पोखरा सेरोफेरो

काँग्रेस सांसदलाई सम्मान, सम्मानअघि वीपी शालिकमा माल्यार्पण
पोखरा, ८ माघ । नेपाली काँग्रेस कास्कीले आफ्ना प्रदेश सांसदलाई सम्मान गरेको छ । शपथका लागि पोखरा आएका प्रदेश नं ४ का ११ जिल्लाका १५ जना सांसदलाई पार्टी कार्यालय चिप्लेढुंगामा कार्यक्रम गरी सम्मान गरेको हो । नेपाली काँग्रेसका पूर्वसभापति शुक्रराज शर्मा, कोषाध्यक्ष लक्ष्मी पाण्डेले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा विजयी सांसदले रचनात्मक प्रतिपक्षको रुपमा...
यसरी भयो पोखरामा शपथ
पोखरा, ७ माघ। प्रदेश नं ४ अन्तर्गत प्रदेशसभाका सांसदलाई आईतबार बिहान शपथ ग्रहण गराईयो । प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नो कार्यालयमा कार्यभार सम्हालेलगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ खुवाए । एमालेको तर्फबाट नवलपुर निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित श्रेष्ठ ६७ वर्षका छन्। सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा...
प्रदेश नं ४ मा यस्तो छ तयारी
पोखरा, ७ माघ । प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यहरुको सपथ आज हुदैछ । हिजो मात्र पोखरा आइपुगेका  प्रदेश प्रमुख बाबुराम कुँवरले आइतवार पोखरामा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाउने छन्। ज्येष्ठ सदस्य श्रेष्ठ नवलपुर क्षेत्र नम्बर २ ख बाट प्रदेशसभाका प्रत्यक्ष निर्वा्चित सदस्य हन्। प्रदेश प्रमुख कुँवरले आफ्नो पदबहालीपछि ज्येष्ठ सदस्य श्रेष्ठलाई सपथ...
निर्माण व्यवसायीद्वारा आन्दोलनको चेतावनी, कारण यस्तो छ
पोखरा,६ माघ। नेपाल निर्माण व्यवसायी महासंघले इन्धन तथा प्रमुख निर्माण सामाग्रीमा अप्राकृतिक तथा अप्रत्याशित मूल्यवृद्धि गरेको भन्दै गम्भिर ध्यानाकर्षण जनाएको छ । देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको यस्तो मूल्यवृद्धि अविलम्ब विना शर्त फिर्ता हुनुपर्ने महासंघले पोखरामा पत्रकार सम्मेलन गरी माग गरेको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले पत्रकारमाझ पाँच बुँदे मागबारे जानकारी...
मिस तामाङ्ग पोखरा माघ ६ गते
पोखरा, ५ माघ। पोखरामा हुन लागेको मिस तामाङ्ग पोखराको अन्तिम प्रतिस्पर्धा माघ ६ गते शनिवार हुदैछ । बैदाम तामाङ्ग सेवा समाजको आयोजनामा प्रतियोगिता हुन लागेको हो । युवा पिंढीलाई तामाङ्ग संस्कृति र संस्कार बारे जानकारी दिनुका साथै तामाङ्ग समुदायका युवतीहरुको व्यत्तित्व र नेतृत्व क्षमता अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक...
बृद्वबृद्वालाई कम्मल वितरण
पोखरा, ५ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ बाँझापाटनका केशबहादुर बिकले बृद्वाबृद्वालाई कम्मल वितरण गरेका छन्। कान्छा छोरा बिकले आफ्ना बुबा स्व. दलबहादुर विक र आमा पवित्रमाया विकको स्मृतिमा कम्मल वितरण गरेका हुन्। उनले पोखरा बृद्वाश्रमका ५५ र वात्सायन बृद्वाश्रमका १८ जनालाई कम्मल वितरण गरेका हुन्। झण्डै ४० हजार मूल्य बराबरको कम्मल वितरण गरेका...
