पोखरा सेरोफेरो

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
दमौली, १६ असार (रासस) । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।...
फुस्रे खोलाले बगाउँदा गुरुङको मृत्यु, कोठामा बेहोस खड्काको मृत्यु
पोखरा, १५ असार । पोखरा महानगरपालिका वडा नं १७ स्थित फुस्रे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा स्याङजा बिरुवा गाउँपालिका–७ डिही घर भई हाल जिल्ला कास्की पोखरा –१७ हनुमान टोल बस्ने २६ वर्षीय युम बहादुर गुरुङको मृत्यु भएको हो । काउछेघारीस्थित फुस्रे खोलामा माछा मार्ने क्रममा गुरुङलाई खोलाले बगाएको थियो ।...
पोखरा बागलुङ सडक खण्ड अवरुद्ध
पर्वत, १५ असार (रासस) । सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरुद्ध बनेको हो । उक्त स्थानमा सडकभन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरुद्ध छ । सडकको दुवैतर्फबाट पहिरो...
पहिराका कारण अवरुद्ध सडक दुई हप्तापछि सञ्चालन
दमौली, १५ असार (रासस) । लगातारको वर्षापछि आएको पहिराले अवरुद्ध बनेको भिमाद–८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ । भिमाद–सिम्ले–भागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो । गत जेठ ३१ गते र असार १ गते आएको वर्षाका कारण उक्त सडकखण्डको कल्भुडा चिसापानी भन्ने स्थानमा पहिरो गएको थियो ।...
प्रि एडभाईजरी कमिटी मिटिङ्ग
पोखरा, १४ असार । लायन्स क्लव ३२५ वी १ नेपालको क्लष्टर ५, रिजन ९ अन्तर्गत जोन १७ को प्रि एडभाईजरी कमिटी मिटिङ्ग सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष प्रकाश पौडेल, लायन्स क्लब अफ पोखरा लालिगुँरासका अध्यक्ष कपिलदेव शर्मा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिम्सिना, लायन्स क्लब अफ लेखनाथ कवी...
च्याउ खाँदा पोखरामा आठ बिरामी
पोखरा, १३ असार । च्याउ खाँदा पोखराका आठ जना बिरामी भएका छन् । सबै बिरामी पोखरा महानगरपालिका वडा नं ३३ का हुन् । विरामी हुनेमा पोखरा महानगरपालिका–३३ पुँडी बस्ने ४५ वर्षीय गोठे पुन, उनकी श्रीमती ४० वर्षीया लीला पुन, छोरा १३ वर्षीय पुर्ण पुन, छोरी १० वर्षीया बिनिता पुन, छोरी ८ वर्षीया अस्मिता पुन, ६...
युवा व्यवसायी पन्त कांग्रेसको उद्योग तथा व्यापार विभागमा
पोखरा, १३ असार । पोखराका युवा व्यवसायी हरिराज पन्त नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनित हुनु भएको छ । पन्तलाई कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले गएको चैतमा नै सो पदमा मनोनयन गर्नु भएको हो । कोभिडको कारण पन्तले मनोनयनपत्र भने हालसालै बुझ्नु भएको हो । पन्त पोखरा उद्योग वाणिज्य...
गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग
हरि बाँस्तोला गण्डकी, १२ असार (रासस) । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आपैmँ झरेको...
मोवाइल चार्ज गर्ने क्रममा चट्याङ पर्दा गुरुङको मृत्यु
पोखरा, ११ असार । चट्याङ् लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ घडेरी बस्ने १५ वर्षीय रोहित गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा चट्याङ पर्दा मृत्यु भएको बताइएको छ ।
पाल्पामा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन शुरु
सुशीला रेग्मी÷पवित्रा घिमिरे रामपुर (पाल्पा), ११ असार (रासस) । शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको छ । नेपाल पानीजहाज कार्यालय काठमाडौँले...
कास्की आदर्श समाजद्वारा पोखराका स्वास्थ्य संस्थालाई सहयोग
पोखरा, ११ असार । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालले कास्कीका विभिन्न चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मातृशिशु मितेरी अस्पताल, लेखनाथ अस्पताल र तारकाङ्को आधारभूत स्वास्थ्य चौकीलाई करीब २४ लाख मुख्य बराबरको सामाग्री सहयोग गरिएको परिषद्का उपाध्यक्ष तिलकशाली सापाकोटाले जानकारी दिनुभयो । ‘विदेशमा रहनु भएका...