पोखरा सेरोफेरो

म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला
तनहुँ, १९ जेठ (रासस) ।म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी...
‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’
पोखरा, १९ जेठ । लायन्स क्लव अफ पोखरा अभियानले पोखरामा खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिनादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि प्रशासनले लगाएको निषेधाज्ञाका कारण समस्यामा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष विनोद ढुंगानाले जानकारी दिनुभयो । पोखराको चिप्लेढुङ्गाबाट शुरु गरिएको यो अभियानलाई अन्य क्लव तथा संघसंस्थाहरुसँग...
आज कास्कीमा कोभिड विरुद्व भेरोसिल खोप लगाइने
पोखरा, १८ जेठ । कास्कीमा कोभिड १९ विरुद्वको दोस्रो मात्राको खोप लगाउने कार्यक्रम जारी रहेको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले आइतबार सूचना प्रकाशित गरी जेठ १८ र १९ गते दोस्रो मात्राको खोप लगाउने कार्यक्रम तय गरिएको जनाउनु भएको छ । कोभिड १९ विरुद्व भेरोसिल पहिलो मात्रा लगाएकालाई मात्र दोस्रो मात्राको खोप लगाइने...
चितवनका वि.क पोखराको हर्पन खोलामा मृत भेटिए
पोखरा, १७ जेठ । पोखराको बाम्दी हर्पन खोलामा एक युवक मृत अवस्थामा भेटिएका छन् । चितवन घर भई हाल पोखरा महानगरपालिका–२३ कार्कीको तगारोमा डेरा गरी बस्ने अन्दाजी ३४÷३५ वर्षीय श्री वि.क खोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सोमबार बिहान अन्दाजी १०ः१६ मा उनको शव भेटिएको हो । घटनाका बारेमा अनुसन्धान शुरु गरिएको...
राष्ट्रपति विरुद्ध अमर्यादित टिप्पणी गर्नेलाई कार्वाहीको माग
पोखरा, १६ जेठ । अखिल नेपाल महिला संघ कास्कीले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध अमर्यादित टिकाटिप्पणीप्रति असन्तुष्टि जनाउदै कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढकाललाई अनेमसंघ कास्की इन्चार्ज मञ्जुदेवी गुरुङ, अनेम संघ कास्कीका संयोजक शुशीला पराजुली, अने संघ सदस्यद्धय राधिका शाही योगी र सन्तु सुवेदी सहितको टोलीले ज्ञापनपत्र...
पूर्व राष्ट्रिय खेलाडी तामाङको श्रद्धाञ्जली सभा
पोखरा १६, जेठ । नेपाली फुटवल टिमका पूर्व राष्ट्रिय खेलाडी एवं सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष बिल तामाङको १३ औं दिनको पुण्य तिथिमा हङकङमा श्रद्धाञ्जली सभा गरिएको छ । सहारा क्लव हङकङ, तामाङ घेदुङ हङकङ, एल.जी.संगम परिवार हङकङ र नादा समाज हङकङले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्व. तामाङले आफ्नो जीवनकालमा खेलकुद र सामाजिक क्षेत्रमा...
सकियो कास्की काँग्रेसको छलफल, सय बढीले लिए एम्बुलेन्स सेवा
पोखरा, १५ जेठ । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले शुरु गरेको छलफल शनिवार सकिएको छ । कास्कीका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको हो । पार्टी सभापति कृष्ण केसीको पहलमा शुरु...
पहिरो खस्दा एक वृद्धाको मृत्यु
दमौली, १५ जेठ (रासस) ।लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुनुहुन्छ । गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते हुनुभएको थियो । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृत्यु भएको...
कास्कीका पाँच दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा
पोखरा, १३ जेठ । कास्कीमा क्रियाशील पाँच राजनीतिक दलले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरी प्रतिगमनकारी कार्य भएको भन्दै त्यसको निन्दा गरेका छन् । नेपाली काँग्रेस पोखरा महानगर सहसभापति राजेन्द्रमणि लामिछाने, नेकपा (माओवादी केन्द्र) पोखरा महानगर सचिव विश्वप्रकाश लामिछाने, नेकपा (एमाले) पोखरा महानगर अध्यक्ष मुक्तिनाथ पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष टिकाराम पौडेल र राष्ट्रिय...
प्रेस युनियन कास्कीको उत्कृष्ट सदस्य अवार्ड नेपालीलाई
पोखरा, १२ जेठ । नेपाल प्रेस युनियन कास्कीले उत्कृष्ट सदस्य अवार्ड – २०७७ कार्यसमिति सदस्य विजय नेपालीलाई प्रदान गर्ने भएको छ । नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रदान गरिने यो अवार्ड गतवर्ष देखि शुरु गरिएको हो । अवार्डको राशी नगद पाँच हजारसहित दोसल्ला र प्रशंसापत्र रहेको छ । कार्यसमितिका सदस्यमध्ये संस्थागत गतिविधिमा सक्रिय सहभागिता जनाउनेलाई...
पोखरामा कक्षा ८ को परीक्षा पनि नहुने
पोखरा, ११ जेठ । कोरोना महामारीका कारण पोखराका विद्यालयहरुमा शैक्षिक सत्र २०७७ को कक्षा ८ को जिल्लास्तरीय परीक्षा संचालन नहुने भएको छ । परीक्षा संचालन तथा समन्वय समितिको बैठकले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न असम्भव देखिएकाले परीक्षा संचालन नगर्ने निर्णय गरेको हो । पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले मङ्गलबार  जारी गर्नुभएको...