पोखरा सेरोफेरो

पिएनका दुई विद्यार्थी आमरण अनसनमा
पोखरा, १४ माघ। पोखरामा रहेको पिएन क्याम्पसका दुई विद्यार्थी आईतबारदेखि आमरण अनसनमा बसेका छन्। नयाँ शक्ति विद्यार्थी युनियनका विद्यार्थी आमरण अनसन बसेका हुन्। सो विद्यार्थी संगठनले दिएको जानकारी अनुसार, विज्ञान संकाय तेश्रो बर्षका विद्यार्थी नरेन्द्र बसेल र कानुन संकाय चौंथो बर्षका विद्यार्थी कृष्ण अधिकारी आमरण अनसन बसेका हुन्। नयाँ शक्ति विद्यार्थी युनियनले विभिन्न पाँच बुँदे...
४० रुपैयाको टिकटमा जितेको १८ लाखको कार यसरी बुझे सन्दीपले, बधाई छ
पोखरा, १४ माघ । पोखरा उद्योग वाणिज्य संघले हालै सम्पन्न सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखराको प्रवेश टिकटमार्फत बम्बर कार बिजेता सन्दीप पौडेललाई कार हस्तान्तरण गरेको छ । आइतबार संघको सचिवालय गैह्रापाटनमा आयोजित कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विजेता पौडेललाई कारको साँचो हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख...
फेवाताल देखाएर पैसा कमाउँनी, मध्यरातमा लाजै नमानी फोहोर मिसाउँनी, कहिलेसम्म हो यस्तो ?
पोखराको लेकसाईड किन यहाँ सबैभन्दा राम्रो ठाउँमा गनिन्छन् ? यहाँ होटल किन खुलेका छन् ? महंगो किन छ ? पर्यटक किन झुम्मिन्छन् ? एउटै कारण जहाँ फेवाताल छ । त्यही फेवातालकै कारण पैसा कमाउने, फेवातालबाटै बाँचेकाहरु त्यही फेवाताल मास्न उद्धत छन् । उनीहरु नै फोहोर गर्छन् अनि फेवाताल फोहोर भयो, पुरियो भनेर चिन्ता गर्छन् उनीहरु...
संकल्प आमा समूहको नयाँ कार्यसमिति
पोखरा, १४ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ नमुना टोल(बराल फिड क्षेत्र) मा रहेको संकल्प आमा समूहको १२ औं साधारणसभा तथा सातौं अधिवेशनले सुभद्रा बरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा मेनका पोखरेल, सचिवमा सविता सुवेदी, सहसचिवमा पार्वती आचार्य, कोषाध्यक्षमा पार्वती पौडेल, सदस्यहरुमा लता रुवाली, शान्ति थापा, मनकुमारी थापा, हिमा...
युवा टोल सुधार समिति कुँडहरको अध्यक्षमा श्रेष्ठ
पोखरा, १३ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित युवा टोल सुधार समिति कुँडहरको शनिवार सम्पन्न चौथो साधारणसभा तथा प्रथम अधिवेशनले आगामी तीन वर्षका लागि विकास श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सावित्रि कोइराला, सचिवमा सुरज भण्डारी, सहसचिवमा विवेक श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष नेपाली छन्। सदस्यमा पूर्णकला घर्ति, राजेश विक,...
जब सोलार लाइट पड्कियो………………
पोखरा, १३ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ भद्रकाली मार्ग ढिकालेथरमा सोलार लाइट आगलागी भई पड्केको छ। सो घटनाका कारण झण्डै एक घण्टा त्यसक्षेत्रको जनजीवन आतंकित भएको छ। घटनापछि एकघण्टा सवारी साधन संचालन हुन सकेनन्। गतवर्ष कात्तिकमा जडान गरिएका ३१ सोलारमध्यको एउटामा आगलागी भई पड्केको समाजसेवी कुश्मराज आचार्यले बताए। एक घण्टापछि आगो आफै निभेको...
