पोखरा सेरोफेरो

नेता कुँवरको अन्त्येष्टि, कास्की काँग्रेसद्वारा दुःख व्यक्त
पोखरा, २२ असार । नेपाली काँग्रेस कास्कीले काँग्रेसका नेता रामजी कुँवरको निधन भएकोमा दुःख व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले मङ्गलबार शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा उहाँले आफ्नो जीवनकालमा प्रजातन्त्र, टे«ड युनियन आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय...
नेता कुँवरको शव अत्येष्टिका लागि पोखरा ल्याइदै
पोखरा, २२ असार । नेपाली काँग्रेसका नेता रामजी कुँवरको शव अत्येष्टिका लागि आज पोखरा ल्याइदै छ । अहिले उहाँको पार्थिव शरीर श्रद्वाञ्जलीका लागि नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रीय कार्यालय अनामनगरमा राखिएको छ । त्यहाँ पुगेर काँग्रेसका केन्द्रीय नेता र ट्रेड युनियनका नेताहरुले श्रद्वाञ्जली अर्पण गर्नुभएको छ । उहाँको निधन लगत्तै कास्की काँग्रेसका सभापति कृष्ण केसीको...
कास्कीमा कोभिड विरुद्वको दोस्रो खोप असार २८ मा
पोखरा, २१ असार । कास्कीमा असार २८ गते सोमबार कोभिड १९ विरुद्वको भेरोशिल खोप लगाइने भएको छ । जेठ २७ गते खोप लगाएकाहरुलाई दोस्रो मात्राको खोप दिन लागिएको हो । त्यतिबेला कास्की जिल्लाका विभिन्न वडाहरुका खोप केन्द्रहरुमा ६२ वर्ष पूरा भई ६५ वर्ष ननाघेका नागरिकलाई खोप दिइएको थियो । यसअघि जेठ २७ गते खोप लगाएको...
मुख्यमन्त्रीको प्रेस संयोजकमा कोइराला
पोखरा, २१ असार । पोखराका युवा पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको प्रेस संयोजन नियुक्त हुनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैंठकले उहाँलाई प्रेस संयोजकमा नियुक्त गरेको हो । दुई दशक अघिदेखि पत्रकारितामा संलग्न कोइराला हाल पोखराको आदर्श समाज दैनिकका सम्पादक हुनुहुन्छ । स्याङ्जाको पुतलीबजार वडा १३ मा जन्मनु भएका कोइराला...
सामुदायिक सेवा केन्द्र लेखनाथको रक्तदानमा  एक सय ३३ युनिट रगत संकलन
पोखरा, २० असार । पोखरामा देखिएको रगत अभावलाई कम गर्न लेखनाथ सामुदायिक सेवा केन्द्रले राखेको खुल्ला रक्तदानमा एक सय ३३ युनिट रगत संकलन भएको छ । ‘रक्तदान जीवनदान’ भन्ने महान उद्देश्यलाई आत्मसाथ गर्दै महिलादेखि युवाहरुको बाक्लो उपस्थितिमा केन्दले हालसम्मकै सबै भन्दा धेरै रगत संकलन गरेको सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछानेले बताउनुभयो । कार्यक्रमका पहिलो रक्तदाता...
लायन्स क्लब अफ हेमजाद्धारा छात्रावृत्ति तथा खाद्यान्न वितरण
पोखरा, १९ असार । लायन्स क्लब अफ हेमजाले छात्रवृत्ति तथा खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबको माइनुट हस्तान्तरण कार्यक्रम पारेर पोखरा– २५ हेमजा, सुइखेतमा अति विपन्न, अशक्त र असाय परिवारलाई खाद्यान्य सामाग्री वितरण गरेको हो । त्यसैगरी यसवर्ष पनि गत वर्ष झै पढौं अभियान अन्तर्गत विष्णुपादुका मावि हेमजामा कक्षा ८ मा अध्ययनरत सतिष मुल्मीलाई...
कास्कीमा काँग्रेस क्रियाशील सदस्यको संख्या १९ हजार बढी
पोखरा, १८ असार । नेपाली काँग्रेस कास्कीमा क्रियाशील सदस्यको संख्या १९ हजार एक सय ४२ पुगेको छ । यसपटक १० हजार पाँच सय २० जनाले क्रियाशील सदस्यता नवीकरण र ८ हजार ६ सय २२ जनाले नयाँ सदस्यता लिएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार बसेको बैंठकले वडा, प्रदेश,...
नाटा गण्डकीद्वारा राहत वितरण
पोखरा, १८ असार । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस्(नाटा) गण्डकी प्रदेश पोखराले पर्यटन मजदुरलाई राहत वितरण गरेको छ । कोरोना महामारीसँगै समस्यामा परेका मजदुरलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । पोखराको लेकसाइडमा कार्यक्रम गरी ६० परिवारलाई राहत वितरण गरिएको नाटा गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले जानकारी दिनुभयो । चामल, दाल, तेल, मसला, चनालगायतका खाद्यान्न...
पहिराले पुरिएका हजुरआमा र नातिको जीवितै उद्धार
दमौली, १७ असार (रासस) । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ । चेतबहादुर भुजेलको घरमाथि पहिरो आई पुरिएको घरबाट ५५ वर्षीया...
मुख्यमन्त्री र प्रेस युनियन कास्कीको भेटघाट
पोखरा, १६ असार । नेपाल प्रेस युनियन कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेसँग भेटघाट गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल नेतृत्वको टोलीले मुख्यमन्त्रीसँग भेट गरी उहाँ र प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमार खड्कालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ । त्यसक्रममा पत्रकारिताका समस्या र पत्रकारिता क्षेत्रका लागि...
जिप दुर्घटनामा दुईको मृत्यु
म्याग्दी, १७ असार (रासस) । जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मङ्गला–१ प्ूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी...
ने.का क्षेत्र नं २ कास्की सभापति बास्तोलालाई पितृशोक
पोखरा, १६ असार । नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’ लाई पितृशोक परेको छ । उहाँका बुबा चन्द्रकान्त बास्तोलाको ९५ वर्षको उमेरमा बुधबार निधन भएको हो । बास्तोलाले आर्वाको रतन पाण्डे मावि, छोरेपाटन माविमा रहेर लामो समय शिक्षण सेवामा योगदान पु¥याउनु भएको थियो । पोखरा १२ फूलबारीस्थित शिवशक्ति माविमा दुई पटकसम्म...