पोखरा सेरोफेरो

यात्रा गर्दै हुनुहुन्छ भने यताको अवस्था बुझौं, सार्वजनीक सवारी चलेका छैन
पोखरा, २७ पुस । गण्डकी अञ्चलभर कुनैपनि सार्वजनीक सवारी सञ्चालन नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघको निर्णय अनुसार विहिवार गण्डकी अञ्चलभर कुनैपनि सर्वजनीक सवारी नचल्ने महासंघ गण्डकीका सहसंयोजक योगेन्द्र केसीले बताए । यातायात व्यवसायीले २ रुपैया भाडा बढि लिदा कारवाही गर्ने सरकार दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि केही गर्दैन, उनले भने...
हात्ति सयर गरेर पोखरा महोत्सव हेर्न पाईने, को को आउनुहुन्छ ?
पोखरा, २६ पुस। पोखरामा पुस २७ देखि माघ ८ गतेसम्म हुन लागेको आठौं पोखरा महोत्सवको तयारी पूरा भएको छ। आयोजक युनाइटेड क्लबले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जनाएको छ।महोत्सव पोखरा अमरसिंहचौरमा हुने छ।  महोत्सवको सवै तयारी पूरा भएको छ क्लबका महासचिव राजु श्रेष्ठले भने – ‘विगतका वर्षहरुमा झै यसपटक पनि साथ...
माइनस १६ डिग्री तापक्रम पुगेपछि मनाङको जनजीवन थप कष्टकर
पोखरा, २५ पुस। मनाङमा तापक्रम घटेर माइनस १६ डिग्री पुगेपछि त्यहाँको जनजीवन थप कष्टकर हुदै गएको छ। जिल्ला प्रहरी कार्यालय मनाङले जिल्ला प्रशासन कार्यालय मनाङसंग समन्वय गरी सर्वसाधारणलाई चिसोबाट बचाउन जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । जनताको जिउधनको सुरक्षाको लागि खट्ने नेपाल प्रहरीले अत्याधिक चिसोवाट कष्टकर दैनिकी बिताइरहेका मनाङबासीका लागि आगो ताप्ने...
पुल उद्घाटनगर्दै सांंसद अधिकारीले भने – ‘अबको पाँच वर्ष बामगठबन्धनलाई’
पोखरा, २४ पुस । प्रतिनिधिसभाका सदस्य रविन्द्र अधिकारीले पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ७ र १५ लाई जोड्ने चोरसाँघुस्थित सेती नदी माथि वनेको पक्की पुलको सोमबार उद्घाटन गरेका छन्। स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको कूल .एक करोड ६० लाख ८९ हजार ८५६ को लागतमा पक्की पुल निर्माण गरिएको हो...
दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने
पोखरा, २० पुस । दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने भएको छ । आयोजक एपी इन्टरटेनमेन्ट प्रालिले पोखरामा पत्रकार गरी कन्टेस्टको बारेमा जानकारी दिएको हो। कन्टेस्टका लागि आवेदन फाराम खुल्लागर्दैै देशव्यापी आवेदन आह्वान गरेको छ । नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित हस्पिटालिटी सेक्टरका व्यक्तिहरुले कन्टेस्टमा सहभागिता जनाउने छन्। अतिथि सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट बढि सम्बन्धित...
चोरीको घटनाले हत्याको रुप लियो, घनले हानेर साथी कै हत्या
पोखरा, २० पुस। कास्कीको सराङ्कोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पामा यसै साता दुई मजदूरको हत्या र एक घाइते भएको घटनाको रहस्य खुलेको छ । मोवाइल चोरको सामान्य दोषमा प्रतिशोध साध्न धनकुटाका ‘सागर’ भनिने पूर्णबहादुर लिम्बुले सँगै सुतेका सहकर्मीलाई फलामको घनले हानेर हत्या नै गरेको रहस्य खुलेको हो । निज २३ वर्षे लिम्बुलाई कास्की प्रहरीले प्रदेश...
