एवं प्राध्यापक आन्दोलित भएका छन् भने क्याम्पस प्रशासनले विरोध गरेको छ । क्याम्पसले भोगचलन गर्दै आएको कि. नं. ८३३ को झन्डै २२३ रोपनी जग्गामा सो विवाद देखिएको हो । संघीय सडक सुपरिवेक्षण...
महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुने
पोखरा, २० पुस। पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बिच सम्झौता भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभएको हो...
इक्यान कास्कीको अध्यक्षमा थापा
पोखरा, १७ पुस। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको ११ औ साधारणसभा तथा छैटौं अधिवेशनले रमेश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा धन बहादुर शाही सन्तोष, सचिवमा कमल बराल र कोषाध्यक्षमा गणेश बहादुर कार्की रहनुभएको छ। त्यस्तै सदस्यहरुमा अनिल गौतम, बिश्वकल्याण अधिकारी, सुरेन्द्र बराल र रुद्र गिरी रहनुभएको छ।
प्रतिभामा ‘फूड फेस्टिभल’
पोखरा,१७ पुस। पोखरामा यतिबेला धेरै महोत्सव चलिरहेका छन् । औद्योगिक ब्यापार मेलादेखि सुन्तला महोत्सव हूँदै सडक महोत्सव यहाँ मेलाको रुपमा चल्ने नियमित गतिविधि हुन । यिनै महोत्सवमा मिसिन आएको छ ‘प्रतिभा फूड फेस्टिभल’ । अरु सबै महोत्सव खुला रुपमा चलिरहँदा प्रतिभा फूड फेस्टिभल भने विद्यालय परिसरमा संचालन गरिएको छ । पोखराको पालिखेचोकस्थित प्रतिभा माविले विद्यार्थीको...
पोखरामा आइतबार यी कार्यलयहरु बन्द रहने छन्
पोखरा, १६ पुस। पोखरामा आइतबार केही कार्यलयहरु बन्द हुन भएका छन्। पुस १७ गते आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई लक्षित गरी कार्यलयहरु बन्द गर्न लागिएको हो। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीद्वारा हस्ताक्षरित सूचनामा विमानस्थल उद्घाटन समारोहमा व्यापक जनसहभागिता रहोस् भन्ने उद्देश्यले त्यस्तो गर्न लागिएको हो। सूचनामा उल्लेख भएअनुसार पोखरा महानगरपालिका, महाशाखा,...
कर्मचारी युनियन कास्कीद्वारा २७ जना गण्डकी प्रदेशसभा सदस्यलाई बधाई ज्ञापन
पोखरा,१४ पुस। नेपाल निजामती कर्मचारी युनियन कास्कीले २७ जना गण्डकी प्रदेशसभा सदस्यलाई एउटै मञ्चमा बधाई ज्ञापन तथा शुभकामना दिएको छ। युनियनले बिहीबार पोखरामा कार्यक्रम गरी नेपाली काँग्रेसको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना दिएको हो। नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, युनियनका अध्यक्ष सुरेश श्रेष्ठ र कार्यक्रम संयोजक डार्विन लम्सालले...
कास्की काँग्रेसका नेता बास्तोलाको निधन
पोखरा,१३पुस। नेपाली काँग्रेस कास्कीका नेता विष्णु प्रसाद बास्तोलाको ६४ वर्षको उमेरमा निधन भएको छ । पोखरा ९ नयाँबजार निवासी बास्तोलाको बुधबार बिहान करिब चार बजे निधन भएको हो । उहाँ केही समय यता मृगौला सम्वन्धी समस्यामा हुनुहुन्थ्यो। उहाँको पार्थिव शरिर आज नै दाहसंस्कार गरिनेछ। बुधबार बिहान १० बजे पोखरा ९ स्थित निवासबाट शवयात्रा शुरु हुने...
‘नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो छ’
पोखरा,११पुस। पोखरामा नेपाली काँग्रेस पार्टीका दुई महामन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गनुभएको छ । नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन  दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले संवादको सहजीकरण गर्नुभयो। पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै चोटिलो प्रश्न गर्नुभयो, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर?’ महान्त्री थापाले यो छोटो प्रश्नको जवाफ...
पोखरामा एक हजार दुई सय जनालाई नेवारी भोज खुवाउने तयारी
पोखरा, ८ पुस। नेवाः खल कास्की र नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा नेवारी भोज कार्यक्रम हुने भएको छ । झ्वः भ्वय तथा सांस्कृतिक उत्सवको तेस्रो संस्करण आयोजना हुन लागेको नेवाः मिसा पुचः कास्कीका अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिनुभयो । साँस्कृतिक गतिविधि मार्फत् नेवारी संस्कृतिको जगेर्नामा तल्लिन नेवाः खलले नेवारी खानाको संस्कृतिलाई बचाउनका लागि भोजको...
पोखरा महोत्सवको तयारी तीव्र
पोखरा ६ पुस ।  ११ औं पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । क्लबले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जनाएको हो । महोत्सव आगामी पुषको २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंहचौरमा हुँदैछ । क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ...