पोखरा सेरोफेरो

कोरोना रोकथाम र नियन्त्रणमा काँग्रेस
पोखरा, २३ चैत । विश्वव्यापी रुपमा बढिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस सक्रिय बनेको छ । नेपाली काँग्रेस माछापुच्छ«े गाउँपालिका समिति कास्कीले गाउँपालिका भित्र कोरोना भाइरसबाट नागरिकलाई जोगाउन ब्लिचिङ पाउडरको झोल छर्केको छ । गाउँपालिकाका ९ वटै वडामा ब्लिचिङ पाउडर झोल छर्केने योजना रहेको त्यस क्षेत्रका काँग्रेस नेता खुशीमान गुरुङले बताए ।...
संकटका बेला विपन्न परिवारका माझ तरुण दल कास्की
पोखरा, २१ चैत । लकडाउनका कारण गरीब तथा विपन्न वर्गका नागरिकलाई खाद्यान्न संकट पर्न थालेपछि तरुण दल कास्कीले राहत वितरण गर्न थालेको छ । संकटका बेला नागरिकका सकेको सहयोग गर्नु कर्तव्य भएको भन्दै तरुण दल कास्की गरीब तथा विपन्न जनताका माझमा पुगेको छ । लकडाउनपछि आफ्नै स्रोतसाधनको प्रयोग गरी बिरामीलाई सहयोग गर्दै आएका तरुण नेता...
प्याब्सन कास्कीद्वारा विपद् कोषलाई पाँच लाख सहयोग
पोखरा, २० चैत । प्याब्सन कास्कीले पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गरेको छ । प्याब्सनले कोषका लागि पाँच लाख रुपैया आर्थिक सहयोग गरेको हो । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीको नेतृत्वमा गएको टोलीले महानगर प्रमुख मानबहादुर जिसीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । लकडाउनपछि गरीब तथा विपन्न वर्ग नराम्ररी प्रभावित बनेकाले उनीहरुलाई राहत...
अधिकारीद्वारा मास्क, ग्लब्स र सेनिटाइजर सहयोग 
पोखरा, २० चैत । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रयास भैरहेको छ । यसका लागि सरकारी, गैह्सकारीदेखि विभिन्न व्यत्ति तथा संघसस्थाले आआफ्नै किसिमले सहयोग पनि गर्दै आइरहेका छन् । यसैक्रममा पोखरा महानगरपालिका वडा नं १२ निवासी विद्या अधिकारीले पनि सहयोग गरेकी छन् । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा...
राहतका लागि नागरिकता मात्र भए हुने
पोखरा, १९ चैत । लकडाउनका कारण प्रभावित गरीब तथा विपन्न वर्गलाई राहत दिन पोखरा महानगरपालिकाले तोकेको मापदण्डलाई सहज बनाइएको छ । अब राहत लिनका लागि स्वयंको नागरिकता वा सम्बन्धित घरधनीको नागरिकतामध्ये कुनै एउटा भए हुने पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले बताए । ‘पोखरा महानगरपालिकाको आज कार्यपालिका बैठकमा मापदण्ड झन्झटिलो र अव्यवहारिक...
राहत वितरण व्यवस्थित र प्रभावकारी बनाउँ – कास्की काँग्रेस
पोखरा, १७ चैत । नेपाली काँग्रेस कास्कीले सरकारले उपलब्ध गराउन लागेको राहतलाई व्यवस्थित र व्यवहारिक बनाउन माग गरेको छ । राहत वितरणका लागि तयार पारिएको मापदण्ड अव्यवहारिक र झन्झटिलो भएकाले त्यसलाई सहज बनाउन माग गरेको हो । ‘विपन्न र गरीब नागरिकका लागि जतिसक्दो चाडो राहत जरुरी छ, कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको...
कास्की काँग्रेसद्वारा अपिल
पोखरा, १५ चैत । नेपाली काँग्रेस कास्कीले लकडाउनको समयमा निम्न वर्गका नागरिकमा संकट पर्न थालेको भन्दै सरकारको ध्यानकर्षण गराएको छ । लकडाउन चौथो दिनसम्म आइपुग्दा दैनिक ज्यालादारी र मजदुरी गर्नेमा खाद्यान्न संकट सृजना हुन थालेको भन्दै तीन तहैका सरकारको ध्यानाकर्षण गराएको हो । कास्की काँग्रेसले अपिलमार्फत् पार्टी सबै इकाईलाई नागरिकमा पर्न थालेको समस्या समाधानमा गम्भिर...
इक्वालिटि फाउण्डेशनद्वारा भद्रकालीलाई सहयोग
पोखरा, २४ माघ । इक्वालिटि फाउण्डेशनले पोखरा १३ स्थित भद्रकाली उच्च माविलाई कम्युटर कक्ष स्थापनाका लागि सहयोग गरेको छ । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच फाउण्डेशनले २ लाख ३५ हजार रुपैया सहयोग प्रदान गरेको छ । सो रकम अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट चन्दा स्वरुप संकलन गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा फाउण्डेशनकोतर्फबाट सदस्य...
प्रेस युनियनका पार्षद् पराजुलीलाई मातृशोक
पोखरा, १३ माघ । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् एवं पत्रकार कमल पराजुलीलाई मातृशोक परेको छ । पोखरा ४ निवासी पराजुलीकी ममतामयी आमा राधा पराजुलीको ६३ वर्षको उमेरमा निधन भएको हो । केही समयदेखि क्यान्सरबाट पीडित पराजुलीको राजधानीमा उपचारका क्रममा आइतबार राति निधन भएको थियो । सोमबार पोखरा तुल्सिघाटस्थित सेती नदीमा स्वर्गीय पराजुलीको अत्येष्टि गरिएको...
नेता शुक्रराज शर्माको पुस्तकको प्रशंसा नै प्रशंसा
पोखरा, ३ माघ । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माद्वारा लिखित काँङ्ग्रेसमा सङ्कल्पित ५२ वर्ष नामक पुस्तकको पोखरामा शुक्रबार परिचर्चा गरिएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीले गरेको कार्यक्रममा विश्लेषक, अधिवत्ता र नेताहरुले पुस्तकको चर्चा मात्रै गरेनन् प्रशंसा नै प्रशंसा गरे । ५ दशक बढी समय नेपाली काँग्रेसको राजनीतिमा बिताएका शर्माले लेखेको सो पुस्तक २ सय...
राष्ट्रिय महिला अधिकार मञ्चको १० औं साधारणसभा
पोखरा, २८ पुस । राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्ष कल्पना ढकाल, सचिव विष्णुमाया पौडेल, कोषाध्यक्ष शोभा आचार्यको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा संस्थाका लागि योगदान गरेको भन्दै कृष्तिकी लक्ष्मी थापा, काँहुकी पार्वती आचार्य , पोखरा ९ की दिलमाया गुरुङ र सिद्वार्थ क्लबलाई सम्मान गरिएको...
समाजसेवी बरालद्वारा न्यायो कपडा वितरण
पोखरा, २५ पुस । पोखरा १३, आर्वा निवासी समाजसेवी राम बरालले विद्यार्थीलाई न्यायो कपडा वितरण गरेका छन् । उनले आर्वा थापाचौतारास्थित सिमला आधारभूत विद्यालयका २५ जनालाई विद्यार्थीलाई ज्याकेट वितरण गरेका हुन् । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच उनले विद्यार्थीलाई ज्याकेट वितरण गरेका थिए । विद्यार्थीका लागि न्यायो कपडा आवश्यक देखेर वितरण गरेको बरालको भनाइ छ ।...