पोखरा सेरोफेरो

मादीको चिप्लीमा महाशिवरात्रि मेला
पोखरा, २० फागुन। सिद्व युवा क्लबको आयोजनामा मादी गाउँपालिका वडा ६, चिप्लिमा सोमबार महाशिवरात्रि मेला शुरु भएको छ। शिवरात्रिको महत्व उजागर र गाउँको प्रवद्र्वनका लागि मेला आयोजना गरिएको हो। तीन दिनसम्म चल्ने मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता सहित विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ। मेला उद्घाटन गर्दै सांसद एवं उद्योगपति सूर्यबहादुर...
सुनपँदालीमा विराट ज्ञान महायज्ञ हुने
 पोखरा, १७ फागुन । मादी गाउँपालिका वडा नं ५ सुनपँदालीफाटस्थित ओमकारेश्वर शिव मन्दिरमा श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ हुने भएको छ । ओमकारेश्वर शिवालय सेवा समितिले गर्न लागेको महायज्ञ फागुन २३ देखि ३० गतेसम्म चल्ने छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महायज्ञको ८० प्रतिशत तयारी पूरा भएको...
कास्की काँग्रेस र नेता शर्माद्वारा दुःख व्यक्त
पोखरा, १६ फागुन । नेपाली काँग्रेस कास्कीले बिहीबार शोक बिज्ञप्ति प्रकाशित गरी ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । दुर्घटनामा परी कास्की भरतपोखरी निवासी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा स्तब्ध भएको उल्लेख छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा अधिकारी भद्र, मिलनसार र सुयोग्य भएको...
नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा सिग्देल
पोखरा, १३ फागुन । नेपाल प्रेस युनियन कास्कीको आइतबार सम्पन्न नवौं अधिवेशनबाट नवीन सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । अधिेवेशनमा अध्यक्ष र सचिवमा निर्वाचन भए पनि अरु पद भने सर्वसम्मत् चयन भएको थियो । अध्यक्ष सिग्देलले ७७ मत प्राप्त गर्दा प्रतिस्पर्धी माधव रेग्मीले ६६ र यदुनाथ बञ्जराले १७ मत प्राप्त गरेका थिए । यसैगरी सचिवमा...
महन्त उपाध्यायको निधन
पोखरा, २५ माघ । पोखरा–२५ हेमजा मिलनचोक निवासी महन्त लक्ष्मीशरण उपाध्यायको विहीबार निधन भएको छ । ८२ वर्षिय उपाध्यायको बिहान आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय उपाध्ययाको बिहीबार नै अन्येष्टि गरिएको छ । स्वर्गीय उपाध्यय विगत ५ वर्ष देखि मृगौलाको समस्याबाट पिडित थिए । स्वर्गीय उपाध्यायका दुई छोराबुहारी, तीन छोरी, १० नातिनातिना र तीन...
प्रजातन्त्र सेनानी रेग्मीको निधन
पोखरा, ४ माघ । कास्कीका अग्रज काँग्रेस नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको ७३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । पोखरा विन्ध्यवासिनी घर भएका रेग्मीको राजधानी सामाखुशीस्थित बहिनीको घरमा अपरान्ह चार बजे निधन भएको हो । रेग्मी विगत १५ वर्षदेखि दम रोगबाट प्रभावित छन् । उनका दुई श्रीमती र ५ जना दिदीबहिनी छन् । उनको...
युनियन संघले सम्मान तथा प्रशिक्षण गर्ने
पोखरा, १ माघ । नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकीले पोखरामा माघ ५ गते सम्मान तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी, नेपाल निजामति कर्मचारी युनियन संघ कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम पोखरा लेकसाइडस्थित कोमागाने पार्कमा हुने छ ।...
लक्ष्मी स्मृति पुरस्कारबाट उपकुलपति गुरुङ पुरस्कृत
पोखरा, २० पुस । यसपटकको लक्ष्मी सिग्देल स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई पुरस्कृत गरिएको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल र पुरस्कार संस्थापक शरदकान्त सिग्देलले उनलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् । पुरस्कारको राशि नगद ३० हजार पाँच सय ५५...
उपकुलपति गुरुङलाई लक्ष्मी स्मृति पुरस्कार
पोखरा, १६ पुस । यसपटकको लक्ष्मी स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई सम्मान गरिने भएको छ । प्रा. तारा बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सहप्राध्यापक रामगोपाल ढेवाजु र बरिष्ठ पत्रकार रवीन्द्र बास्तोला सदस्य थिए । पुरस्कारको राशी नगद ३० हजार...
मेलमिलाप दिवसमा प्रवचन
पोखरा, १५ पुस । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोखरामा पुस १६ गते कार्यक्रम गरिने भएको छ । कास्की काँग्रेसले पार्टी कार्यालय चिप्लेढुङ्गामा प्रवचन कार्यक्रम गर्न लागेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कार्यक्रमको तयारी पूरा भएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीका अनुसार, पार्टीका उपसभापति विजयकुमार गच्छादारको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन...
सुरजलाई आर्थिक सहयोग
पोखरा, १ पुस । आर्थिक अभावमा रहेका प्यारालाईसिस बिरामी गोरखा धार्चे गाउँपालिका वडा नं ५ का ११ वर्षिय सुरज गुरुङको उपचारार्थ आर्थिक सहयोग गरिएको छ । गोरखा जिल्ला गुरुङ समाज युकेले उनलाई एक लाख ७१ हजार नौ सय ३० रुपैया आर्थिक सहयोग गरेको हो । समाजसेवी टेकबहादुर गुरुङको पहलमा समाजले उनलाई सहयोग उपलब्ध गराएको बताइएको...
तरुण दल कास्कीको उपसभापतिमा गुरुङ
पोखरा, १ पुस । नेपाल तरुण दल कास्कीको उपसभापतिमा दिपक गुरुङ (माइला)लाई मनोनयन गरिएको छ । तरुण दल कास्कीको आइतबार सम्पन्न बैठकले गुरुङलाई उपसभापतिमा मनोनयन गरेको हो । बैठकमा तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले उपसभापतिमा दिपक गुरुङलाई गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको थियो । पोखरा महानगरपालिका वडा नं १३ निवासी गुरुङ साविकको नेपाल तरुण...