पोखरा सेरोफेरो

नेवि संघले देखायो मुख्यमन्त्रीलाई कालोझण्डा
पोखरा, २१ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिवार कालोझण्डा देखाइएको छ । नेपाल विद्यार्थी संघका विद्यार्थीले उनलाई कालोझण्डा देखाएका हुन् । कास्कीको मादी गाउँपालिकाको पाँचौ गाउँसभामा सहभागी हुन त्यसतर्फ जादै गरेका मुख्यमन्त्रीलाई कसेरी भन्ने स्थानमा विद्यार्थीले नारावाजी सहित कालोझण्डा देखाएका थिए। मादी गाउँपालिकाको नीति तथा बजेटमा एक्लौटी भएको भन्दै सभास्थल याङ्जाकोटमा समेत विरोध...
कास्कीको माछापुच्छ«ेमा १ सय ५ वटा जडीबुटी
पोखरा, २१ असार। कास्कीको माछापुच्छ«े गाउँपालिकाको वडा नं ८ र ९ मा एक सय पाँच वटा औषधिजन्य जडीबुटी भेटिएको छ । ती जडीबुटी स्वीजरल्याण्डको एमडीपिआई प्रकाशनको मेडिसिन्स नामक जर्नलमा सूचिकृत समेत भएका छन् । त्यस क्षेत्रमा डेढ वर्षसम्म गरिएको अध्ययन र सर्वेक्षणमा महत्वपूर्ण जडीबुटी भेटिएको अनुसन्धानमा संलग्न प्रमुख अनुसन्धानकर्ता महेन्द्र अधिकारीले बताए । स्थलगत सर्वेसँगै...
लाकृकोट देउरालीमा थ्रीफेज लाइन विस्तार
पोखरा, २० असार । माछापुच्छ«े गाउँपालिका वडा नं २ भर्जुङखोलास्थित लाकृकोट देउराली खण्डमा विद्युतको थ्रीफेज लाईन बिस्तार गरिएको छ । त्यस स्थानमा थ्रीफेज लाइनको आवश्यकता भएकाले माछापुच्छ«े गाउँपालिका वडा नं २ का वडा सदस्य गणेश आचार्यको पहलमा लाइन विस्तार गरिएको हो । त्यस्तै, खादरजङ गाउँमा विद्युतका दुई वटा पोल बिस्तार गरिएको छ । उक्त कार्यालय...
भ्रष्टाचारविरुद्व नागरिक सभा हुने
पोखरा,२० असार। पोखरामा भ्रष्टाचार, विकृति र विसंगतिविरुद्व अभियान संचालन गरिने भएको छ । नेपालका लागि नेपाली कास्कीले असार २१ गतेदेखि सो अभियान संचालन गर्न लागेको संयोजक नारायणहरि तिवारीले जानकारी दिए । ‘पोखराका टोल÷बस्तीसम्म अभियान पु¥याउँछौं,’संयोजक तिवारीले भने, ‘यो भ्रष्टाचार, विकृति र विसंगतिविरुद्व सचेत बनाउने अभियान हो ।’ चिप्लेढुङ्गामा हुने सभालाई पूर्व डिआईजी रमेश खरेल, वरिष्ठ...
देवीलाल सापकोटा स्मृति समाजसेवी सम्मान गंगाबहादुरलाई
पोखरा, १८ असार । देवीलाल सापकोटा स्मृति समाजसेवी सम्मानबाट पोखरा–२५ हेमजाका समाजसेवी गंगाबहादुर कुँवरलाई सम्मान गरिएको छ । लायन्स क्लब अफ पोखरा लालिगुराँसले एक कार्यक्रमको आयोजना गरी सापकोटाका परिवारले स्थापना गरेको अक्षयकोषबाट उनलाई सम्मान गरेको हो । पोखरा महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष शोभाकर तिमिल्सिना, लायन्स क्लब ३२५ बी १ कलस्टर १० का कलस्टर...
