पोखरा सेरोफेरो

लायन्सको मे महिनाको अवार्ड पोखराका पौडेललाई
पोखरा, २७ जेठ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ वी वान नेपालको मे महिनाको ‘नर्टर दि फ्युचर अफ दि मन्थ’ अवार्डबाट पोखराका नारायण प्रसाद पौडेल पुरस्कृत हुनुभएको छ । विभिन्न विधामा राम्रो काम गर्ने क्लबका सदस्यलाई हरेक महिना यसरी नै पुरस्कृत गर्ने गरिन्छ । पोखरा ११ फूलबारी निवासी पौडेल विगत ६ वर्षदेखि लायन्सका गतिविधिमा संलग्न...
आज कास्कीका ८१ स्थानबाट खोप दिइदै
पोखरा, २७ जेठ । कास्कीमा आज ८१ स्थानबाट कोभिड – १९ विरुद्वको खोप दिइदै छ । कास्कीमा ६२ वर्ष पूरा भई ६५ वर्ष ननाघेका नागरिकलाई पहिलो मात्रा भेरोशिल खोप दिन लागिएको हो । पोखरा महानगरपालिकाभित्र ४२, अन्नपूर्ण, माछापुच्छ«े, रुपा गाउँपालिकाका नौ÷नौ स्थान र मादी गाउँपालिकाका १२ स्थानमा खोप केन्द्रको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख...
पत्रकार पराजुलीको पहलमा पोखरा – २३ मा राहत
पोखरा, २५ जेठ । युवा समाजसेवी तथा पत्रकार भानु पराजुलीको पहलमा पोखरा महानगरपालिका वडा –२३ मा आज राहत वितरण गरिएको छ । बहिनी एडुकेयर फाउण्डेशनको आर्थिक सहयोगमा आर्थिक रुपमा विपन्न १ सय परिवारलाई राहत दिइएको फाउण्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारले जानकारी दिनुभयो । पोखरा–२३, का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीको उपस्थितिमा वडा कार्यालय परिसरमा प्रति...
वडा नं २३ को तर्फबाट अक्सिजन प्लान्टलाई एक लाख सहयोग – पराजुली
पोखरा, २५ जेठ । पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीले पोखरामा अक्सिजन प्लान्ट स्थापनाका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । पोखरा– २३ का अध्यक्ष पराजुलीले मानवीय सवालमा वडाको तर्फबाट संस्थागत निर्णय गराई सहयोग गरेको जानकारी दिनुभयो । ‘यो एउटा अत्यावश्यक र सकारात्मक पहल हो , वडा अध्यक्ष...
हावाहुरीले एक दर्जन घरको छानो उडायो, ढोरफिर्दीवासीको बिचल्ली
तनहुँ, २५ जेठ (रासस) । जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् । छानो उडाएपछि पानीले घरका सबै कपडा...
राष्ट्रिय सङ्गितकर्मी संघ कास्कीद्वारा ४३ परिवारलाई राहत वितरण
पोखरा, २५ जेठ । राष्ट्रिय सङ्गितकर्मी संघ कास्कीले ४३ परिवारलाई राहत वितरण गरेको छ । कोभिड र निषेधाज्ञाका कारण प्रभावित कलाकारको परिवारलाई राहत वितरण गरिएको संयोजक कपिल श्रेष्ठले बताउनुभयो । समस्याका बेला कलाकारको साथमा रहनु कर्तव्य सम्झेर सहयोग गरिएको कास्कीका अध्यक्ष ऋषिराम दाहालको भनाइ छ । कार्यक्रममा युवराज बजगाई, समाजसेवी हरि प्रसाद अधिकारी, इन्द राज...
घाटमा मेसिनरी औजार प्रयोग नगर्न समन्वय समितिको निर्देशन
दमौली, २५ जेठ (रासस) । जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी औजार प्रयोगमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिएको हो । गाउँपालिकाले ढुङ्गा, गिटी,...
हावाहुरीका कारण मकै बालीमा क्षति
गण्डकी, २४ जेठ (रासस) । हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकै बालीमा क्षति पुगेको छ । आज दिउँसो ४.३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी...
अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता
–हरि बाँस्तोला गण्डकी, २४ जेठ (रासस) ःपोखरा महानगरपालिका–१७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा यस्तो गर्मीमा पनि एक आपाङ्गसहित सात जनाको परिवार कष्टकर जीवन बिताउन बाध्य छ । कोरोना कहरका कारण रोजगारी खोसिएसँगै दैनिकी सञ्चालनमा सकस त छ नै घरमा अपाङ्गता भएका छोराका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ । बन्दाबन्दीका कारण मजदुर...
आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई काँग्रेसको पहलमा सहयोग
पोखरा, २३ जेठ । आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई नेपाली काँग्रेसको पहलमा सहयोग गरिएको छ । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना संक्रमित शिशुका परिवारलाई काँग्रेसको पहलमा सहयोग गरिएको हो । २१ दिने शिशुसहित बाबुआमा पनि संक्रमित हुनुहुन्छ । उहाँ तीन जनाको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भैरहेको...
अनियन्त्रित भई ट्याक्टर पल्टदा एकको मृत्यु, एक घाइते
पोखरा, २१ जेठ । अनियन्त्रित भई ट्याक्टर पल्टदा शुक्रबार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार लमजुङ राईनास नगरपालिका–४ सातबिसेका अन्दाजी ६० वर्षीय राम बहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार कुमाललाई ट्याक्टरले च्याप्दा घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक एक बहादुर कुमाल घाइते हुनुभएको छ ।...