पोखरा सेरोफेरो

अपाङ्गता सहायता सामाग्री पठाइदै
पोखरा, १० असार । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र गण्डकी प्रदेशले प्रदेश अन्तर्गतका जिल्लामा अपाङ्गता सहायता सामाग्री पठाउने भएको छ । जटिल अवस्थाको अपाङ्गता भएका व्यत्ति जसका लागि लागि सहायता सामाग्री अत्यावश्यक छ उनीहरुका लागि सामाग्री पठाउन लागिएको हो । सामाजिक विकास महाशाखाले स्वास्थ्य कार्यालय र प्रदेश भित्रका पालिकासँग समन्वय गरी सामाग्री वितरण गर्ने प्रदेश...
पत्रकार ढुङ्गानालाई मातृशोक
पोखरा, १० असार । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् युवा पत्रकार सुदिपराज ढुङ्गानालाई मातृशोक परेको छ । उहाँकी आमा खिमकुमारी ढुङ्गानाको ७४ वर्षको उमेरमा निधन भएको हो । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको हो । उहाँलाई विगत एक महिनादेखि निमोनियाको समस्या थियो । उहाँको पार्थिव शरीर बिहीबार बिहान १० बजे...
जनप्रिय क्याम्पसलाई कृषि विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग
पोखरा, ९ असार । पोखराको जनप्रिय बहुमुखी क्याम्पसलाई कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले शैक्षिक सामाग्री कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गत बैंकले सहयोग गरेको वरिष्ठ शाखा प्रमुख महेश पौडेलले जानकारी दिनुभयो । बैंकले डेल कम्पनीको ब्राण्डेड दुई थान कम्प्युटर र इप्सनको प्रोजेक्टरसहित अन्य शैक्षिक समाग्री बैंक सञ्चालक...
ट्र्याक्टर खस्दा सहचालकको मृत्यु
बलेवा, ८ असार (रासस) ।  बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै...
हेलिकप्टरबाट खोप
मनाङ, ७ असार (रासस ) । मनाङमा कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टरबाट ल्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढीपहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट ल्याइएको हो । खोप नासो गाउँपालिका वडा नम्बर ४ स्थित अस्थायी स्वास्थ्य चौकीमा सुरिक्षत तरिकाले राखिएको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो । बाढीपहिरोमा...
पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना, दुईको मृत्यु
कास्की, ७ असार (रासस) । पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४÷४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र...
ने.प.नि. संघ कास्कीद्वारा सहयोग
पोखरा, ६ असार । नेपाल परिवार नियोजन संघ कास्कीले कोरोना माहामारीका कारण संकटमा परेका पाँच परिवारलाई खाद्यान्न सहयोग गरेको छ । एचआईभी संक्रमित र प्रभावित अति बिपन्न परिवारलाई चामल, तेल, दाल, नुन, चना, सोयाविन लगायतको खाद्यान्न सहयोग गरेको हो । संघमा आइतबार आयोजित कार्यक्रममा सभापति निरञ्जन प्रसाद श्रेष्ठले खाद्यान्न हस्तान्तरण गर्नुभएको उपसभापति नवीन सिग्देलले जानकारी...
मुस्लिम संघ कास्कीद्वारा मुख्यमन्त्रीलाई बधाई
पोखरा, ६ असार । नेपाल मुस्लिम संघ कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संस्थाका अध्यक्ष हारुन खान पैठानको नेतृत्वमा पुगेका पदाधिकारी एवं सदस्यहरुले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । बधाई ज्ञापनपछि संघले मुस्लिम समुदायले पाँच सय वर्ष अघिदेखि उपयोग गर्दै आएको...
खोलाले बगाएर थापाको मृत्यु
पोखरा, ५ असार । आधिखोलाले बगाएर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ राङकोष बस्ने अन्दाजी ४५ वर्षीय मन बहादुर थापाको मृत्यु भएको हो । आधिखोला तर्ने क्रममा अचानक खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कटल्याण्डका नेपालीद्वारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर
पोखरा, ५ असार । कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । गैरआवासीय नेपाली संघ मार्फत् खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो । जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीलाई हस्तान्तरण...
गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत
पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनु भएको छ । शुक्रबार प्रदेश सभामा भएको मतविभाजनमा पोखरेलका पक्षमा ३१ मत पर्दा विपक्षमा २७ मत प¥यो । सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेलले प्रस्तावको पक्षमा ३१ मत परेको र उक्त संख्या हाल प्रदेश सभामा कायम रहेका सदस्य संख्याको बहुमत रहेको घोषणा गर्नुभयो...