संगम टोलका योजना
पोखरा, १६ असार । ‘हामी सवै जुट्यौ भने असम्भव केही छैन, हामी प्रतिबद्व छौं’ हाम्रो टोल सुन्दर बनाउछौं भन्ने मूल नाराका साथ पोखरा–१३, स्थित संगम टोल विकास संस्थाले टोललाई व्यवस्थित बनाउनका लागि विभिन्न योजना सहितका कार्यक्रम अघि सारेको छ । संस्थाले टोलभित्र छाडा वा पालिएका कुकुर नियन्त्रण गर्ने, बालबालिकालाई बाटोमा खेल्न नदिने सिसि क्यामेरा जडान...
औषधि व्यवसायी संघको रक्तदान
पोखरा, ११ असार । नेपाल औषधि व्यवसायी संघ, गण्डकी शाखाले स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम गरेको छ । जसमा ७६ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जीव देवकोटाले जानकारी दिए । संघका केन्द्रीय सचिव यमनाथ पौडेलले पहिलोपटक रक्तदान गर्न लागेका रक्तदाता सविन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । उनले पोखरा र आसपासको...
नेपाल मुस्लिम संघ पोखरा गठन
पोखरा, १ असार । मुस्लिमहरुको पोखरामा सम्पन्न भेलाले अब्दुल रसिद मियाको अध्यक्षतामा नेपाल मुस्लिम संघ पोखरा महानगर समिति गठन गरेको छ । समितिको उपसभापतिमा लिल्ला मिया, सचिवमा मोहम्मद इर्साद, उपसचिवमा उमर मिया ,कोषाध्यक्षमा तैयव अलि मिया ,सह कोषाध्यक्षमा रविना खातुन छन् । समितिको सदस्यमा इर्साद मिया , साइद मिया , फैसल अलि मिया , ईमान...
प्रेस युनियन कास्कीमा अवार्ड स्थापना
पोखरा, ६ जेठ । नेपाल प्रेस युनियन कास्कीले कार्य समितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्न अवार्ड स्थापना गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्षले सल्लाहकारहरुसँगको सल्लाहमा कार्यसमितिका पदाधिकारी एवं सदस्यमध्यमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरी अवार्ड स्थापना गरिएको हो । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रेस युनियनको स्थापना...
काँग्रेस कास्कीद्वारा जागरण अभियानका थप कार्यक्रम तय
पोखरा, ४ जेठ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काँग्रेस कास्कीले राष्ट्रिय जागरण अभियानका लागि थप कार्यक्रम तय गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीको उपस्थितिमा शनिबार पार्टी कार्यालयमा बसेको बैठकले जागरण अभियानका थप कार्यक्रम तय...
प्रेस युनियन कास्की विरोध प्रदर्शन गर्दै
पोखरा, १ जेठ । सञ्चार माध्यममाथि अंकुश लगाउने प्रस्तावित विधेयक विरुद्ध नेपाल प्रेस युनियन कास्कीले बिहिवार विरोध प्रदर्शन गर्ने भएको छ । वर्तमान सरकारले यो वा त्यो वहानामा मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको विधेयक खारेजीको माग गर्दै प्रदर्शन गर्न लागेको नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । सरकारले संसदमा...
पोखरामा गण्डकी प्रदेशस्तरीय फेमिलियर सेमिनार हुदै
पोखरा, २७ वैशाख । वल्र्ड मार्ट युनिक सोलुसन प्रा.लिले पोखरामा २८ गते शनिवार गण्डकी प्रदेश स्तरीय फेमिलियर सेमिनार गर्ने भएको छ । प्रालिले गरेका महत्वपूर्ण काम र उत्पादनका बारेमा जानकारी दिने उदेश्यले सेमिनार गर्न लागिएको हो । सेमिनारमा स्वास्थ र सौन्दर्यसँग सम्बन्धित हेयर केयर तथा स्किन केयरका सामाग्रीहरु, स्वास्थको लागि अर्गानिक ग्रीन टी र मह...