पोखरा सेरोफेरो

जीपी फाउण्डेशनले ग¥यो प्रेस युनियनलाई प्रेस ज्याकेट सहयोग
पोखरा, २० असार । जीपी फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई प्रेस ज्याकेट सहयोग गरेको छ । पूर्व प्रधानमन्त्री नेपाली काँग्रेसका पूर्व सभापति शान्ति नायक, युग पुरुष स्व.गिरिजाप्रसाद कोइरालाको ९७ औं जन्म जयन्तीको अवसरमा जीपी फाउण्डेशन कास्कीले प्रेस युनियन कास्कीलाई शनिवार एक कार्यक्रमकाबीच ५० थान प्रेस ज्याकेट सहयोग गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय...
कास्की काँग्रेससहितका दल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, कोरोना संक्रमितको उपचार छुट्टै स्थानमा हुने
पोखरा, १९ असार । नेपाली काँग्रेस कास्कीको नेतृत्वमा जनता समाजवादी पार्टी कास्की र राप्रपा कास्कीका प्रतिनिधि शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोरोना संक्रमितको उपचारमा गरेको व्यवस्था बारे जानकारी लिन र अन्य बिरामीको समस्या बारे जानकारी गराउँन तिन दलका प्रतिनिधि प्रतिष्ठान गएको कास्की काँग्रेसका प्रवत्ता नवीन...
आर्थिक अपराध नियन्त्रण गर्छु – श्रेष्ठ
पोखरा, १५ असार । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले आर्थिक अपराध नियन्त्रणमा प्राथमिकता दिने बताएका छन् । विभिन्न १५ बुँदे प्राथमिकता अन्तर्गत उनले आर्थिक अपराध समस्याका रुपमा रहेकाले त्यसलाई प्राथमिकता दिने उल्लेख गरे । व्यवसायका लागि गरिने लेनदेन र ठगिका कारण आर्थिक अपराध हुने गरेको उनको भनाइ छ । आर्थिक अपराधसँगै...
लकडाउनको असर वृद्वाश्रममा पनि, खाद्यान्न अभाव
पोखरा, १४ असार । लामो समयको लकडाउनका कारण पोखरा १४ बाच्छेबुडुवामा रहेको वात्सायन वृद्वाश्रममा अभाव सृजना भएको छ । लकडाउनका कारण सहयोगी पुग्न नसकेपछि वृद्वाश्रममा अभाव सृजना भएको हो । पछिल्लो समय वृद्वाश्रमका लागि खाद्यान्न अभाव हुन थालेको छ ।वृद्वाश्रमप्रति कुनै पनि सरकारले ध्यान र चासो दिएका छैनन । पोखरा महानगरपालिकाले लकडाउनदेखि अहिलेसम्म १ कार्टुन...
वात्सायन वृद्वाश्रमलाई सहयोग
पोखरा, १४ असार । पोखरा १४ बाच्छेबुडुवास्थित वात्सायन वृद्वाश्रमलाई सहयोग गरिएको छ । स्व. दयाराम अधिकारीको स्मृतिमा श्रीमती डल्ली अधिकारी र छोरी लक्ष्मी अधिकारीले २१ हजार एक सय ११ सहयोग गरेका छन् । त्यस्तै, पोखरा १४ चाउथेका धर्मराज केसी र विष्णु केसीले १५ हजार पाँच सहित मास्क र सेनिटाइजर सहयोग गरेका छन् । ति सहयोग...
विभिन्न व्यत्तिद्वारा सहयोग
पोखरा, ११ असार । पोखरा महानगरपालिका वडा नं ३२ निवासी समाजसेवी एलिशा केसीले स्कूल टोलमा सहयोग गरेकी छन् । उनले मृगौला रोगी धनबहादुर गुरुङलाई खाद्यान्न र मास्क तथा टोलबासीलाई मास्क वितरण गरेकी हुन् । त्यस्तै, उनले राधाकृष्ण मन्दिरलाई तिन बोरा चामल सहयोग गरेकी थिइन् । लकडाउनपछि समस्यामा परेकालाई सहयोग गरेको बताइन् । उनी मातृभूमि लागि...
तरुण दल कास्कीद्वारा सहयोग
पोखरा, ४ असार । नेपाल तरुण दल कास्कीले लकडाउनपछि विभिन्न खाले समस्यामा परेका परिवारलाई सहयोग गर्ने अभियान जारी राखेको छ । विशेष गरी गरीब तथा विपन्न परिवार नराम्ररी प्रभावित हुन थालेपछि त्यस्ता परिवारलाई सहयोग गर्न तरुण दल कास्कीले सहयोग अभियान शुरु गरेको थियो । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ विभिन्न व्यक्ति तथा संघसंस्थासँग समन्वय...
कास्की काँग्रेसले पठायो ज्ञापन पत्र
पोखरा, २ असार । नेपाली काँग्रेस कास्कीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई १४ बुँदे ज्ञापन पत्र बुझाएको प्रवक्ता नवीन...
काँग्रेस नेतृ आचार्यद्वारा प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
पोखरा, १ असार । नेपाली काँग्रेस कास्कीकी नेतृ रङ्गिला आचार्यले नेपाल प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकी छन् । कास्की काँग्रेसकी सहसचिव आचार्यले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, रविना आले र सचिव प्रदिप पौडेललाई मास्क, सेनिटाइजर र ग्लब्स हस्तान्तरण गरेकी थिइन् । कोरोना भाइरसको महामारी बढिरहेका बेला आमनागरिकलाई...
अन्नपूर्ण गाउँपालिकालाई नेलम्बो नेपालबाट स्वास्थ्य सामग्री सहयोग
पोखरा, १ असार । नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले यसको संक्रमण, रोकथाम तथा नियन्त्रणमा सावधानी अपनाउनका लागि चिकित्सा सामाग्रीहरु प्रदान गरेको हो । अन्नपूर्ण गाउँपालिकालाई पि.पि.ई सेट, थर्मल गन, स्यानिटाईजर, एन नाइन फाइव मास्क,...
काँग्रेसद्वारा मादीको शिक्षा शाखा कार्यालयमा तालाबन्दी
पोखरा, २८ जेठ । नेपाली काँग्रेस मादी गाउँपालिका इकाईले गाउँपालिकाको शिक्षा शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेपाल सरकारको शिक्षा ऐन विपरीत गाउँपालिकाले मादी ३ स्थित सिताराम माविमा आफू अनुकुल कार्यविधि बनाइ गैरअभिभावकलाई लिएर विद्यालय व्यवस्थापन समिति गठन गरेको, शिक्षा क्षेत्रमा योगदान नै नभएका व्यक्तिहरुलाई समितिमा नियुक्त गरेको भन्दै तालाबन्दी गरेको नेपाली काँग्रेस मादी...
तीन तहका सरकार असफल भएको कास्कीका पाँच दलको ठहर
पोखरा, २८ जेठ । कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर गरेका छन् । पोखरामा बुधबार सम्पन्न नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा पार्टीको सर्वदलिय बैठकले त्यस्तो ठहर गरेको हो । पोखरा सृजनाचोकस्थित जनता समाजवादी पार्टी कास्कीको कार्यालयमा अध्यक्ष गिरिप्रसाद गुरुङको अध्यक्षतामा...