काँग्रेस क्षेत्र नंं. ३ कास्कीका उपसभापति गुरुङलाई मातृशोक
पोखरा, ४ माघ। नेपाली काँग्रेस क्षेत्र नंंं. ३ कास्कीका उपसभापति कमलबहादुर गुरुङलाई मातृशोक परेको छ। उनकी आमा ९१ वर्षकी ननसुवा गुरुङको आफ्नै निवास लामाचौरमा निधन भएको हो। साविक ल्वाङ घलेल–४ लुम्ले निवासी गुरुङका चार छोरा दुई छोरी रहेका छन्। गुरुङको बुधवार अन्त्येष्टी गरिएको छ। अन्त्येष्टीमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, नेपाली काँग्रेस क्षेत्र नं. ३...
नेपाल संस्कृत युवा समूहको कार्यालय स्थापना
पोखरा, ३ पुस। नेपाल संस्कृत युवा समूहले पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ मा कार्यालय स्थापना गरेको छ। समूहका गतिविधि सहज ढंगबाट संचालन गर्नका लागि कार्यालय स्थापना गरिएको हो। युवा समाजसेवी समित केसीले मङ्गलबार कार्यालय उद्घाटन गरेका थिए।कार्यक्रममा उनले युवा शक्ति मुलुकको महत्वपूर्ण शक्ति भएकोभन्दै रचनात्मक र सकारात्मक काममा लगाउनुपर्नेमा जोड दिए। समृद्वि फाउण्डेशन कास्कीका...
एचआइभी तथा लागु औषध नियन्त्रण कार्यक्रमको दिगो व्यवस्थापनका लागि पहल
पोखरा, १ माघ। पश्चिम क्षेत्र एचआइभी एड्स सञ्जालले एचआइभी तथा लागु औषध नियन्त्रणका लागि संचालित कार्यक्रमको दिगो व्यवस्थापनका लागि पहल थालेको छ। दातृ निकायको सहयोग सकिएपछि संचालित कार्यक्रमहरुलाई अलपत्र पर्न नदिन त्यस्तो पहल थालिएको हो। पहल स्वरुप सञ्जालले पोखरामा एचआइभी र लागु औषध नियन्त्रणका लागि कार्यरत संघसंस्था र सरोकारवालवीच छलफल गरेको छ। छलफलमा सरकारी तथा...
सिएसजीको अध्यक्षमा मनोज गुरुङको निरन्तरता
पोखरा, ३० पुस। कम्युनिटी सपोर्ट ग्रुप(सिएसजी) नेपालको पोखरामा  सम्पन्न १३ औ साधारणसभा तथा सातौ अधिवेशनले आगामी दुई वर्षका लागि पुन मनोज गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा शिवजी कुँवर, द्वितिय उपाध्यक्षमा रत्नमान गुरुङ, सचिवमा मनोजकुमार गुरुङ, कोषाध्यक्षमा कुसुमबानु आलम, सहसचिवमा रामचन्द्र पोखरेल छन्। सदस्यमा करुणा मियाँ ढकाल, ओमकृष्ण गुरुङ, मैया...
युनिप्सको अध्यक्षमा शन्तबहादुर गुरुङ
पोखरा, २९ पुस। संस्थागत तथा निजी विद्यालय संगठन (युनिप्स) नेपालको पोखरामा सम्पन्न तेस्रो महाधिवेशनले आगामी तीन वर्षका लागि शन्तबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा विश्वराज खनाल, द्वितिय उपाध्यक्षमा विनोद नेपाली, महासचिवमा सन्तोष तिवारी, सचिवमा खगेन्द्रराज अधिकारी, कोषाध्यक्षमा निराजन थापा छन्। समितिको सदस्यहरुमा कुमार रेग्मी, मुक्तिप्रसाद पौडेल र महेन्द्र...
राँगाको आक्रमणबाट एक घाइते, गोली ठोकि राँगा मारियो
पोखरा २८ पुस / कास्कीमा राँगाले हान्दा एक पुरुष गम्भीर घाइते भएका छन् । राँगाले सिंगले हान्दा कास्कीको मादी गाउँपालिका ११ स्थित सैमराङका ४९ वर्षिय भिम बहादुर काफ्ले घाइते भएका हुन् । बिहिबार बिहान करिब साढे नौ बजेको समयमा स्थानीय बिष्णु प्रसाद काफ्लेले पालेको राँगाले काफ्लेलाई नै घाईते हुने गरी आक्रमण गरेको हो । गम्भीर घाइते...