पोखरा सेरोफेरो

पोखरा भाँडा व्यवसायी संघद्वारा सहयोग
पोखरा, ११ साउन । १२ औं वार्षिकोत्सवको अवसरमा पोखरा भाँडा व्यवसायी संघ कास्कीले पोखरा २४, कास्कीकोटस्थित सिद्व बराह आधारभूत विद्यालयलाई सहयोग गरेको छ । संघले शैक्षिक तथा खेलकुद सामग्री सहित चम्चा, गिलास, जग गरी करीब ४० हजार मूल्य बराबरको सहयोग गरेको हो । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा संघका...
संचारकर्मी रेनुको जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
पोखरा, ११ साउन । संचारकर्मी रेनु थापाले आफ्नो जन्मदिनको अवसरमा पोखरा ६ स्थित शिशु विकास तथा स्याहार केन्द्रमा शैक्षिक सामग्री वितरण गरेकी छन् । पोखरा ६ बैदाममा रहेको शिशु विकास तथा स्याहार केन्द्रका गरिब तथा विपन्न वर्गका करिब ३० जना बालबालिकालाई उनले सामग्री वितरण गरेकी हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष...
पार्टी नियमावली परिमार्जन आवश्यक – कोइराला
पोखरा, ५ साउन । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीले तयार पारेको नियमावली परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । नियमावली परिमार्जन नगरे पार्टी केन्द्रदेखि तल्लो तहसम्म कम्यूनिष्ट संस्कृतिमा पुग्ने उनको भनाइ छ । ‘यदि नियमावली जस्ताको तस्तै पास भए बोल्न समेत पाइदैन’ उनले भने, ‘परिमार्जन नभए म बैठकमा नोट अफ डिसेन्ट लेख्छु।’...
कालिका बहुमुखी क्याम्पस प्रमुखमा रवीन्द्रनाथ बाँस्तोला
पोखरा, ५ श्रावण । पोखराको काजीपोखरीमा रहेको कालिका बहुमुखी क्याम्पसको प्रमुखमा रवीन्द्रनाथ बाँस्तोला नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सांसद सूर्यबहादुर केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बाँस्तोलालाई आगामी कार्यकालको लागि क्याम्पस प्रमुख बनाउने सर्वसम्मत निर्णय गरेको हो । क्याम्पसका नियमावली अनुसार उनको कार्यकाल ४ बर्षको हुनेछ । पोखरा ११ फूलबारी निवासी बाँस्तोलाले...
नेल्टाको तालिम सकियो
पोखरा, ३ साउन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) केन्द्रीय कार्य समितिको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको संयोजनमा आयोजित पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम सम्पन्न भएको छ । दुई हप्तासम्म चलेको तालिममा विभिन्न जिल्लाका १५ जना सहभागी थिए । तालिम समापनमा प्रमाणपत्र वितरण गर्दै पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक...
ट्रेड युनियन काँग्रेस कास्कीको परिषद्  साउन ४ मा
पोखरा, ३ साउन । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं अधिवेशनपछिको प्रथम जिल्ला परिषद् साउन ४ गते हुने भएको छ । परिषद्को सम्पूर्ण तयारी पूरा भएको ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए । परिषद्मा ट्रेड युनियन काँग्रेस कास्कीसँग आवद्व संघ÷संस्थाबाट ४÷४ जना र प्रतिष्ठानका अध्यक्ष सहभागी हुने छन् । परिषद्मा साङ्ठनीक गतिविधि...
कास्कीकोट युवा सञ्जालमा सुवेदी
पोखरा २४ कास्कीकोटस्थित हाम्रो कास्कीकोट युवा सञ्जालको साधारणसभा तथा अधिवेशनले संयोजकमा हेम सुवेदीलाई चयन गरेको छ । सञ्जालको सहसंयोजकमा रुद्रबहादुर कार्की, प्राविधिक संयोजकमा रुद्रप्रसाद अधिकारी, व्यवस्थापन संयोजकमा शितल गिरी, सहव्यवस्थापन संयोजकमा अर्जुनबहादुर अधिकारी, आर्थिक संयोजकमा कविता विक र सहआर्थिक संयोजकमा नवीन सुवेदी छन् । सञ्जालको सदस्यमा रमेश केसी, सुनिल सुवेदी, विष्णुमाया गिरी, लक्ष्मी सुवेदी, विशाल...
मन्टेसरी दिदीबहिनी क्लबद्वारा सहयोग
पोखरा, २८ असार । मन्टेसरी दिदी बहिनी क्लब कास्कीले पोखरा–१९, लामाचौरस्थित ओम शुभ शक्ति कल्याण केन्द्रलाई सहयोग गरेको छ । क्लबले केन्द्रमा आश्रित ९ जना अनाथ तथा असहाय बालबालिकाका लागि आवश्यक सामग्री सहयोग गरेको हो । क्लबले लत्ताकपडा र खाद्यान्न सामग्री सहयोग गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवं आदर्श...
एलजी संगम हङकङद्वारा गुरुङलाई सहयोग
पोखरा, २७ असार । एलजी संगम हङकङले मादी गाउँपालिका वडा नं ८ घर भई हाल पोखरा–१३ संगम टोलमा बस्दै आएका गोपीचन्द्र गुरुङ (रातो भाले मामा)लाई आर्थिक सहयोग गरेको छ । उनलाई २ लाख २६ हजार ३ सय ७१ रुपैया आर्थिक सहयोग गरिएको हो । हङकङमा रहदै आएका एलजी संगमका सदस्यले सो रकम जुटाएका हुन् ।...
रुपाताल परियोजना क्षेत्रका जग्गाधनी आक्रोशित
पोखरा, २६ असार । सरकारले निर्धारण गरेको रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना क्षेत्र अन्तर्गत जग्गाको मुआब्जाप्रति जग्गाधनीले असन्तुष्ठि जनाउँदै आक्रोशित बनेका छन् । उनीहरुले जग्गाधनीसँग कुनै सल्लाहा र छलफल नै नगरी मुआब्जा निर्धारण गरिएको आरोप लगाए । मुआब्जाप्रति असन्तुष्ठि जनाउँदै केही दिन यता जग्गाधनीले सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन् । जग्गाधनीको...
अपाङ्गता मैत्री समाज कास्कीको तेस्रो साधारणसभा
पोखरा, २६ साउन । ‘सभ्य र शिष्ट बनौं, अपाङ्गता भएका व्यत्तिलाई अपहेलना नगरौं’ भन्ने मूल नाराका साथ अपाङ्गता मैत्री समाज कास्कीको तेस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सचिव दण्डपाणि ढकालले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष चिजा गिरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभा उद्घाटन गर्दै नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले...
स्याबास् सुरेश, जसले भेट्टाएको सूनको पाँच तोलाको रानीहार बुझाए
पोखरा २२ असार । मानिस स्वभावैले लोभि हुन्छ । अरुको केही पाउँदा ÷भेट्टाउदा खुशी हुने धेरैको स्वभाव पनि हुन्छ । तर थोरै मात्र हुन्छन् जो कसैले हराएको केही पाउँदा खुशी हुदैनन् । त्यस्तैमध्यमा एक छन् पोखराका ट्याक्सी चालक सुरेश नेपाली । उनी ग.१.ज ३५७१ नम्बरको ट्याक्सीका चालक हुन् । भद्रकाली शाखामा आवद्व रहेर संचालन हुदै...