पोखरा सेरोफेरो

कास्की काँग्रेसले आइशोलेसन वार्ड र एम्बुलेन्स संचालन सम्वन्धी निर्णय प्रशासनलाई जानकारी गरायो
पोखरा, २९ वैशाख । नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिने र एम्बुलेन्स संचालन सम्वन्धी निर्णय बारे मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ । सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन दिने बारेमा पार्टीले गरेको निर्णय जानकारी...
पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि
गण्डकी, २८ वैशाख (रासस)।  पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गर्नुभएको हो । चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गर्नुभएका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधि गर्नुभएको हो । उहाँलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक...
क्याम्पस प्रमुख पराजुलीद्वारा क्याम्पस भवन बनाउन पाँच लाख सहयोग
पोखरा, २६ वैशाख । विवाहको २५ औं वर्षको अवसर पारेर पोखरा बहुमुखी क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले आफै कार्यरत क्याम्पसको भवन बनाउन ५ लाख २५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । पोखराको पहिलो सामुदायिक यो क्याम्पसले अहिले पोखरा–९ शान्ति वनबाटिकामा सुविधासम्पन्न र अपांगमैत्री भवन निर्माण गरिरहेको छ । क्याम्पस भवन बनाउनका लागि पराजुली र उनका पति...
रोकिएन महिला तथा बालबालिका हराउनेक्रम
लमजुङ, २६ वैशाख (रासस) । जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो । चालू आर्थिक वर्ष २०७७÷२०७८ को साउनदेखि चैत मसान्तसम्ममा ७० जना महिला,बालबालिका र ज्येष्ठ...
कास्की काँग्रेसद्वारा गुभाजुको निधनप्रति दुःख व्यक्त
पोखरा, २४ वैशाख । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नंं १ का पूर्व सभापति कृष्णमान गुभाजुको बिहीबार निधन भएको छ । कोरोना संक्रमणका कारण ६१ वर्षीय गुभाजुको पुल्चोकको अल्का अस्पतालमा निधन भएको हो । स्वर्गीय गुभाजुका एक श्रीमती, २ छोरा, १ छोरी र चार दाजुभाइ हुनुहुन्छ । यसैबीच नेपाली काँग्रेस कास्कीले शुक्रबार शोक विज्ञप्ति प्रकाशित...
पण्डितहरुलाई सांस्कारिक कर्म गर्न दिन माग
पोखरा, २४ वैशाख (रासस) । कोभिड –१९ का कारण जारी निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित भएका छन् । स्वास्थ्य सतर्कतासहित कर्म गर्ने वातावरण मिलाइदिन संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष आग्रह गरेको छ । मञ्चका अध्यक्ष हरिशरण पौडेलले हिन्दू धर्मसंस्कारअनुसार जन्मदेखि मृत्युपर्यन्त गरिने १६ संस्कारका लागि ब्राह्मण, पुरोहितको आवश्यकता हुने भएकाले स्वास्थ्य सतर्कतासहित...
विकास निर्माणको काममा युवाको सक्रियता
गलेश्वर, २४ वैशाख (रासस) । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण समुदायस्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् । वन्दाबन्दीका कारण फुुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । गाउँका आठ युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको...
अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना, एकको मृत्यु
तनहुँ, २३ वैशाख (रासस) । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्र्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ना६त ४२०७ नंको ट्र्याक्टर भित्री सडकमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २५...
नेलम्बोको स्वास्थ्य सामाग्री सहयोग अभियान जारी
पोखरा, २२ वैशाख । नेलम्बो नेपालले स्वास्थ्य सामाग्री सहयोग अभियानलाई जारी राखेको छ । पहिलो चरणको कोरोना संक्रमणदेखि नै स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको नेलम्बोले यतिबेला पनि सहयोग अभियान जारी राखेको हो । स्थानीय तह, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, संचार क्षेत्र, सुरक्षा निकायलगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिनुभयो । ‘संकटका...
बेनी–जोमसोम सडक कालोपत्र शुरु
गलेश्वर, २२ वैशाख (रासस) । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालोपत्रको काम शुरु भएको छ । मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको साढे १५ किलोमिटर सडकखण्डमध्ये खन्तीबाट मङ्गलबारदेखि कालोपत्र गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नं ३ को ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर...
पौडी खेल्दा बेपत्ता युवक मृत भेटिए
तनहुँ, २२ वैशाख (रासस) । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी...
पोखरामा पत्रकारलाई स्वास्थ्य सामाग्री र परिचयपत्र
पोखरा, २१ वैशाख । नेपाल पत्रकार महासंघ कास्कीले पोखराका पत्रकारलाई स्वास्थ्य सामाग्री तथा परिचयपत्र वितरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सोमबार महासंघमा आवद्ध पत्रकारहरुलाई सेनिटाइजर र माक्स वितरण गरिएको हो । दोस्रो चरणमा तीव्र रुपमा फैलिएको कोभिड–१९ का कारण अग्रपंत्तिमा रहेर काम गर्ने पत्रकारहरुले जोखिम मोलेर काम गर्नुपर्ने भएकोले सुरक्षाको लागि करीब...