पोखरा सेरोफेरो

युआरएल पत्रकारिता पुरस्कार पौडेललाई
पोखरा, ८ मंसिर । युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक र वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव...
नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले रक्तदान कार्यक्रम गर्दै
पोखरा, ८ मंसिर । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले पोखरामा खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ संघले मंसिर १२ गते शुक्रबार पोखरा १० स्थित अमरसिंहचोकमा रक्तदान कार्यक्रम गर्न लागेको हो । नेपाली काँग्रेस खेलकुद विभागले संचालन गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरामा पनि रक्तदान गर्न लागिएको नेपाल...
अन्नपूर्ण मिजार समाजद्वारा समाजसेवी बस्याल सम्मानित
पोखरा, ७ मंसिर । अन्नपूर्ण मिजार समाज पोखरा १३ ले समाजसेवी विमल बस्याललाई सम्मान गरेको छ । युवा व्यवसायी समेत रहेका बस्यालले समाज सेवामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसी र समाजका अध्यक्ष चेतभक्त नेपालीले उनलाई सम्मान गरेका थिए । कार्यक्रममा कास्की काँग्रसका सभापति केसीले मिजार समाजलाई सहयोग...
पुम्दीभुम्दीमा काँग्रेसको शोक सभा
पोखरा, ७ मंसिर । नेपाली काँग्रेस पोखरा २२ वडा इकाइ समितिले पुम्दीभुम्दीमा शोक सभा गरेको छ । इकाइ सभापति देउकाजी गुरुङका बुबा बुद्विबहादुर गुरुङ र क्रियाशील सदस्य बुद्विराम परियारको स्मृतिमा शोक सभा गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । शोक सभामा कास्की काँग्रेसका नेता तथा स्थानीय कार्यकर्ता सहभागी थिए । शोक सभामा बोल्दै...
सरकार अहिले चिनिया दुतावास, सितल निवास तिर मात्रै छ ः नेता महर
पोखरा, ५ मंशिर । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अदालतमा उभिएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। कांग्रेस महासमिति सदस्य एवं नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै ‘ओली प्रवृत्ति’ राष्ट्र र स्वयं...
ठूलो चार तारे झण्डा साईकलमा राखेर हिड्ने भट्टराईको निधन
पोखरा, ३० कात्तिक । पोखरा १३ लामोडहर निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य दुर्गादत्त भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ । उनी तत्कालित पोखरा नगरपालिका वडा नं १३ को पूर्व वडा सदस्य हुन्। भट्टराई लामो समयदेखि प्रेसरबाट प्रभावित थिए । पोखरामा नेपाली काँग्रेसको ठूलो आकारको चार तारे झण्डा साईकलमा राखेर हिड्ने उनलाई धेरै पोखरेलीले हरिलालको...
अग्रज पत्रकार बास्तोलाको संयोजत्वमा युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनौट समिति
पोखरा, २७ कात्तिक । युआरएल पत्रकारिता पुरस्कार २०७७ प्रदानका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक रहेको समितिका सदस्यमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र शिव खकुरेल छन् । समितिले गण्डकी प्रदेशमा स्वास्थ्य बिटमा पत्रकारिता गरिरहेका एक पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गर्ने छ । पुरस्कारको राशि नगद...
मियापाटनमा रक्तदान हँुदै
पोखरा, २० कात्तिक । इस्लाम धर्मका अन्तिम तथा महान् सन्देष्ठा हजरत मोहम्मद(सल्लल्लाहु अलैहि वसल्लम)को १४९५ औ शुभ जन्मोत्सवको अवसरमा पोखरामा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल मुस्लिम युवा समितिले पोखरा १३ मियापाटनस्थित तल्लो चौतारामा कात्तिक २२ गते शनिवार रक्तदान कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको तयारी तिव्र पारिएको छ । कोरोना भाइरसको संक्रमणसँगै...
प्रेस युनियन कास्कीद्वारा पुरस्कार संस्थापक केसीको निधनप्रति दुःख व्यक्त
पोखरा, २० कात्तिक । नेपाल प्रेस युनियन कास्कीले पत्रकारिता पुरस्कारका संस्थापक सूर्यबहादुर केसीको निधन भएकोमा दुःख व्यक्त गरेको छ । ‘उहाँको निधनले हामी मर्माहत बनेका छौं, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, उहाँको शिक्षा, स्वास्थ्य, सञ्चार र राजनीतिमा पु¥याएको योगदान सदैव स्मरणीय रहने छ।’ विज्ञप्तिमा...
पूर्व इकाइ सभापति श्रेष्ठको निधन
पोखरा, १९ कात्तिक । नेपाली काँग्रेस पोखरा ९ का पूर्व इकाइ सभापति कृष्णकुमार श्रेष्ठको ७५ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ । पोखरा ९ नयाँबजार निवासी श्रेष्ठ पूर्व वडाध्यक्ष पनि हुन् । उनी प्रेसरबाट प्रभावित थिए । उनका १ श्रीमती, १ छोरा र ४ छोरी छन् । उनको पोखराको शान्तिघाटमा बुधबार अन्त्येष्टि गरिएको इकाइ सभापति...
मस्जिदमा भएको तोडफोड र आक्रमणको निन्दा
पोखरा, १५ कात्तिक । नेपाल मुस्लिम संघ कास्कीले राजधानीको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा भएको तोडफोड र आक्रमणको निन्दा गरेको छ । संघले सो घटना सिङ्गो नेपाली मुस्लिम समुदायमाथिको आक्रमण भएको ठहर गर्दै ध्यानाकर्षण भएको जनाएको छ । संघका कास्की अध्यक्ष हारुन खानद्वारा हस्ताक्षरीत विज्ञप्तिमा सरोकारवाला सहित उच्चस्तरीय छानविन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न...
पृथ्वीधर सिग्देल समाजको अध्यक्षमा गोविन्द
पोखरा, १५ कात्तिक । पृथ्वीधर सिग्देल समाज पोखरा १३ को चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले आगामि २ वर्षका लागि गोविन्द सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुवाष सिग्देल, सचिवमा अर्जुन सिग्देल, कोषाध्यक्षमा केदारराज सिग्देल, सदस्यमा ज्ञानेन्द्रप्रसाद सिग्देल, सरस्वती सिग्देल, इन्दिरा सिग्देल र सन्तोष सिग्देल छन् । संयोजक प्रकाश सिग्देल, सदस्य...