पोखरा सेरोफेरो

पुल भत्किदा मालबाहक ट्रक खोलामा खस्यो, दुईको मृत्यु, चार घाइते
तारानाथ आचार्य बलेवा, ३ साउन (रासस) ।मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग१ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा आज बिहान दुर्घटना भएको थियो । ट्रकमा सातजना सवार रहेका बताइएको छ...
‘नेता कुँवरको निधनले ट्रेड युनियन आन्दोलनले अभिभावक र पार्टीले असल नेता गुमायो’
पोखरा, २ साउन । नेपाली काँग्रेसका नेता रामजी कुँवरको निधनले ट्रेड युनियन आन्दोलनले अभिभावक र पार्टीले असल नेता गुमाएको बताइएको छ । नेपाली काँग्रेस कास्कीले नेता कुँवरको स्मृतिमा पोखरामा शनिवार आयोजना गरेको श्रद्वाञ्जली सभाका वक्ताहरुले नेता कुँवरलाई शालिन, असल र इमान्दार नेताका रुपमा स्मरण गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले...
बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार
गलेश्वर, २ साउन (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ । गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो । गाउँमा रहेका २८ वटा...
महानगर प्रमुख जिसीको स्वास्थ्यलाभको कामना
पोखरा, १ साउन । स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिका प्रमुख मानबहाुदर जिसीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति निकालेर उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ‘काठमाडौंको न्युरो अस्पतालमा उपचाररत महानगर प्रमुख जिसीको पोखरा महानगरपालिका परिवार शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’, नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको...
मेथलाङ डाडाँको भिरबाट खस्दा युवकको मृत्यु
पोखरा, १ साउन । पोखरा महानगरपालिका–१८ मेथलाङ डाडाँको भिरबाट खस्दा एक युवकको मृत्यु भएको छ । गोरखा घर भई हाल पोखरा–७ मासबार बस्ने २७ वर्षीय संजोग थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरुसँग मादक पदार्थ सेवन गरि बसेका थापा भिरबाट ५० मिटर तल खसेर घाइते हुनुभएको थियो । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा...
अवैध मोबाइल फोन नियन्त्रण गर्ने प्रणाली जडान
काठमाडौँ, १ साउन (रासस) । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताउनुभएको थियो । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’...
प्रजातन्त्र सेनानी स्व.नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषबाट दिप्तीलाई आर्थिक सहयोग
पोखरा, १ साउन । प्रजातन्त्र सेनानी स्व. नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषले क्यान्सर पीडित दिप्ती सापकोटालाई आर्थिक सहयोग गरेको छ । पोखरा–३१ मोहरियामा स्मृति कोषले एक कार्यक्रम गरि दिप्तीको बुवा देव बहादुर सापकोटालाई २५ हजार ५ सय ५५ रुपैयाँको चेक स्मृति कोषका अध्यक्ष देवेन्द्र रानाभाटले हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष रानाभाटले रक्त क्यान्सर पीडित दिप्ती...
खोप केन्द्रमा जे देखियो
पोखरा, ३१ असार । पोखरा महानगरपालिकामा कोभिड विरुद्धको खोप अभियान बुधबार सुरु भएको छ । खोप कार्यक्रमलाई पारदर्शी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रशान्त शर्मा, पत्रकार महासंघ कास्कीका पदम श्रेष्ठ अनुगमनमा सहभागी हुनुहुन्थ्यो । पोखरा...
गण्डकी प्रदेशका उत्कृष्ट कृषक र उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पुरस्कृत
पोखरा, ३० असार । पशुपंन्छि तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशले प्रदेशका उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । निर्देशनालयले बुधबार विभिन्न १० क्षेत्रका १० कृषकलाई पुरस्कृत गरेको हो । उनीहरुलाई जनही २० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा गाई÷भंैसीपालनतर्फ बाग्लुङका कृष्ण प्रसाद पौडेल, याक÷चौरीपालनतर्फ मनाङका सुरेश थकाली, बाख्रापालनतर्फ कास्कीका दुर्गादत्त पौडेल, भेडा÷च्याङ्ग्रापालनतर्फ...
पर्वत–बागलुङ खण्ड छ दिनदेखि अवरुद्ध
पर्वत, २९ असार (रासस) । भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध बनेको हो । पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर...
फैसला ऐतिहासिक – कास्कीका चार दल
पोखरा, २८ असार । कास्कीमा क्रियाशील चार राजनैतिक दलले सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, नेकपा(माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, जसपा कास्की अध्यक्ष गिरि प्रसाद गुरुङ र राजमो कास्की अध्यक्ष रविमोहन ढकालले संयुक्त विज्ञप्ति प्रकाशित गरी फैसलाप्रति सम्मान व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभएको छ । फैसलाले...
पार्किङ गरिएका चार सवारी साधनमा पहिरो खस्यो
पोखरा, २८ असार । पार्किङ गरेको अवस्थामा पहिलो खस्दा चार वटा सवारी साधनमा क्षति पुगेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट गायत्री मन्दिर स्थित बेनी जोमसोम सडक खण्डमा पार्किङगरेका सवारी साधनमाथि ढुङ्गा माटो सहितको पहिरो खसेको हो । पहिरोका कारण पार्किङ गरि राखेको ग.१.ज ५८९८, ग.१.ज ६२३०, ध.१.ज ६४१ र बा.प्र.०१०२५.च००५४ नं. को जिपमा क्षति...