पोखरा सेरोफेरो

काँग्रेस कार्यकर्ताले गरे सडक मर्मत
पोखरा, १ भदौ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २८ ले वडा भित्र पर्ने राखि–मिजुरे सडक खण्डको मर्मत गरेको छ । सडक हिलाम्य हुँदा सर्वसाधारणलाई अवातजावतमा समस्या भएको भन्दै सडक मर्मत गरिएको हो । सडकको नाजुक अवस्था बारे पोखरा २८ वडा कार्यालयलाई साउन २६ गते ज्ञापनपत्रमार्फत् जानकारी गराउँदै तत्काल मर्मत गर्न माग गर्दा पनि चासो...
काँग्रेस निर्वाचित वडाध्यक्षद्वारा फेरी पोखरा महानगरपालिकाको ध्यानाकर्षण
पोखरा, १ भदौ । नेपाली काँग्रेसबाट पोखरा महानगरपालिकामा निर्वाचित २,३,४,६,९,१०,११,१२,२३,२७ र ३२ नं. का ११ जना वडा अध्यक्षले पोखरा महानगरपालिकाको मनोमानी नरोकिएको भन्दै फेरी सात बुँदे ध्यानाकर्षण गराएका छन् । १६ बुँदे आर्थिक एवं अनियमितता विरुद्ध पत्रकार सम्मेलन गरेको केही दिनपछि फेरी पनि अनियमिततामा केन्द्रीत बन्दै महानगरपालिकाले मनोमानी गरिरहेको भन्दै ध्यानाकर्षण गराएको हो । हामीले...
लायन्स उन्नती चौतारीद्वारा सहयोग
पोखरा, ३२ साउन । लायन्स क्लब अफ पोखरा उन्नती चौतारीले सहयोग हस्तान्तरण गरेको छ । क्लबले मादि गाउँपालिका वडा नं १२ की मृर्गाैला पीडित बुद्विमाया गुरुङलाई आर्थिक सहयोग गरेको छ । उनलाई १५ हजार एक सय रुपैया आर्थिक सहयोग गरिएको हो । त्यस्तै क्लबले लिपेयानीको हिमालय आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री सहित एक हजार...
विधिपूर्वक भर्नाको नाटक गर्न सूचना निकालिएकोभन्दै आपत्ती
पोखरा, ३० साउन ।सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल गण्डकी प्रदेशले पोखरा महानगरपालिकाले गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा पूर्वनिर्धारित उम्मेद्वार भर्ना गर्न आवश्यकता सम्वन्धी सूचना निकालेको भन्दै त्यसको विरोध गरेको छ । आफ्ना निश्चित मान्छेलाई विधिपूर्वक भर्ना गरेको नाटक गर्न आवश्यकता सम्वन्धी सूचना निकालिएको ठहर गरेको छ । सचिव सन्तोष जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दरखास्त दिन छोटो समय...
राजश्व हिनामिनाको विरोध गर्दै कास्की काँग्रेस पोखरा महानगरपालिकामा (भिडियोसहित)
पोखरा, २८ साउन । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाले राजश्व हिनामिना गरेकोमा विरोध गर्दै बुधबार ज्ञापनपत्र बुझाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । ज्ञापनपत्रमा नगरबासीले तिरेको करमध्येको १३ करोड बढी रकम हिनामिना हुनु सामान्य विषय नभएको भन्दै यस्तो गम्भीर...
संयोजक चालिसेद्वारा प्रेस युनियन कास्कीलाई ज्याकेट सहयोग
पोखरा, २८ साउन । जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीका संयोजक, समाजसेवी बसन्त चालिसेले नेपाल प्रेस युनियन कास्कीलाई ५० थान प्रेस ज्याकेट प्रदान गरेका छन् । नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री शुसील कोइरालाको जन्मजयन्ति पारेर बुधबार ज्याकेट हस्तान्तरण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि संविधान सभा सदस्य शारदा पौडेल र संयोजक बसन्त चालिसेले...
