पोखरा सेरोफेरो

कास्की काँग्रेसद्वारा क्रियाशील सदस्य तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त
पोखरा, १८ साउन । नेपाली काँग्रेस कास्कीले पोखरा २४ निवासी पार्टीका क्रियाशील सदस्य तोयनाथ पाध्या तिमिल्सिनाको निधन भएकोमा दुःख व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले शोक विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । विगत ५ वर्षदेखि नशा सम्वन्धी रोगबाट प्रभावित ७७ वर्षिय तिमिल्सिनाको...
कास्की काँग्रेसका सभापति केसी जन्मदिन मनाउन बाढीपहिरो प्रभावित परिवारमा (भिडियो)
पोखरा, १७ साउन । जन्मदिनको अवसर पारेर नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीसहित ३ जनाले शनिवार बाढीपहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग गरेका छन् । सभापति केसी, नेपाली काँग्रेस कास्कीका पूर्व जिल्ला सदस्य श्रीकृष्ण लामिछाने र नेपाल प्रेस युनियन कास्कीका सदस्य महेन्द्र ढुगांनाले सामूहिक रुपमा आर्थिक सहयोग गरी जन्मदिन मनाएका हुन् । उनीहरुले पोखरा २६ पैतेडाडाँको...
रहेनन् शिक्षाविद् कायस्थ
पोखरा, १५ साउन । पोखराका शिक्षाविद प्रा.डा. राधेश्याम कायस्थको विहीवार निधन भएको छ । लामो समयदेखि दम रोगबाट ग्रसित कायस्थको ७८ वर्षको उमेरमा पोखरास्थित चरक मेरोरियल अस्पतालमा बिहान निधन भएको हो । स्वर्गीय कायस्थको विहीवार नै शान्तिघाटमा अन्त्येष्टि गरिएको थियो । स्व. राधेश्यामका श्रीमती लक्ष्मीमाया, दुई छोरा सञ्जीव र राजु कायस्थ र एक छोरी प्रतिमा...
पोखरा महानगरपालिका अनियमितताको अखडा भएको वडाध्यक्षको ठहर, काँग्रेसबाट निर्वाचित वडाध्यक्षद्वारा विरोध
 पोखरा, १२ साउन । पोखरा महानगरपालिकामा काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिका अनियमितताको अखडा भएको भन्दै असन्तुष्टि जनाएका छन् । पोखरामा सोमबार पत्रकार सम्मेलन गरी काँग्रेस सचेतक एवं पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले महानगरपालिका अनियमितताको अखडा बनेको भन्दै आपत्ती जनाए । उनले विभिन्न विषयमा १२ बुँदा सहितको सुझावसहित महानगरलाई ध्यानाकर्षण गराएपनि बेवास्ता गरिएको बताए । निर्वाचनपछि...
कास्की काँग्रेस पोविविमा, नेवि संघको अनसनमा एक्यवद्वता 
पोखरा, ११ साउन । पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसनमा कास्की काँग्रेसले एक्यवद्वता जनाएको छ । विश्वविद्यालयमा उपकुलपति र रजिष्टार नियुक्तिको माग गर्दै विगत चार दिनदेखि विद्यार्थी नेता अनशन बसिरहेका छन् । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेका नेताहरुले आन्दोलनप्रति ऐक्यवद्वता जनाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । नेताहरु विश्वविद्यालय पुग्दा...
पोविविमा नेवि संघका नेता अनसनमा
पोखरा, ८ साउन । पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले रिले अनसन सुरु गरेको छ । विश्वविद्यालयमा उपकुलपति र रजिष्टार नियुक्तिको माग गर्दै विद्यार्थी नेता अनसन बसेका हुन् ।पहिलो दिनको पहिलो चरणमा गोपिकृष्ण तिवारी, राजिव भण्डारी, निरज लामिछाने अनसनमा छन् । विश्वविद्यालयमा करीब १० महिनादेखि उपकुलपति र रजिष्टार नियुक्त हुन सकेको छैन । यसैबीच नेपाली काँग्रेस...
वीपी स्मृति दिवसमा कास्कीमा वृक्षरोपण र राहत वितरण
पोखरा, ६ साउन । नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाको ३८ औं स्मृति दिवसमा कास्कीमा मङ्गलबार विविध कार्यक्रम गरिएको छ । स्मृति दिवसको अवसर पारेर वृक्षरोपण, राहत वितरण, बिरुवा गोडमेल, रक्तदान, दिप प्रज्ज्वलन जस्ता कार्यक्रम गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । कास्की काँग्रेसले पोखरा २६ पैतेडाडाका ७८ परिवारलाई नगद १८ हजारसहित २० बोरा...
घाचोकमा घर भासियो
पोखरा, ५ साउन । माच्छापुच्छे गाउँपालिका वडा न. ३ घाचोकमा घर भासिएको छ । अविरल बर्षाका कारण शुक्रबार बिहान ५ः३० बजे घाचोकस्थित राम अबिरलको घर भासिएको हो । घर भासिदा भान्छाकोठालगायत अन्यकोठामा पनि क्षति भएको छ । करीब ९० हजार बराबरको क्षति भएको बताइएको छ । नेपाल रेडक्रस सोसाइटीले राहात प्रदान गरेपनि जनप्रतिनिधिहरुले भने कुनै चासो...
रानाभाट परिवारद्वारा वृद्वाश्रमलाई सहयोग
पोखरा, ३० असार । पोखरा २६ साँघुकोमुख निवासी रानाभाट परिवारले आमा खिमकुमारी रानाभाटको १३ औं दिनको पुण्य तिथिमा राधाकृण्ण वृद्वाश्रममा सहयोग गरेको छ । छोरा तारानाथ रानाभाट, देवेन्द्र रानाभाट, खिलेन्द्र रानाभाट, छोरी खिमादेवी रानाभाट र शिवकुमारी रानाभाटले सहयोग गरेका हुन् । उनीहरुले वृद्वाश्रमका ५३ जनालाई एक छाक भोजनसहित लत्ताकपडा, फलफूल, चियापत्ति, दुध, चिनी सहयोग गरेका...
 प्रदेश र स्थानीय तहका कर्मचारी विरोधमा
पोखरा,४ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय र प्रदेश तहमा समायोजन भएका नासु वा सो सरहका कर्मचारीलाई राजपत्र अनङ्कित प्रथम श्रेणाीको फारमको ढाँचा र रङको कार्यसम्पादन मूल्याङ्कन फारम भर्न परिपत्र गरेपछि त्यसको विरोध भएको छ। समायोजन ऐन २०७५ अनुसार समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका अधिकृतस्तर छैटौं तहका कर्मचारीहरूले त्यसको विरोध...
‘महान आमा’
पोखरा, ४ साउन । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट र कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाटकी ममतामयी माता खिमकुमारी रानाभाटको १३ औं दिनको पुण्य तिथिमा आइतबार शोक सभा गरिएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २६ ले साँघुकोमुखस्थित रानाभाट निवासमा शोक सभा गरेको हो । शोक सभामा काँग्रेसका नेता तथा कार्यकर्ता,...
पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
पोखरा, ३ साउन । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसको शनिवारको बैठकले विभिन्न संचारमाध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे समाचार आइरहेको उल्लेख गर्दै त्यस्तो अनियमितताप्रति ध्यानाकर्षण भएको प्रवत्ता नवीन सिग्देलले बताए । कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहितको संयुक्त बैठकमा पोखरा...