पोखरा सेरोफेरो

कास्की जिल्ला साईकल संघको अध्यक्षमा भण्डारी
पोखरा, ९ भदौ । कास्की जिल्ला साईकल संघको पोखरामा शनिवार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले शंकर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सुवास सिग्देल, द्वितिय उपाध्यक्षमा अशोक चालिसे, सचिवमा जगन विश्वकर्मा, कोषाध्यक्षमा इन्द्र गुरुङ छन् । सदस्यहरु पुष्प कमल पौडेल, हरि थापा, तीर्थ राज अवस्थी, कमल नेपाली, जमुना थापा...
बुद्व विशाल बजार व्यापारिक एशोसियशनको रक्तदान
पोखरा, ९ भदौ । बुद्व विशाल बजार व्यापारिक एशोसियशनले पोखरामा शनिवार रक्तदान कार्यक्रम गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष शंकर बास्तोलाले पहिलो रक्तदाता संस्थाका सल्लाहाकार माधवप्रसाद सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा...
स्वरोजगार निर्माण व्यवसायी समिति महानगरपालिकामा
पोखरा, ४ भदौ। स्वरोजगार निर्माण व्यवसायी समिति कास्कीले पोखरा महानगरपालिकाले बढाएको शुल्कप्रति ध्यानाकर्षण भएको जनाएको छ। समितिले सोमबार महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई बढाएको शुल्क घटाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। समितिका अध्यक्ष रमेश सिकेले मेयरलाई ध्यानाकर्षण बुझाएका थिए। ध्यानाकर्षणपत्रमा २०६९ सम्म प्रतिर्फम एक हजारमा दर्ता र नवीकरण गर्दै आएकोमा २०७० सालदेखि १० हजार र...
चिसापानी आमा समूहको पहिलो वार्षिकोत्सव
पोखरा, ४ भदौ । पोखरा महानगरपालिका वडा नं १३ स्थित चिसापानी आमा समूहले सोमबार पहिलो वार्षिकोत्सव मनाएको छ । त्यसअवसरमा आमा समूहले चिसापानी टोलमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रममा जेष्ठ नागरिक गोपना गुरुङ, भावी गुरुङ र क्होलासोथर गाउँपालिका वडा नं ४ की सदस्य गमी गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै...
नेल्टाको पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम शुरु
पोखरा, ४ भदौ । नेल्टाको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको व्यवस्थापनमा पशु प्रजनन् तथा कृतिम गर्भाधान सम्वन्धी तालिम सोमबारदेखि शुरु भएको छ । प्राईभेट पाराभेटहरु लागि आयोजित तालिम १४ गतेसम्म चल्ने छ । तालिममा नवलपरासी, रुपन्देही, काभ्रे, धादिङ्ग, ललितपुर, चितवन, तनहुँ र कास्कीका १४ जना सहभागि छन् । तालिमको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य...
उपचारका लागि अस्मितालाई आर्थिक सहयोग
पोखरा, ५ भदौ । माछापूच्छ«ृे गाउँपालिका वडा नं २ निवासी १९ वर्षिया अस्मिता बिकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । स्थानीय क्लब, आमा समूह र टोल विकास संस्थाले उनलाई ४४ हजार छ सय ९५ रुपैया सहयोग गरेको माछापूच्छ«े गाउँपालिका वडा नं २ का वडा सदस्य गणेश आचार्यले जानकारी दिए । स्थानीय शान्ति आमा समूहले...
पोखरा मिडटाउनद्वारा बृद्वबृद्वालाई सहयोग
पोखरा, ३ भदौ । इनरव्हिल क्लब अफ पोखरा मिडटाउनले पोखरा महानगरपालिका वडा नं १५ टुटुङगा स्थित पोखरा आरोग्य आश्रमका बृद्वबृद्वालाई सहयोग गरेको छ । क्बलले तीजको अवसर पारेर आश्रमका १५ जना बृद्वबृद्वालाई एक छाक खाना खुवाउनुको साथै कपडा, फलफूल र खाद्यान्न सहयोग गरेको हो । क्लबकी अध्यक्ष सावित्री नेपालीले बृद्वाबृद्वालाई सहयोग हस्तान्तरण गरेकी थिईन् ।...
पोखरा भाँडा व्यवसायी संघमा नयाँ समिति
पोखरा, २ भदौ। पोखरा भाँडा व्यवसायी संघ कास्कीको शनिवार सम्पन्न ११ औ स्थापना दिवस तथा छैटौं अधिवेशनले बलराम तिमिल्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। कार्यसमिति प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा कविन्द्रमान पालिखे, सचिवमा लक्ष्मीप्रसाद अधिकारी, कोषाध्यक्षमा ओमकुमार श्रेष्ठ, सहसचिवमा कृष्णहरि पौडेल र सहकोषाध्यक्षमा सुनकुमारी गुरुङलाई चयन गरेको छ। त्यस्तै, सदस्यमा रञ्जना मानन्धर, बुद्व्रि्रसाद...
अपाङ्गता सरोकार समितिद्वारा बिउँ पूँजी वितरण
पोखरा, २६ साउन । वडास्तरीय अपाङ्गता सरोकार समिति पोखरा महानगरपालिका वडा नं ८ ले वडाभित्रका अपाङ्गता भएका पाँच जनालाई बिउँ पूँजी वितरण गरेको छ । श्रीराम आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा समितिले कृष्ण कुँवर, कृष्ण थापा, सरिता सुवेदीलाई जनही १०÷१० हजार र मङ्गलसिंह गुरुङ र जीवन गिरीलाई पाँच हजार पाँच सय सहित जोख्ने मेशिन हस्तान्तरण गरेको...
नगरसभापति बराललाई पितृशोक
पोखरा, २६ साउन। नेपाल महिला संघ पोखरा महानगरपालिका सभापति माया बराललाई पितृशोक परेको छ। उनका पिता टेकबहादुर कार्कीको ८५ वर्षको उमेरमा शुक्रवार बिहान ४ बजे आफ्नै निवास पोखरा २०, भलाममा निधन भएको हो। उनी लामो समयदेखि दम रोगबाट पीडित थिए। नेपाली काँ’ग्रेस क्रियाशील सदस्य तथा प्रजातन्त्र सेनानी स्व. कार्कीको शनिवार सेतीघाटमा अन्त्येष्टि गरियो। नेपाल प्रहरीले...
महिला अधिकार मञ्चमा नयाँ समिति
पोखरा, २६ साउन। राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको पोखरामा शनिवार सम्पन्न नवौं परिषद् तथा चौथो अधिवेशनले ३ वर्षका लागि पुनः कल्पना ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिका उपाध्यक्षमा दुर्गा बस्नेत, सचिवमा विष्णुमाया पौडेल, कोषाध्यक्षमा शोभा आचार्य, सहसचिवमा विष्णुमाया पौडेल छन्। सदस्यमा नीरु रानाभाट, लतादेवी पौडेल, धन पौडेल, सावित्री थापा, गीता भण्डारी, सीता पौडेल,...
महिला संघको स्थापना दिवस
पोखरा, २५ साउन । नेपाल महिला संघको ७१ औं स्थापना दिवसको अवसरमा पोखरामा बिहीबार प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल महिला संघ कास्कीले सामसामयिक राजनीतिक घटना क्रममा कम्युनिष्ट सरकार र महिला संघको इतिहासका विषयमा प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा पाँच सय जना महिला सहभागि थिए । कार्यक्रममा युवा नेता देवराज चालिसे र नेपाल महिला...