पोखरा सेरोफेरो

उज्वल टोल विकास संस्थाको चौथो साधारणसभा
पोखरा, २५ असोज । पोखरा महानगरपालिका वडा नं १३ पाटनबेसीस्थित उज्वल टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्ष बुद्विप्रसाद बराल र सचिव गंगाधर बास्तोलाले प्रस्तुत गरेको वार्षिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । त्यसअवसरमा उत्कृष्ठ कार्य गरेको भन्दै संस्थाका सचिव गंगाधर बास्तोला र ज्येष्ठ नागरिक भुवनसिंह बिकलाई सम्मान गरिएको...
क्रिष्टलमा शुभकामना आदानप्रदान
पोखरा, २४ असोज । विजयादशमीको अवसरमा क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवर्ड ठाडोपसल लेकसाईडमा शुभकामना आदानप्रदान गरिएको छ । कार्यक्रममा अभिभावक, शुभेच्छुक, विद्यार्थी सहभागिता थियो । त्यसअवसरमा शैक्षिक तथा खेलकुदमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो । कार्यक्रममा अभिभावकका लागि अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा उपेन्द्र अधिकारी र सुवास पौडेलले सहजिकरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले...
विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव
पोखरा, २२ असोज। विजयादशमी अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले नवदुर्गा महोत्सव-२०७५ आयोजना गर्ने भएको छ। समितिले सोमबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। समितिले २०६४ सालेदेखि नियमित रुपमा नवदुर्गा महोत्सव गर्दै आएको छ। यसपालि महोत्सवअन्तर्गत घटस्थापनामा नवदुर्गा शोभायात्रा गरिने छ। शोभायात्रामा विन्ध्यवासिनी देवीका नौ रुपको स्वरुप नवकन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी मुख्य...
मस्तिष्क पक्षघात भएकाका लागि सेवा केन्द्र संचालन
पोखरा, २० असोज। पोखरा महानगरपालिका वडा १३, वीपीमार्गमा मस्तिष्क पक्षघात भएकाहरुका लागि दिवा सेवा केन्द्र संचालनमा ल्याइएको छ। मस्तिष्क पक्षघात संरक्षक समूहले मस्तिष्क पक्षघातसम्बन्धी समस्या भएकाहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले केन्द्र संचालनमा ल्याएको हो।केन्द्रबाट नौ जनाले सेवा लिइरहेका छन्। १५ जनासम्मलाई सेवा उपलब्ध गराउने लक्ष्य रहेको केन्द्रले जनाएको छ। अन्तर्राष्ट्रिय मस्तिष्क पक्षघात दिवस अवसरमा पोखरा...
कास्की काँग्रेसमा महासमिति सदस्य चयन, जिल्ला सदस्यमा पाण्डे
पोखरा, २० असोज। कास्की काँग्रेसका तीन वटा निर्वाचन क्षेत्रमा शनिवार महासमिति सदस्य चयन गरिएको छ। जिल्लाको साविक क्षेत्र १, २ र ३ मा महासमिति सदस्य चयन गरिएको हो। क्षेत्र ४ मा भने १३ औं महाधिवेशनकै समयमा सदस्य चयन गरिएको थियो। क्षेत्र १ मा खुला र महिला दुवैमा निर्वाचनबाट चयन गरिएको छ। सो क्षेत्रबाट खुलातर्फ कृष्णबहादुर...
नेल्टाको बैठकसँगै शुभकामना आदानप्रदान
पोखरा, १६ असोज । नेल्टा केन्द्रीय कार्य समितिको बैठक कास्कीको लुम्लेमा बसेको छ । विभिन्न १२ वटा विषयमा छलफल गरी निर्णय गरिएको महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए । बैठकसँगै नेल्टाले विजयादशमी, दिपावली, छठ र नेपाल सम्वत्को शुभकामना आदानप्रदान पनि गरेको छ । कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा...
प्रेस युनियनका सचिव सापकोटाद्वारा बुबाको स्मृतिमा अक्षयकोष स्थापना
पोखरा, १६ असोज । पोखरा–२५ हेमजाका देविलाल (कलाधर)सापकोटाको स्मृतिमा देविलाल स्मृति अक्षयकोष स्थापना गरिएको छ । लायन्स क्लब अफ पोखरा लालिगुराँसको गभर्नस क्लब भिजिट तथा सम्मान कार्यक्रममा स्वर्गीय देविलाल सापकोटाका परिवारले अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गीय देविलाल सापकोटाका परिवार श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैयाको...
नेवि संघद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
पोखरा, १४ असोज । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाई समितिले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । नेवि संघ इकाई समितिका सभापति दिपक शर्माको नेतृत्वमा गएको विद्यार्थी टोलीले क्याम्पस प्रमुख चन्द्रबहादुर थापाको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको हो । नेवि संघले क्याम्पस सुधार र विद्यार्थीका शैक्षिक मुद्वामा गम्भिर बन्न पटक÷पटक आग्रह गर्दा पनि क्याम्पस...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलनमा, शुरु गरे असहयोग आन्दोलन
पोखरा, १२ असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । स्थायीलाई स्तरबृद्वि र करारलाई स्थायी गर्न माग गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण भएपछि तत्कालिन अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी युनियनको नेतृत्वमा असहयोग आन्दोलन चलाइएको...
एन प्याब्सन कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पोखरा, ५ असोज । एन प्याब्सनले शुक्रबार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । संघीय व्यवस्थापिका संसदबाट पारित अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रति असहमति जनाउदै देशभरबाट ज्ञापनपत्र पठाएको हो । एन प्याब्सन कास्कीले पनि शुक्रबार नै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।...
रेडीयो अकला दोस्रो वर्षमा
पोखरा, ५ असोज । पोखराको लामाचौरमा अकला मिडिया प्रालिद्वारा संचालित रेडीयो अकला शुक्रबारदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । रेडीयोले समाचारमूलक, मनोरञ्जन, बहसमूलक, शिक्षा, स्वास्थ्य, बाल अधिकार लगायतका कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ । रेडीयोमा १० जना कर्मचारी कार्यरत छन् । सवैको सहयोगले एक वर्ष पूरा गर्न सफल भयौ, प्रालिका अध्यक्ष बिराज शर्माले भने –...
मिस कल्चरमा १९ जना छनोट
पोखरा ४, असोज । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल–२०१८ को फाइनल राउण्डमा १९ जना प्रतिस्पर्धी प्रवेश गरेका छन् । एप्पल इन्टरनेशनल एजुकेशनको टाइटल स्पोन्सर र सिजी ब्रुअरीको मुख्य प्रायोजनामा हुन लागेको उक्त कार्यक्रमको फाइनल कार्यक्रम...