पोखरा सेरोफेरो

नेवि संघका नेताको मृत्यूपछि तनाव, पिएनमा प्रहरी र विद्यार्थीबीच झडप जारी
पोखरा, २३ माघ। नगर बसको ठक्करबाट नेपाल विद्यार्थी संघका विद्यार्थी नेता बोधराज ढकालको मृत्यू भएको घटनापछि पोखरा तनावग्रस्त बनेको छ। दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै विद्यार्थीहरुले आज बिहानैदेखि प्रदर्शन जारी राखेका छन्। विद्यार्थीले पोखराको पृथ्वीनारायण क्याम्पसलाई केन्द्र बनाएर आन्दोलन गरिरहेका छन्। पोखरा बगरमा सोमबार साँझ नगर बसको ठक्करबाट नेपाल विद्यार्थी संघ स्याङजा पृथ्बीनारायण क्याम्पस सम्पर्क...
प्रेमिकाको हत्या
पोखरा, २२ माघ । पर्वत बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुलीले आफ्नै प्रेमिकाको हत्या गरेका छन्। उनले बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया प्रेमिका कमला शर्माको हत्या गरेका हुन्। प्रहरीले अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ। माघ ५ गतेदेखि हराइरहेकी कमला माघ १७ गते मृतावस्थामा फेला परेकी थिइन्।  पराजुलीले कमला शर्मालाई...
वाइवाइ मिसेस कल्चरको ट्यालेन्ट–शो
पोखरा २०, माघ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि.ले सञ्चालन गरेको वाइवाइ दोस्रो मिसेस कल्चर नेपाल–२०७४ को प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासद् विन्दुकुमार थापाले मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकोले यसले...
नेता सिंह पोखरामा
पोखरा, २० माघ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह शनिवार पोखरा आएका छन्। पोखरा बसाईका क्रममा नेता सिंह पोखरामा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागि हुने छन्। उनी नेपाली काँग्रेस कास्कीले आइतबार बिहान पोखरामा आयोजना गर्ने कार्यकर्ता भेटघाटमा सहभागि हुने छन्। त्यसपछि उनी नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरमा आयोजना गर्ने कार्यक्रममा पुग्ने छन्। दुवै...
सृजनाचोक – पृथ्वीचोकका व्यवसायी भने – ‘यस्तै हो भने आन्दोलन गर्छाै।’
पोखरा, १९ माघ। सृजनाचोक – पृथ्वीचोक वारिपारि बजार व्यवस्थापन सरोकार समितिले आफुहरुको समस्यालाई बेवास्ता गरिएकोभन्दै आन्दोलनको चेतावनी दिएको छ। समितिले चक्काजामदेखि पोखरा बन्दसम्म गर्ने चेतावनी दिदै आन्दोलनका कारण हुन क्षतिको सम्पूर्ण जिम्मेवार सम्वन्धित निकाय हुने जनाएको छ। समितिले शुक्रबार विज्ञप्ति प्रकाशित गरी समस्या समाधानका लागि सात दिनको अल्टिमेटम समेत दिएको छ। झण्डै दुई हप्ता अघिदेखि...
पोखरामा १०८ औ महायज्ञ हुदै
पोखरा, १९ माघ। स्याङजा फेदीखोला गाउँपालिका वडा नं ५ बांगेफड्केका युवा पण्डित देवनयन नारायण लामिछानेले सत्संकल्प गरेको राष्ट्रशान्ति मानवीय मैत्री श्रीमद्भागवत् १०८ विराट महायज्ञको समापन पोखरामा गरिने भएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ स्थित पुष्करेश्वर शिव मन्दिरमा अन्तिम महायज्ञ गरी समापन गर्न लागिएको हो। पुष्करेश्वर शिव मन्दिर संचालक समितिको व्यवस्थापनमा माघ २१ देखि...
