पोखरा सेरोफेरो

क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
पोखरा, २९ वैशाख । क्रेनको ठक्करबाट पोखरामा एक महिलाको मृत्यु भएको छ । क्रेनको ठक्करबाट कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.७ लाहाचोक बस्ने ३८ वर्षिया धना अधिकारीको मृत्यु भएको हो । विहीबार पोखरा मालेपाटन स्थित पोखरा बाग्लुङ सडक खण्डमा पस्र्याङबाट जिरो किमीतर्फ जादै गरेको ग.१.क ५८०५ नं. को क्रेनले बाटो काट्दै गरेको अवस्थामा अधिकारीलाई ठक्कर दिएको...
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
पोखरा, २६ वैशाख । पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जबाफदेही रूपमा परिचालन गरी विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन करार सम्झौता गरिएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार संघीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजना समेतको मर्मलाई आत्मसात...
विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल
पोखरा, २३ वैशाख । विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले शनिवार वडा नं.१ देखी २५ सम्मका जनप्रतिनिधि सहित स्थानीय टोल विकास संस्था, आमा समूहका प्रतिनिधि र सर्वेक्षकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । पोखरा सभागृहमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ऐनमा गरिएको व्यवस्था अनुसार नगर विकासको निमित्त नगर क्षेत्र...
कालिखोला–काँहुकोट अग्र्यानिक पदमार्गको शिलान्यास
पोखरा, २१ वैशाख ।पोखरा महानगरपालिका वडा नं.११ कालिखोला देखी काँहुकोटसम्म पुग्ने कालिखोला–काहँुकोट अग्र्यानिक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार शिलान्यास गर्नुभएको हो । कालिखोलादेखी काँहुकोटसम्म १.८ कि.मि लम्बाईको अग्र्यानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । “पोखरा आसपासमा थुप्रै पदमार्गहरू छन्, तिनीहरूलाई व्यवस्थित गर्दै नयाँ निर्माण...
तेस्रो हेमजा हिले महोत्सव २०८० हुने
हेमजा, १८ वैशाख । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो हेमजा हिले महोत्सव २०८० हुने भएको छ । आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुने भएको हो । महोत्सव देवीस्थान टोल पोखरा २५ हेमजामा हुने छ । सोमबार हेमजामा बसेको भेलाले...
कालिका बहुमुखीमा उद्यमशिल साझेदारी कार्यक्रम शुरु
पोखरा, १८ वैशाख । कालिका बहुमुखी क्याम्पस काजिपोखरीमा उद्यमशील साझेदारी कार्यक्रम शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले कार्यक्रम शुभारम्भ गर्नुभयो । उहाँले शिक्षासगै विद्यार्थीहरुमा उद्यमी कसरी बन्न सकिन्छ भन्ने सोचको पनि विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कालिका क्यम्पसले आगाडी सारेको यो परियोजनालाई विश्वविद्यालयले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो...
कौशी खेती गर्न प्रोत्साहीत गरिने – मर्सानी
पोखरा, ११ वैशाख । पोखरामा महानगरपालिका वडा नं ९ स्तरीय कृषि संजालले निःशुल्क मल, बिउ तथा बिरुवा वितरण गरेको छ । संजालद्धारा आयोजित कार्यक्रममा संस्थासँग आवद्ध झन्डै २ सय किसानहरुलाई सो मल, बिउ तथा बिरुवा वितरण गरिएको हो । सो कार्यक्रममा बोल्दै वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले शहरी क्षेत्रमा बढ्दो जनघनत्व भएपनि तरकारी...
शिक्षकलाई तालिम
पोखरा, ७ वैशाख । अञ्जुली आवासीय माध्यामिक विद्यालय र न्यू ग्यालेक्सी इंगलिस सेकेण्डकरी वोर्डिड्ड स्कूलको संयुक्त आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न भएको छ । शिक्षण अभ्यासलाई गुणस्तर बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको न्यू ग्यालेक्सी इंगलिस सेकेण्डकरी वोर्डिड्ड स्कूलका संस्थापक निर्देशक राजु कायस्थले जानकारी दिनुभयो । तालिममा ३२ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो...
सच्चाई काँहुखोलामा ज्येष्ठ नागरिकलाई सम्मान
पोखरा, ४ वैशाख । ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल काँहुखोला शाखाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । त्यस अवसरमा ७० वर्ष भन्दा बढी उमेर पुग्नुभएका ३६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक समाजको गहना भएको र उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संस्थाका अध्यक्ष राम बहादुर खत्री र...
पोखरा–३० मा ढलान बाटो उद्घाटन
पोखरा, १ वैशाख । पोखरा महानगरपालिका वडा नं ३० को शिशुवामा शिशुवा नौबिसे टोलमा निर्माण गरिएको ढलान बाटोको उद्घाटन गरिएको छ। महानगरपालिका तथा उपभोक्ताको संयुक्त लगानीमा २२ लाख ८ हजार रुपैयाँ लागतमा निर्माण भएको एक सय ४८ मिटर ढलान बाटोको पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गा बहादुर सुबेदी र निवर्तमान वडा अध्यक्ष...
नव वर्षका अवसरमा एगाद्वारा बाल आश्रममा सहयोग
पोखरा, १ वैशाख । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियन(एगा) पोखराले नयाँ वर्ष २०८० का अवसरमा पोखरा महानगरपालिका वडा नं १९ लामाचौरस्थित कल्याणी बाल आश्रममा खाद्यान्न सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष विभिन्न आश्रमममा सहयोग गर्दै आएकोमा यस वर्ष पनि लगभग ३५ हजार रुपैयाँ बराबरका खाद्यान्न सहयोग गरेको एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले...
आलु महोत्सवको तयारी पूरा
हेमजा, २५ चैत । चैत्र २६ देखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा भएको छ । आयोजक विष्णुपादुका क्लवले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र आइतबार बिहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको छ । महोत्सवको गण्डकी प्रदेशका कृषि, उर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले...