पोखरा सेरोफेरो

लाहाचोकको रक्तदानमा ३८ यूनिट रगत संकलन
पोखरा, १२ चैत । रक्तदान नै जीवन दान हो भन्ने मूल नाराका साथ जोगिचौर युवा क्लवले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोक बास्तोला कमप्लेक्समा नेपाल रेडत्रस सोसाईटी लाहाचोक उपशाखाको सहयोगमा रत्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ का...
मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा राष्ट्रिय खेलाडी रम्पाललाई सहयोग
पोखरा, १० चैत । मेची महाकाली बुहारी संयुक्त आवाजले वालिङ नगरपालिकास्थित नेपाल आदर्श माविमा राष्ट्रिय खेलाडी अस्मिता रन्पाललाई सहयोग गरेको छ । संंस्थाले उनलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । त्यस्तै विद्यालयका ४५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । खेलाडीलाई प्रोत्साहन गर्न महाकाली संयुक्त आवाजले रम्पाललाई सहयोग गरेको बाग्मती प्रदेश संयोजक...
विद्यार्थीलाई पोशाक सहयोग
पोखरा, १० चैत । पोखरा महानगरपालिका वडा नं १८ सराङ्कोट निवासी गोविन्द गौतमले पोखरा–५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् । विद्यालयबाट २०५० सालको एसएलसी परीक्षा उत्तिर्ण पूर्व विद्यार्थी समेत रहेका गौतमले विद्यालयका ७६ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराएका हुन् । पोशाक हस्तान्तरण कार्यक्रममा पोखरा–५...
तरुण दलको कार्यक्रममा ३६ जनाले गरे रक्तदान
पोखरा, १ चैत । नेपाल तरुण दल वडा कार्यसमिति पोखरा ६ ले आइतबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखरा ६ बाराहीघाटमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता रामजी कुँवरले जनताका आवश्यकता अनुसार...
वालिङमा युआरएलको शाखा, बैशाखबाट पोखराको हस्पिटलचोकमा पनि
पोखरा, १ चैत । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) प्रदेशभरि सेवा विस्तारमा जुटेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले शनिबारबाट वालिङमा सेवा सुरु गरेको हो । वालिङ, गल्याङ, भीरकोट, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका आसपासका सेवाग्राहीलाई सेवा दिन शाखा स्थापना गरी सेवा सुरु गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले...
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा कमल 
पोखरा, २९ फागुन । अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा गन्थन डटकमका प्रबन्ध निर्देशक कमल सुवेदी चयन भएका छन् । आज भएको संघको साधारणसभा तथा प्रथम अधिवेशनबाट सुवेदी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे चयन भएका छन् । त्यस्तै सुरज थापा, शिव न्यौपाने, जैनव...
मुस्ताङमा ट्रेड युनियन काँग्रेस
पोखरा,२६ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसले मुस्ताङ जिल्लामा तदर्थ समिति गठन गरेको छ । प्रमिस गौचनको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष खेम बहादुर गुरुङ, सचिव अमित पुर्जा मगर,कोषाध्यक्ष सोफिया शेरचन छन् । सदस्यमा एकराज बस्नेत ,सिताराम कार्की, शुशील शेरचन छन् । नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा र नेपाल शिक्षक संघ गण्डकी...
नारी परोपकार केन्द्रको २० औं स्थापना दिवस
पोखरा, २६ फागुन । नारी परोपकार केन्द्रले २० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा पोखरा ८ सिमलचौरमा रहेको विशेश्वर शिव पञ्चाङ्ग मन्दिर परिसरमा १०८ वटा पालामा दिप प्रज्ज्वलन गरिएको थियो । त्यस अवअसरमा केन्द्रकी सदस्य राधा सिग्देल,संस्थापक उपाध्यक्ष शारदा सिग्देल, पूर्व कोषाध्यक्ष चन्द्री भट्टराई, जनप्रिय टोल विकास संस्था सचिव निरु सिग्देल, समाजसेवी...
काँग्रेसले मात्रै मुलुकको भलो गर्ने भन्दै विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश
पोखरा, २४ फागुन । पोखरा १९ घार्मिमा विभिन्न पार्टी परित्याग गरी २० जना भन्दा बढी काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १९ ले गरेको कार्यक्रममा काँग्रेसले मात्रै मुलुकको भलो गर्ने भन्दै उनीहरु काँग्रेस प्रवेश गरेका हुन् । नेपाली काँग्रेस महासमिति सदस्य बाबुराम आचार्यले उनीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।...
विश्लेषक सिग्देललाई मातृशोक
पोखरा, २३ फागुन । पोखरा १३, सिग्देल मार्ग निवासी समाजसेवी एवं राजनीतिक विश्लेषक विश्व सिग्देललाई मातृशोक परेको छ । उनकी आमा गौरा सिग्देलको ९७ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनका २ छोरी र १ छोरा छन् । विश्व माइला छोरा हुन् । उनको पार्थिव शरीर आइतबार नै पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि...
‘जानेर गल्ति गर्दीन’
पोखरा, २३ फागुन । कास्कीमा केही दिन अघि मात्रै सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानेर आफूले कुनै पनि गल्ति नगर्ने बताएका छन् । ‘कामको सिलसिलामा जानेर कुनै गल्ति गर्दीन उनले भने, कुनै गल्ति गरे भने औल्याइदिनु होला।’ कास्कीमा पदभार सम्हालेको पाँचौ दिन आइतबार कास्कीका पत्रकारसँग सुझाव लिने क्रममा उनले आमनागरिकलाई केन्द्रमा राखेर...
अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम
पोखरा, २२ फागुन । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीका ममता खत्री, आयुषा गुरुङ, राज अधिकारी, निरज कुमालको समूह प्रथम भएका हुन् । मर्निड्ड ग्लोरी एकेडेमी स्कूलका सुषान तिवारी, स्मृति अधिकारी, रचित सापकोट र आयुषा गिरीको समूह द्धितीय भए । कास्की मोडनाइज्ड...