पोखरा सेरोफेरो

स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन
पोखरा, ४ वैशाख । पोखरामा शनिवार भएको स्वास्थ्यकर्मीको भेलाले नेपाल स्वास्थ्यकर्मी संघ पोखरा महानगरपालिका कार्यसमिति गठन गरेको छ । भेलाले महेन्द्र गुरुङको अध्यक्षतामा उपाध्यक्ष अन्नपूर्ण घिमिरे, सचिव हरिलाल आचार्य, सहसचिव रक्षा पोख्रेल रहेको समिति गठन गरेको हो । समितिको सदस्यमा पूर्णकली थापा, रामचन्द्र तिमिल्सिना, विष्णु श्रेष्ठ, मानकुमार तिलिजा, मधुमाया भण्डारी, रिता बास्तोला र शशी कोइराला...
पोखरा–१३ मा काँग्रेसको शुभकामना
पोखरा, ४ वैशाख । नयाँ वर्ष – २०७८ को अवसरमा नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा – १३ ले शनिवार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुक सहभागी थिए । कार्यक्रममा नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापाले जनता भावनासँगै जोडिदै अघि बढ्नुपर्नेमा जोड दिए । त्यस अवसरमा कास्की काँग्रेसका सचिव सुदीपमोहन...
कास्की काँग्रेसका सभापति केसीलाई पितृशोक, प्रजातन्त्र सेनानीको एक सय वर्षमा निधन
पोखरा, ३ वैशाख । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई पितृशोक परेको छ । उहाँका पिता हर्क बहादुर केसीको एक सय वर्षको उमेरमा निधन भएको हो । मादी गाउँपालिका वडा नं ५, देउमाणिस्थित निवासमा शुक्रबार करीब ९ बजे निधन भएको हो । उहाँको पार्थिव शरीर शुक्रबार पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको नेपाली काँग्रेस...
कास्की काँग्रेस सभापति केसीलाई पितृशोक
पोखरा, ३ वैशाख । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई पितृशोक परेको छ । उहाँका पिता हर्क बहादुर केसीको एक सय वर्षको उमेरमा निधन भएको हो । मादी गाउँपालिका वडा नं ५, देउमाणिस्थित निवासमा शुक्रबार करीब ९ बजे निधन भएको हो । उहाँको पार्थिव शरीर आज दिउँसो १ बजे पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि...
६ केजी गाँजासहित तामाङ पक्राउ
पोखरा, १ वैशाख । प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ६ केजी गाँजासहित धादिङ गल्छी गाँउपालिका वडा नं. ८ गोगनपानी बस्ने २२ वर्षीय सानुकान्छा तामाङलाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा तामाङलाई गाँजासहित पक्राउ गरिएको हो । तामाङमाथि लागूऔषध सम्वन्धी...
नयाँ वर्षमा नयाँ घर पाउँदै बिहुँ काउलेका दलित समुदाय
– खेमराज गौतम गलकोट, १ वैशाख (रासस)विसं २०७२ को नयाँ वर्षदेखि राम्रोसँग निदाउन नपाएका बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका धनमया दर्जी विसं २०७८ को नयाँ वर्षमा नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ । दर्जीसँगै १० विस्थापित परिवारले नयाँ वर्षदेखि नयाँ घरमा ढुक्कले सुत्न पाउनेछन् । भूकम्पले चर्काएको घरमा जेनतेन बस्दै आएका काउलेका १० घर परिवार विसं...
मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन
बलेवा, २९ चैत (रासस) । बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो...
परिवार नियोजन संघ कास्कीको ४० औं साधारण सभा
पोखरा, २८ चैत । नेपाल परिवार नियोजन संघ कास्कीको ४० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाले सचिव निशा भण्डारीको वार्षिक र कोषाध्यक्ष राजेश अधिकारीको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारण सभा उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले समय अनुसार सेवाको रुप परिवर्तन गर्दै जानुपर्ने बताए...
कांग्रेसका पुराना नेता बरालको निधन
पोखरा, १८ चैत । पोखरा ७ मासवार निवासी काँग्रेसका पुराना नेता प्रेमनारायण बरालको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको पोखराको सेती नदी स्थित शान्ति घाट किनारमा अत्यष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञ बहादुर थापा , काँग्रेस नेता शोभियत बहादुर...
लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा खनाल
पोखरा, १५ चैत । लेखनाथ पत्रकार मञ्चको दोस्रो अधिवेशनले कविराज खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुमन जिसी, सचिवमा विष्णुहरि पौडेल, कोषाध्यक्षमा राजन परियार, सहसचिवमा सचिन रानाभाट छन् । सदस्यहरुमा महेन्द्र ढुङ्गाना, रामशरण नेपाली, ज्योती हमाल, कृष्णप्रसाद लामिछाने, विशाल विक, सुजित परियार, सञ्जय आचार्य र ऋषिराम रानाभाट छन् ।साथै परशुराम आचार्यको...
एन प्याव्सन कास्कीको साधारण सभा
पोखरा, १४ चैत । नेशनल प्याव्सन कास्कीको साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले पछिल्लो समयमा विद्यालय सञ्चालन गर्न प्रतिकुल अवस्था रहेकोले यसलाई अनुकुल बनाउँदै लैजानुपर्ने बताए । नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका प्रमुख याम खड्काले विद्यालयको गुणस्तर वृद्धि गर्न नसके...
रेडक्रस पोखरा – १२ को शिविरमा एक सय ७६ जनाको परिक्षण
पोखरा, १४ चैत । नेपाल रेडक्रस सोसाईटी पोखरा – १२ उपशाखाले मृगौला तथा पित्त थैलीको निःशुल्क परिक्षण शिविर गरेको छ । शिविरमा एक सय ७६ जनाको परिक्षण गरिएको सचिव कुश्मराज आचार्यले जानकारी दिए । परिक्षण गरिएका मध्य एक सय १६ जना महिला र पुरुष ६० जना छन् । शिविरमा भिडियो एक्सरेबाट परिक्षण, रगतबाट मृगौला परिक्षण...