पोखरा सेरोफेरो

कास्कीका दुई गाउँपालिकामा नेलम्बोको सहयोग
पोखरा, ६ जेठ। पोखरास्थित नेलम्बो नेपालले रुपा गाउँपालिका र माछापुच्छे« गाउँपालिकाको धम्पुसमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान गरेको छ । संस्थाका अध्यक्ष एकदेव देवकोटाले रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र माछापुच्छे«–७, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा प्रदान गरिएका सामाग्रीको विवरण नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रस्तुत गर्नुभएको थियो। रुपा...
कोठामा महिलाको शव भेटियो, हत्या भएको भन्दै अनुसन्धान गर्न स्थानीयको माग
दमौली, ५ जेठ (रासस) । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । प्रहरीले अनुसन्धानका लागि एक...
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्देशकमा डा. खत्री
पोखरा, ४ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्देशकमा डा. भरतबहादुर खत्री नियुक्त हुनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षत्रीले मङ्गबार उहाँलाई निर्देशक नियुक्त गर्नुभएको हो । पोखरा महानगरपालिका वडा नं ५ मालेपाटन निवासी वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा. खत्री विगत २८ वर्षदेखि स्वास्थ्य क्षेत्रमा हुनुहुन्छ । उहाँले...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रीकृष्ण
पोखरा, ३ जेठ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रीकृष्ण श्रेष्ठ नियुक्त हुनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षत्रीले सोमबार उहाँलाई डिन नियुक्त गर्नुभएको हो । वरिष्ठ बाल रोग विशेषज्ञ डा. श्रेष्ठ तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पुर्व मेडिकल सुपरिटेन्डेण्ट हुनुहुन्छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा निवासी डा. श्रेष्ठ विगत दुई दशकभन्दा...
पत्रकार पौडेलको निधनमा नेपाल प्रेस युनियन कास्की मर्माहत
पोखरा, ३० वैशाख । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजन पोखराका प्रवन्ध निर्देशक जगन्नाथ पौडेल ‘गणेश’ कोे असामयिक निधनले नेपाल प्रेस युनियन कास्की मर्माहत भएको छ । कोरोना भाइरस  (कोभिड—१९) संक्रमण भइ विगत ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा आज ४१ वर्षको उमेरमा भएको असामयिक निधनले युनियन स्तब्ध भएको हो । नेपाल...
पोखरा–४ मा कोभिड सहयोग उपसमिति
पोखरा, ३० वैशाख । पोखरा महानगरपालिका वडा नं ४ मा कोभिड १९ सहयोग उपसमिति गठन गरिएको छ । वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैंठकले समाजसेवी राजेन्द्रनिधि कोइरालाको अध्यक्षतामा ११ सदस्यीय उपसमिति गठन गरेको हो। कोभिड रोकथाम तथा प्रभावितलाई सहयोग र आवश्यक समन्वय गर्ने उद्देश्यले उपसमिति गठन गरिएको हो । उपसमितिको उपाध्यक्ष गेहेन्द्र्रश्वर कोइराला,...
भोलि सार्वजनिक विदा
पोखरा, ३० वैशाख । गण्डकी प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना अनुसार, मुस्लिमहरुको पर्व इदको अवसरमा गण्डकी प्रदेश भर सार्वजनिक विदा दिइएको हो । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ साल चैत १७ को बैंठकले प्रदेशमा लागू हुने सार्वजनिक विदाका बारेमा निर्णय गरेको थियो । सोही निर्णयको...
युवा व्यवसायी गुरुङद्वारा कोरोना संक्रमितको शव व्यवस्थापनमा सहयोग
पोखरा, ३० वैशाख । पोखरा महानगरपालिका वडा नं १३ निवासी युवा व्यवसायी सुजन गुरुङले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि सहयोग गरेका छन् । संक्रमणबाट दिनहुँ मृत्यु हुँदा शव व्यवस्थापनमा सवारी साधनको समस्या भएपछि उनले आफ्नो टिप्पर सहयोग गरेका हुन् । शव व्यवस्थापनका लागि ग.१.ख ६८६९ नम्बरको ट्रिपर पोखरा महानगरपालिकालाई सुम्पेका छन् । ट्रिपर...
प्याङखोलाको घुम्तीमा ट्याक्सी दुर्घटना, दुईको मृत्यु
गलकोट, २९ वैशाख (रासस) । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो । ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४०...
विपन्न र समस्यामा रहेकाहरुका लागि पेट्रोलियम डिलर्स एशोसियसनद्वारा आइशोलेशन
पोखरा, २९ वैशाख । गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एशोसियसनले आफ्नो कार्यालय भवनमा १० बेडको आइशोलेशन तयार गरेको छ । कोरोना संक्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेहरुलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइशोलेशन तयार गरिएको एशोसियसनका अध्यक्ष राजन गोगंजुले जानकारी दिनुभयो । एशोसियसनको पोखरा महानगरपालिका १४ चाउथेमा रहेको भवनलाई आइशोलेशन सेन्टर बनाइएको हो । जटिल...