कोही आयो, रोयो, आँशु झार्यो भने पग्लिहाल्छु – भट्टराई
पोखरा,२० पुस । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आफ्नो मन निकै कमलो रहेको बताएका छन्। उनले आफ्नो कमजोरी निरंकुश भएको भन्नेहरुलाई जवाफ दिदै आफ्नो मन कमलोहुदाँ पग्लिहाल्ने बताए। मलाई मानिसहरुलाई किन चिढ्याउने भन्ने लाग्छ, कोही आयो, रोयो, आँसु झार्यो भने मन पग्लिहाल्छ, उनले भने – ‘झनै महिलाहरुले आँशु झार्नु भयो भने गाहे भईहाल्छ...
लोक दोहोरी पारखीका लागि घिमिरेको ‘म तिम्रो काले’
पोखरा, २० पुस । लोक गायक पदमराज घिमिरेको ‘म तिम्रो काले’ बोलको लोक दोहोरी गित डिजिटल स्टार पोखराले बजारमा ल्याएको छ। पोखरामा २०६० सालदेखि पत्रकारितामा सक्रिय पोखरा लेखनाथ २६ अर्घौचोक निवासी उदासीको यो पहिलो गित भएता पनि सानै उमेर देखि गीत संगीतमा रुचि राख्थे। पत्रकारिता साथसाथै दोहोरी साँझहरुमा समेत उनले आफ्नो प्रस्तुति दिई सकेका छन्...
कठैबरा यी बालबालिका, यो देख्दा नरुने को होला ?
पोखरा,२० पुस। पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ सृजनाचोक नजिकै खिचिएको हो यो तस्विर। ४८ वर्षिय जीवन गिरीलाई सकि नसकि उनका ६ वर्षिय छोरा समर र ९ वर्षिया छोरी सितलले गन्तव्यतर्फ पु¥याउँदैछन्। समरले ह्वील चेयर तानेका छन् भने सितलले पछाडीबाट धकेलिरहेकी छन्। परिवार पाल्नको लागि सडकमा बसेर माग्नु जीवनको दैनिकी हो। अपाङ्गता भएका जीवनलाई यसरी...
पाहार ट्रष्टको पुस्तकालय समन्वयात्मक कार्यक्रम
पोखरा, १८ पुस । पाहार ट्रष्ट नेपालले पोखरामा शुक्रबार पुस्तकालय समन्वयात्मक कार्यक्रम गरेको छ। कार्यक्रममा पाहार ट्रष्टको सहयोगमा कास्की र स्याङजाका २० विद्यालयमा संचालित पुस्तकालयसँग सम्वन्धीत ६० शिक्षक÷शिक्षिकाको सहभागिता थियो। संस्थाले प्रदेश नं ४ का पाँच जिल्ला कास्की, लमजुङ, तनहुँ, बाग्लुङ र स्याङजाका ३६ विद्यालयमा पुस्तकालय संचालन गरेको पुस्तकालय विकास अधिकृत बालकाशी गुरुङले जानकारी दिईन्।...
खाना पकाउने ग्याँसबाट घरमा आगलागी
पोखरा, १८ पुस। खाना पकाउने ग्याँसका कारण दैनिक जसो हाम्रो समाजमा अप्रिय घटना भैरहेका छन्। फेरि त्यस्तै घटना कास्कीमा पनि दोहोरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ आनन्द बजार रिभान स्थित पार्वती गुरुङको घरमा खाना पकाउने ग्याँसका कारण आगलागी भएको छ। आगलागीका कारण करिब ३० लाखको क्षती भएको बताइएको छ। खाना पकाउने क्रममा ग्याँस...
रहस्यमय घटना, सुतेका चारमध्य दुई मृत अवस्थामा, एक घाइते, एक बेपत्ता, कसरी भयो त्यस्तो घटना ?
पोखरा, १७ पुस। पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ सराङकोटमा निर्माणधीन एक होटलमा भएको रहस्यमय घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको छ। प्रहरीले घटनाको अनुसन्धानको लागि ११ जनालाई पक्राउ गरेको छ भने वेपत्ता मजदुरको खोजी गरेको छ। माउन्टेन रिसोर्ट एण्ड स्पा निर्माणमा खटिएका दुई मजदुर मृत अवस्थामा भेटिएका छन्। अर्का एक घाइते छन् भने एक बेपत्ता।...