पोखरा सेरोफेरो

समुदायस्तरीय क्यान्सर सचेतना
पोखरा, ९ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा ९ को आयोजना तथा नेपाल अर्बुद रोग निवारण संस्था कास्कीको सहआयोजनामा शुक्रबार समुदायस्तरीय क्यान्सर सचेतना कार्यक्रम गरिएको छ । प्रमुख अतिथि प्रदेश ४ का सांसद बिन्दुकुमार थापाले यसप्रकारको कार्यक्रमले स्वास्थ्यबारे सचेत रहन मद्दत मिल्ने बताए । वडाका १ सय ६० जना महिलाको सहभागिता रहेकोे कार्यक्रममा नेपाल अर्बुद...
जनसरोकार मञ्च कास्की, सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाजको छलफल
पोखरा, ९ चैत । जनसरोकार मञ्च कास्की, सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाज नेपाल कास्कीबीच शुक्रबार छलफल भएको छ । कार्यक्रममा सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाज नेपाल कास्कीको साझेदारीमा जनसरोकार मञ्च कास्कीले संचालन गरेका कार्यक्रमको समीक्षा गरिएको थियो । कार्यक्रममा सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण नेपालले जनसरोकार मञ्चले...
कास्की काँग्रेसका पुराना नेता थापाको निधन
पोखरा, ८ चैत । नेपाली काँग्रेस कास्कीका पुराना नेता पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ निवासी रामबहादुर थापाको निधन भएको छ । नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि, नेपाली काँग्रेस कास्कीका पूर्व जिल्ला सदस्य थापाको ७० वर्षको उमेरमा बुधबार निधन भएको हो। हृदयघात भएका थापाको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । उनका एक श्रीमती,...
बयली आधारभूत विद्यालयलाई आर्थिक सहयोग
पोखरा, ८ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ बयली स्थित बयली आधारभुत विद्यालयलाई विभिन्न व्यत्तिहरुले आर्थिक सहयोग गरेका छन्। विद्यालयलाई जापानिज नागरिक टेकी सु मिवाकोले एक लाख १५ हजार आर्थिक सहयोग गरेका छन्। एक लाख रुपैया अक्षयकोषका लागि र १५ हजार रुपैया प्रशासनीक खर्चका लागि सहयोग गरेका हुन्। अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्यक वर्ष...
सिग्देल परिवारमा शोक
पोखरा, ७ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित सिग्देल परिवारमा शोक परेको छ । पृथ्वीधर सिग्देल समाजकी सदस्य मनोहरा सिग्देलको ७४ वर्षका उमेरमा निधन भएको हो। झण्डै एक वर्ष अघि देखि क्यान्सरबाट प्रभावित उनको फिष्टेल अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । उनका तीन छोरा र चार छोरी छन्। छोरातर्फ ८...
आफ्नै ट्रक दुर्घटनामा काँग्रेस क्रियाशील सदस्य खत्रीको मृत्यु
पोखरा, ६ चैत । नेपाली काँग्रेसका क्रियाशील सदस्य जयबहादुर खत्रीको सवारी दुर्घटनामा मृत्यु भएको छ। पोखराबाट सिक्लेस जाने क्रममा ट्रक दुर्घटनामा परी उनको मृत्यु भएको हो । सोमबार ग.१.ज ७५९९ नम्बरको आफ्नै मिनी ट्रकमा उनी सिक्लेस जादै थिए । दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मङ्गबार नै पोखराको सेती नदीस्थित...
चितुवाको छाला र भरुवा बन्दुक सहित दुई पक्राउ
पोखरा, ६ चैत । प्रहरीले कास्कीमा चितुवा छाला र भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले कास्कीको माछापुच्छे गाउँपालिका वडा नं २ च्याङलुङ बस्ने ४० वर्षिय गम बहादुर गुरुङ र ३१ वर्षिय चन्द्रबहादुर पौडेललाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले गुरुङको घरबाट चितुवाको छाला एक थान, भरुवा बन्दुक एक...
कास्की काँग्रेसका तीन निर्णय, के के छन् पढौं
पोखरा, ५ चैत । नेपाली काँग्रेस कास्कीको सोमबार बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । पार्टीका जिल्ला सदस्य नवीन सिग्देलका अनुसार, बैठकले पोखरा विश्वविद्यालयमा हुन लागेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई विजयी गराउन आवश्यक पहल गर्न जिल्ला सचिव सुदिपमोहन भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिको सदस्यमा नेपाल विद्यार्थी संघका केन्द्रीय...
पुण्यतिथिमा व्हिल चेयर सहयोग
पोखरा, ४ चैत। पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ मालेपाटनस्थित मगरथोककी स्व. दिलकुमारी थापा क्षत्रीको पहिलो वार्षिक पुण्यतिथिमा परिवारले आइतबार अस्पताललाई सहयोग गरेको छ। उनका नाति तीर्थ केसीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई दुई थान व्हिल चेयर सहयोग गरेका हुन्। उनले अस्पतालका निर्देशक डा. अर्जुन आचार्यलाई व्हिल चेयर हस्तान्तरण गरेका थिए। अस्पतालको इमर्जेन्सि...
पोखरामा पहिलो पटक लक्ष्य निर्धारण कार्यशाला
पोखरा, ३ चैत । पोखरामा पहिलो पटक शनिवार लक्ष्य निर्धारण सम्वन्धी कार्यशाला गरिएको छ । मोटिभेसनल स्पिकर रवी किरणले वी क्यान ग्रुपको सहयोगमा पोखरामा सो कार्यक्रम गरेका हुन्। कार्यशालामा ५० जना युवा÷विद्यार्थी सहभागि थिए । सफल व्यत्ति उत्पादनका लागि पोखरामा कार्यशाला गरिएको हो। कार्यशालामा मोटिभेसनल स्पिकर रवी किरणले सफल व्यत्ति बन्नका लागि लक्ष्य निर्धारण महत्वपूर्ण...
संगम क्लबद्वारा विवेकलाई बधाइ ज्ञापन
पोखरा, ३ चैत । संगम क्लब पोखरा – १३ ले क्लबका पूर्वसचिव विवेक गुरुङलाई बधाइ ज्ञापन गरेको छ। क्लबले पोखरामा शनिवार कार्यक्रम गरी उनलाई बधाइ दिएको हो। क्लबका पदाधिकारी एवं सदस्यहरुले उनलाई बधाइ ज्ञापन गरेका थिए । युकेमा एमबिए माष्टर डिग्री उतिर्ण गरेकोमा विवेकलाई बधाइ दिइएको हो। कार्यक्रममा विवेकले पोखरा रानीपौवा निवासी राष्ट्रिय फुटबल खेलाडी...
संगम क्लबद्वारा मृगौला रोगी दलबहादुरलाई १२ लाख सहयोग
पोखरा, ३ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ संगम टोल निवासी मृगौला रोगी २९ वर्षिय दलबहादुर गुरुङ ‘चिन्टु’ को उपचार सहयोगार्थ १२ लाख रुपैया आर्थिक सहयोग गरिएको छ । संगम क्लब पोखरा – १३ को पहलमा उनलाई सहयोग गरिएको हो । दलबहादुर संगम क्लबका सक्रिय सदस्य हुन्। क्लबका पदाधिकारी एवं सदस्यहरु शनिवार उनकै...