पोखरा सेरोफेरो

प्रेस युनियन कास्कीको भित्तेपात्रो लोकार्पण
पोखरा, २५ वैशाख । नेपाल प्रेस युनियन कास्कीले नव वर्ष – २०७६ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो बुधबार लोकार्पण गरिएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा परिचित प्रेस युनियन कास्कीले पहिलो पटक भित्तेपात्रो प्रकाशनमा ल्याएको हो । भित्तेपात्रो लोकार्पण गर्दै नेपाली काँग्रेसका महामन्त्री एवं भुतपुर्व सञ्चार मन्त्री पुर्ण बहादुर खड्काले सरकारको अधिनायकवादी चरित्रका कारण...
पोविविको घटनामा कास्की काँग्रेसले भन्यो – ‘समस्या समाधान प्रहरी प्रशासनको बल प्रयोगबाट हुन सक्दैन’
पोखरा, १६ वैशाख । नेपाली काँग्रेस कास्कीले पोखरा विश्वविद्यालयमा भैरहेको आन्दोलन र असहज परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल समस्या समाधान गर्न माग गरेको छ । विश्वविद्यालय परिषरमा प्रहरीको परेड, रक्तमुछेल, लाठिचार्ज, गिरफ्तारी र धरपकड नसुहाएको भन्दै घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा समस्या समाधान प्रहरी प्रशासनको बल प्रयोगबाट हुन नसक्ने जनाइएको छ । कास्की काँग्रेसका...
साथी शिक्षकलाई तालिम
पोखरा, १६ वैशाख । नेपाल परिवार नियोजन संघ कास्कीले साथी शिक्षकहरुका लागि दुई दिने वृहत्त सघन यौनिकता शिक्षा सम्वन्धी तालिम गरेको छ । तालिममा २० जना साथी शिक्षक सहभागि थिए । तालिममा विष्णु दाहाल, नारायणी त्रिपाठी, दिक्षा पराजुली, एमनाथ पौडेल, नवराज तिवारी, गिता जोशी, सम्पूर्ण गौतम र दिज्सन ढकालले सहजीकरण गरेका थिए । तालिम समापनमा...
काँहुखोलामा निःशुल्क स्वास्थ्य शिविर
पोखरा, १५ वैशाख । स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १३ काँहुखोलामा निःशुल्क स्वास्थ्य शिविर भएको छ । जनकल्याण समिति र सत्य युवा क्लबको संयुक्त आयोजना तथा विनायक फर्म काँहुखोलाको व्यवस्थापनमा शिविर भएको हो । शिविरबाट चार सय जना लाभान्वित भएको विनायक फर्मका संचालन नारायण बरालले जानकारी दिए ।...
एनएमबी बैंकको आठौं हेरिटेज वाक
पोखरा, १५ वैशाख । एनएमबी बैक गण्डकी प्रदेशले  पोखरामा आठौं हेरिटेज वाक गरेको छ । बैकले प्रदेश कार्यालय मार्फत सात वटै प्रदेशमा सो कार्यक्रम संचालन गरेको हो । सो कार्यक्रम अन्तर्गत प्राकृतिक सम्पदाहरुको संरक्षण र सरसफाईलाई महत्व दिइन्छ । यसैक्रममा बैंकले विन्ध्यवासिनी मन्दिर सरसफाई गर्नुको साथै पाँच वटा डस्विन प्रदान गरेको छ । बैकका गण्डकी...
कास्की काँग्रेस जनजागरण अभियान शुरु गर्दै
पोखरा, ८ वैशाख । नेपाली काँग्रेस कास्कीले वैशाख ११ गतेदेखि कास्कीमा राष्ट्रिय जनजागरण अभियान संचालन गर्ने भएको छ । कास्की काँग्रेसको आइतबारको बैठकले केन्द्रीय निर्देशन अनुसार नै सो अभियान संचालन गर्ने निर्णय गर्दै अभियानलाई प्रभावकारी बनाउने तयारी शुरु गरेको छ । अभियानलाई कसरी प्रभावकारी बनाउने भन्नेमा कास्की काँग्रेस केन्द्रीत छ, जिल्ला सदस्य नवीन सिग्देलले भने...