कास्की काँग्रेसले भन्यो – ‘सांसद धम्क्याउने गिरोहलाई कडा कारवाही होस्’
पोखरा, १८ माघ। नेपाली काँग्रेस कास्कीले काँग्रेस नेता एवं प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई धम्क्याउने गिरोहलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ। कास्की काँग्रेसको बिहीबारको बैठकले रकम असुल्ने नियतले सांसद थापालाई धम्क्याउने गिरोह समेत पक्राउ भैसकेकोभन्दै कडा कारवाही गर्न माग गरेको हो। बैठकले कुनै पनि बहानामा गिरोह उम्कन नसक्ने गरी कारवाही...
नेवि संघले क्याम्पस प्रशासनलाई चेतावनी दिदै यसो भन्यो
पोखरा, १६ माघ। नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले बुधबार पृथ्वीनारायण क्याम्पस प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएको छ। पाँच बुँदे माग सहित क्याम्पसमा भैरहेको आमरण अनसनप्रति गम्भिर बन्न मागगर्दै नेवि संघले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा क्याम्पसका समस्या समाधान र विधिको मागगर्दै अनसन बसेका विद्यार्थीको जायज मागलाई यथाशिघ्र पूरा गर्न प्रशासनको ध्यानाकर्षण गराइएको छ। ज्ञापन पत्रमा विद्यार्थीका...
पार्किङ हटाएको विरोधमा व्यवसायी
पोखरा, १७ माघ। सृजनाचोक – पृथ्वीचोक वारिपारि बजार व्यवस्थापन सरोकार समितिले बुधबार पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ। बजार क्षेत्रमा दोहोरो व्यवस्थित पार्किङ व्यवस्था गर्न मागगर्दै समितिले ज्ञापन पत्र बुझाएको हो। समितिका संयोजक बोधराज सुवेदीको नेतृत्वमा गएको व्यवसायीको टोलीले वडाध्यक्ष रुद्र बराललाई ज्ञापन पत्र बुझाएको थियो। सिर्जनाचोकदेखि चाइनापूल तथा पृथ्वीचोकदेखि...
लाहाचोकमा लायन्सको बृहत्त स्वास्थ्य शिविर
पोखरा, १७ माघ। लायन्स क्लब अफ पोखरा गतिशिल, अंजुली, गतिशिल ंमंजरी, समृद्वि, दर्पण र डेष्टिनेशनले संयुक्त रुपमा बृहत्त स्वास्थ्य शिविर गरेका छन्। माछापूच्छ«े गाउँपालिका वडा नं ४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा आयोजित शिविरमा ६ सय १५ जनाको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरिएको लायन्स क्लब अफ पोखरा अंजुलीकी अध्यक्ष अमृतशोभा खत्रीले जानकारी दिईन्। शिविरमा...
लायन्स क्लब आदर्श चौतारीद्वारा विद्यार्थीलाई सहयोग
पोखरा, १५ माघ। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सोमबार विद्यार्थीहरुलाई सहयोग गरेको छ। क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ स्थित भयश्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको हो। सो विद्यालयका ९१ जना विद्यार्थीलाई स्वीटर, न्यायो टोपी र शैक्षिक सामाग्री गरी ६५ हजार मूल्य बराबरको सहयोग गरेको थियो। पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ का...
परम्परागत गरगहना बनाउने तालिम सकियो
पोखरा, १५ माघ। सुनचाँदी व्यवसायी संघ कास्की र व्यापार तथा निकासी प्रवद्र्वन केन्द्र पुल्चोक ललितपुरले संयुक्त रुपमा आयोजना गरेको परम्परागत गरगहना बनाउने तालिम आइतबार सकिएको छ। परम्परागत गरगहना बनाउन सक्ने दक्ष जनशक्ति अभाव भएकाले तालिम आयोजना गरिएको हो। तालिमपछि गरगहना बनाउनका लागि विदेशबाट कालिगढ ल्याउनु पर्ने अवस्था अन्त्य हुने व्यवसायीको अपेक्षा छ। एक महिनासम्म सञ्चालन...