ब्राह्मण समूहद्वारा विपन्न विद्यार्थीलाई सहयोग
पोखरा, १२ माघ। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरिरहेको छ। यसैक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरामा बिहीबार विपन्न विद्यार्थीहरुलाई स्वीटर, शैक्षिक सामाग्री र खाजा प्रदान गरेको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं २८ सुर्केमैदानस्थित सिद्व आधारभूत विद्यालयका १७ जना विद्यार्थीलाई स्वीटर, शैक्षिक समाग्री र खाजा प्रदान गरेको हो। विद्यालयमा आयोजित कार्यक्रमवीच समूहका...
एनसिसि कोरिया स्थापना गर्दाको क्षण पोखरामा यसरी सम्झियो
निकुञ्ज तिवारी पोखरा, ११ माघ। २५ वर्ष अगाडि नेपालीका लागि नेपाली भन्दै दक्षिण कोरियामा स्थापना गरिएको नेपाली सम्पर्क समिति (एनसिसि)  स्थापना गर्दाको क्षण पोखरामा सम्झिएको छ । नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाको सबैभन्दा पुरानो संस्था हो । स्थापनाकालीन २२ सदस्यमध्य ५ जना पोखरेली रहेका र उनीहरुको उपस्थितिमा पोखरामा एक कार्यक्रम गरी सुरुका दिनमा कोरियामा राजदुतावास...
वीपी शालिकमा माल्यार्पण र नेपाली काँग्रेस जिन्दाबाद भन्दै उम्मेदवारी दर्ता
पोखरा, १० माघ । नेपाल काँग्रेसले प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेको छ। यसप्रदेशबाट काँग्रेसले खुल्लातर्फ सुरेन्द्र पाण्डे, महिलातर्फ बृन्दादेवी राना मगर, अपाङ्गतातर्फ प्रकाश पन्त र दलिततर्फ जीतबहादुर नेपालीको उम्मेदवारी दर्ता गराएको हो। उम्मेदवारी दर्ता पूर्व पोखरा चिप्लेढुङस्थित नेपाली काँग्रेस कास्कीको कार्यालयमा नेता तथा कार्यकर्ता भेला भएर उम्मेदवारलाई शुभकामना दिएका...
अगुवा कृषकलाई बाख्रापालन तालिम
पोखरा, १० माघ। पोखरा लेखनाथ महानगरपालिका पशु सेवा शाखा कास्कीले महानगरपालिका स्तरीय तीन दिने व्यवसायिक बाख्रापालन तालिम गरेको छ। बाख्रापालनमा संलग्न अगुवा कृषकहरुलाई सिप र ज्ञान दिने उदेश्यले आयोजित तालिममा ३२ जना सहभागि थिए। तालिममा पशु विकाश अधिकृत शहदेव पौडेल, ठगेन्द्रप्रसाद अर्याल, डा. राकेश प्रजापति, डा पुरुषोत्तम त्रिपाठी , मिरा ढकाल अर्याल, डा. गणेश केसी,...
पत्रकारको प्र्रश्न – ‘ज्योती मगरलाई के गर्नुहुन्छ ?’
पोखरा, ९ माघ । चर्चित लोकदोहोरी गायिका ज्योती मगरमाथि लोक संगीतमा विकृति निम्त्याएको आरोप लाग्नु नौलो होइन। जतिसुकै आलोचना गरिएपनि उनले आफ्नो रफ्तार रोकेकी छैनन्। उनलाई निषेध गर्ने रे भन्ने सुन्दा पनि अचम्म नै लाग्ला, तर कुरा साचो नै हो। लेखनाथ उद्योग वाणिज्य संघले आगामी माघ ११ गतेदेखि २२ गते सम्म गर्न लागेको प्रादेशिक औद्योगिक...
सरसफाई नगर्ने टोलले विकास योजना नपाउँने
पोखरा, ८ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ ले सरसफाईमा ध्यान नदिने टोललाई विकास निर्माणका योजना नदिने भएको छ। वडा कार्यसमितिको बैठकले वडालाई सरसफाईयुक्त बनाउनका लागि त्यस्तो निर्णय गरेको हो। टोल सरसफाई राख्न सके वडाको गरिमा समेत बढ्ने छ वडा सदस्य तीर्थकुमारी गुरुङले भनिन् – ‘सरसफाईको नमुना वडा बनाउनका लागि त्यस्तो निर्णय गरेका हौ।’...