डिज्नी मन्टेश्वरी तथा प्रिस्कुलमा दिक्षान्त
पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं १३ स्थित डिज्नी मन्टेश्वरी तथा प्रिस्कुलमा दिक्षान्त समारोह भएको छ । कार्यक्रममा पुर्वविद्यालय तहको युकेजी पार गरेका १९ जना विद्यार्थीलाई दिक्षित गरिएको थियो । विद्यालयका सञ्चालक श्यामबहादुर गुरुङ र प्रिन्सिपल कञ्चन गुरुङले विद्यार्थीलाई दिक्षित गरेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले अभिभावकको व्यस्त...
पोखरामा कृष्णदास महाराजको नागरिक अभिनन्दन
पोखरा, १० चैत । आद्य जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा शनिवार नागरिक अभिनन्दन गरिएको छ । नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा नागरिक अभिनन्दन मूल समारोह समितिले पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम गरी अभिनन्दन गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ...
पोखराका व्यवसायीहरुले संयुक्त रुपमा होली खेल्ने
पोखरा, ४ चैत । पोखराका व्यवसायीहरुले संयुक्त रुपमा होली खेल्ने भएका छन् । पोखरा महानगरपालिका वडा नं ४ स्थित साँघुमुख महेन्द्रपुल बजार समितिको आयोजनामा संयुक्त रुपमा होली खेलिने समितिका अध्यक्ष सुर्यराज त्रिपाठीले जानकारी दिए । उनले कार्यक्रममा विभिन्न क्षेत्रका एक हजार वढीको सहभागिता हुने उल्लेख गरे । पोखराको पुरानो बजारको रुपमा रहेको साँघुमुखमा स्टेज बनाएर...
शिक्षक एकता मजबुद बनाउने प्रतिवद्वता
पोखरा, ४ चैत । पोखरा महानगरपालिका वडा नं १४ स्थित शुक्रराज बलभद्र माविका प्रधानाध्यापक र पूर्वप्रधानाध्यापकले सोमबार विज्ञप्ति प्रकाशित गरी विद्यालयको शैक्षिक वातावरण बनाउन शिक्षक एकतालाई मजबुद बनाउने प्रतिवद्वता व्यक्त गरेका छन् । विद्यालयका प्रध्यानाध्यापक भोलानाथ पौडेल र पूर्वप्रधानाध्यापक नारायणप्रसाद भण्डारीले सोमबार सामुहिक रुपमा विज्ञप्ति प्रकाशित गरी त्यस्तो प्रतिवद्वता व्यक्त गरेका हुन् । विज्ञप्तिमा विद्यालयको...
प्रजातन्त्र सेनानी हिरामणी सुवेदीलाई नागरिक अभिनन्दन गरिने
पोखरा, ३ चैत । पोखरा महानगरपालिका वडा नं २७ लेखनाथचोक निवासी प्रजातन्त्र सेनानी हिरामणि सुवेदीलाई नागरिक अभिनन्दन गरिने भएको छ । हिरामणि सुवेदी अभिनन्दन समितिले सुवेदीको ८४ औं पुजनोत्सवको अवसर पारेर वैशाख ५ गते अभिनन्दन गर्न लागेको हो । सोही अवसर पारेर सुवेदीको योगदान समेटिएको अभिनन्दन ग्रन्थ समेत प्रकाशित गरिदै छ । समितिले अभिनन्दनको तयारी...
सुनपँदालीमा हुने विराट ज्ञान महायज्ञको तयारी पूरा
पोखरा, २२ फागुन । मादी गाउँपालिका वडा नं ५ सुनपँदालीफाटस्थित ओमकारेश्वर शिव मन्दिरमा हुने श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको तयारी पूरा भएको छ । ओमकारेश्वर शिवालय सेवा समितिले गर्न लागेको महायज्ञ फागुन २३ देखि ३० गतेसम्म चल्ने छ । ६ फिटका एक सय आठ ओटा जलधारा सहितको शिवलिङ्ग र विष्णु शैया बनाउनका लागि अर्थ संकलन गर्ने...