सहकारी र कृषक समूहलाई सहयोग
पोखरा, २७ साउन । नेपाल लाइभस्टोक सेक्टर इनोभेशन आयोजना विकेन्द्रीत आयोजना सहयोग इकाइ पोखराले सहकारी र कृषक समूहलाई सहयोग गरेको छ । सो कार्यालयले दुध र मासुजन्य उत्पादनसँग सम्वन्धित सहकारी र कृषक समूहलाई सहयोग गरेको हो । विभिन्न समयमा आयोजित कार्यक्रमबीच कार्यालय प्रमुख लक्ष्मण ढकालले गण्डकी प्रदेशका नवलपूर, स्याङ्जा, कास्की, तनहुँ, म्याग्दी, मनाङ र मुस्ताङका...
काँग्रेस निर्वाचित वडाध्यक्ष भन्छन् – ‘सरकार र पोखरा महानगरपालिकाको विशेष चासो आवश्यक’
पोखरा, २६ साउन । पोखरा महानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित ११ वडाध्यक्षहरुले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेबार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा महामारीका बेला सरकार र पोखरा महानगरपालिकाले विशेष चासो दिन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराइएको छ ।...
काँग्रेस शिक्षा विभाग सदस्यमा शिक्षासेवी रानाभाट मनोनित
पोखरा, २६ साउन । नेपाली काँग्रेस शिक्षा विभागको सदस्यमा कास्कीका शिक्षासेवी चिनु रानाभाट मनोनित भएका छन् । विभाग ४० सदस्यीय रहेको छ । रानाभाट प्याब्सनका केन्द्रीय सदस्य हुन् । उनी पोखराको फिष्टेल एकेडेमीका संस्थापक निर्देशक समेत रहेका छन् । उनी २ दशकभन्दा बढि समयदेखि शिक्षा क्षेत्रमा संलग्न छन् । पार्टीले दिएको जिम्मेबारी कुशलतापूर्वक पूरा गर्दै...
लायन्स सिमलचौतारीको रक्तदानमा एक सय २१ युनिट रगत संकलन
पोखरा, २६ साउन । लायन्स क्लब अफ पोखरा सिमलचौतारीले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । पोखरा सृजनाचोकमा आयोजित कार्यक्रममा एक सय २१ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष कृष्णमान ठुसाजुले जानकारी दिए । लायन्स क्लबले यसवर्ष संकलन गरेको रगतमध्य सिमलचौतारीले संकलन गरेको सो रगत यो वर्षको सबैभन्दा धेरै भएको बताइएको छ । कार्यक्रम विक्रम थिचाजुले संयोजन...
पोखरा आर.एम.सीको अध्यक्षमा थापा
पोखरा, २१ साउन । पोखरा आर.एम.सी कम्पनि प्रा.लिको साधारणसभाले अर्जुन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्रप्रसाद घिमिरे, सदस्यहरुमा नारायण गुरुङ, अमित गुरुङ, बमबहादुर गुरुङ छन् । साधारणसभाले प्रवन्ध निर्देशकमा तिलक गुरुङलाई चयन गरेको छ । अध्यक्ष अर्जुन थापाले गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्न संस्था प्रतिवद्व रहने बताए । सो कम्पनि...
कास्की काँग्रेसद्वारा सहयोग हस्तान्तरण
पोखरा, २१ साउन । नेपाली काँग्रेस कास्कीले मादी गाउँपालिका वडा नं ५ ठुलोस्वाँरामा रहेको  पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्थानीय पुष्पकुमारी गुरुङलाई नगद १० हजार हस्तान्तरण गरेका थिए । विदेशमा रहेका नेपाली काँग्रेसका शुक्रराज न्यौपानेको पहलमा कास्कीका बाढीपहिरो पीडितलाई सहयोग गर्न कास्की काँग्रेसलाई पठाइएको ५० हजारमध्यबाट १०...