पोखरा सेरोफेरो

एन प्याव्सनको अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता शुरु
पोखरा, २१ फागुन । नेशनल प्याव्सन कास्कीको आयोजना अन्तरविद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ । नेशनल प्याव्सनमा आवद्ध ३१ विद्यालय सहभागिता रहेको उक्त प्रतियोगिता शनिवारसम्म चल्ने अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड प्रदेश...
करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु
पोखरा, १९ फागुन । करेन्ट लागेर तनहुँको बन्दिपुर गाँउपालिका–४ डुम्रे खोलाका १५ वर्षीय स्वारुप तामाङको मृत्यु भएको छ । मुख्य लाईनको (केन्द्रीय लाईन) तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको छ ।
गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ को विशेष प्रदर्शन हुने
फागुन १८, पोखरा । ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित गुरुङ भाषा तथा संस्कृतिमा आधारित दोस्रो चलचित्र शिरसुबाको फागुन २२ गते शनिबार पोखरामा विशेष प्रदर्शन हुने भएको छ । पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मका निर्देशक माओत्से गुरुङले पोखराको भमरकोट पार्टी प्यालेस रामबजारमा विशेष प्रदर्शन हुन लागेको जानकारी दिए । यस अगाडि यो फिल्मको...
प्रधानमन्त्री ओली पोखरा आउँदै
पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् । उनले पोखरामा नेकपा प्रदेश कमिटीले आयोजना गर्ने अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्वोधन गर्ने छन् । त्यस्तैै उनले निर्माणाधिन पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यक्रम पनि तय भएको छ । त्यस्तै प्रधानमन्त्रीले आज नै गण्डकी प्रदेश सरकारले पोखरामा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको समेत...
कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते
तनहुँ, १६ फागुन (रासस)। दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले...
घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण
पोखरा, १६ फागुन । पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । संघीय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट करिब १ करोड ५० लाखको लागतमा १२ कोठे भवन निर्माण भएको हो । भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । चौकीवाट हाल बाल स्वास्थ्य, मातृ...
गलेश्वर मन्दिर पित्तलले छाइने
म्याग्दी, १६ फागुन (रासस)।बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । मन्दिरको छाना...
एलिनालाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद
पोखरा, १६ फागुन । पोखरेली चेली एलिना गुरुङलाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ । एलिना गुरुङ जिताऔं सहयोग समिति र गुरुङका परिवारले नेपाल स्टारको उपाधि जिताउन अहोरात्र खट्ने, आर्थिक सहयोग र प्रचारप्रसारमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको हो। पोखरामा आयोजित कार्यक्रम बीच उनलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई परिवारका...
नेल्टाद्वारा पोखरा महानगरपालिका स्तरीय समिति घोषणा
पोखरा, १५ फागुन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीले पोखरामा शनिवार पोखरा महानरपालिका स्तरीय समिति घोषणा गरेको छ । समितिको अध्यक्ष अर्जुन बराल, उपाध्यक्ष सन्दिप बास्तोला, सचिव सुदिप लामिछाने, कोषाध्यक्ष सजनी पौडेल, सहसचिव इश्वर पराजुली छन् । सदस्यमा दीपक पराजुली, अशोक गुरुङ, असिम ढुङ्गाना, शुक्रराज तिवारी, निशान सुनार, गणेश भण्डारी, उत्तम बराल, सरोज...
रुपा गाउँपालिकाले स्थापना दिवसमा विविध कार्यक्रम गर्ने
पोखरा, १४ फागुन। कास्कीको रुपा गाँउपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । गाउँपालिकाले फागुन २२ देखि २७ गतेसम्म विविध कार्यक्रम गर्ने छ । गाउँपालिकाले भलिबल प्रतियोगिता, माला प्रतियोगिता, झाँकी प्रतियोगिता, स्रष्टा सम्मानलगायतका कार्यक्रम गर्ने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । स्थापना दिवसका अवसरमा अध्यक्ष कप...
बेसीसहर शाखामा सित्तैमा जाँच, वालिङमा चाडै शाखा
पोखरा, १४ फागुन । हालै लमजुङको बेसीसहरमा शाखा सञ्चालन गरेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले त्यहाँका सेवाग्राहीलाई मध्यनजर गरी नयाँ योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले फागुन महिनाभर मधुमेह (सुगर), वाथ र युरिक एसिडसम्बन्धी रक्त परीक्षण निःशुल्क गरिरहेको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । शाखामा थाइराइड, होलबडी लगायत...
कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत
पोखरा, १२ फागुन । नेपाली काँग्रेस कास्कीले सर्वाेच्च अदालतले प्रजातन्त्र र संवैधानिक मर्यादाको प्रत्याभूति हुने गरी संसद पुनःस्थापना गर्न गरेको निर्णयको स्वागत गर्दै सम्मान गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी लहडबाजीमा प्रजातन्त्र र संवैधानिक सर्वाेच्चतालाई उपहास हुने कुनै पनि नागरिक अधिकार हनन विरुद्व काँग्रेस सदैव अग्रपंक्तिमा रहेर लड्ने विश्वास दिलाउँदै...