पोखरा सेरोफेरो

मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक कोइरालालाई प्रेस युनियन कास्कीको बधाई
पोखरा, १२ साउन । नेपाल प्रेस युनियन कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालाई बधाई तथा शुभकामना दिएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् कोइरालालाई मंगलबार एक कार्यक्रमका बिच युनियनले बधाई र शुभकामना दिएको हो । युनियनका अध्यक्ष नवीन सिग्देल, केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीकी सभापति बिमला...
बुढीबजारको दुर्घटनामा एकको मृत्यु,तीन घाइते
पोखरा, १० साउन । पोखरा महानगरपालिका वडा नं २६ बुढीबजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । ग.१.च ९२४५ नम्बरको भेन र ग.२१.प १२५० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक दोलखाको मालि गाउँपालिका घर भई हाल पोखरा–२६ बस्ने २३ वर्षीय विनोद क्षेत्रीको मृत्यु भएको...
राजनीतिलाई समाज सेवा बनाऔं – थापा
पोखरा, १० साउन । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ(नेल्टा) गण्डकीको आयोजना र पशु सेवा तालिम केन्द्र पोखराको संयोजनमा आयोजित दुई हप्ते पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम सकिएको छ । तालिममा विभिन्न आठ जिल्लाका १५ जनाको सहभागिता रहेको नेल्टाका महासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभयो । तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेश कानुन, संचार तथा...
‘बाच्न चाहन्छु मलाई बचाई दिनुहोस्’
पोखरा, ९ साउन । विगत २ वर्ष देखि क्यान्सर पीडित संगीता नेपालीले आर्थिक सहयोगको याचना गर्नुभएको छ । पोखरा– २५ हेमजा निवासी नेपाली पाठेघर क्यान्सरबाट पीडित हुनुहुन्छ । क्यान्सरको लक्षण देखिएपछि वीपी मेमोरियल क्यान्सर हस्पिटल भरतपुरमा सेकाएर उपचार गराउनुभएको नेपालीको अहिले आएर समस्या जटिल बनेको छ । पछि गण्डकी मेडिकल क्लेजमा जाँच गराउँदा पिसाप थैली,...
मन्त्री श्रेष्ठको पहिलो कदम कोभिड र बाढीपहिरो प्रभावित विद्यालय
पोखरा, ९ साउन । गण्डकी प्रदेश सरकारबाट शिक्षा, संस्कृटि विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मेखलाल श्रेष्ठको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा परेको छ । कोभिड र बाढीपहिरोबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयलाई सुचारु गर्नको लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभया े। जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय रहेकोले शिक्षालाई उदाहरणीय रुपमा अगाडि बढाउँदै जेष्ठ...
गण्डकीमा मन्त्रिमण्डल विस्तार
गण्डकी, ८ साउन (रासस) । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज छ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । थपिने मन्त्रीमध्ये नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानून, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी...
दुई हप्ता बित्दा पनि खुलेन सडक
दमौली, ७ साउन (रासस) । पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हँुदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् । गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे,...
३९ औं वीपी स्मृति दिवसमा माल्यार्पण र दिप प्रज्ज्वलन
पोखरा, ६ साउन । ३९ औं स्मृति दिवसको अवसरमा पोखरामा वीपीको शालिकमा माल्यार्पण र दिप प्रज्ज्वलन गरिएको छ । कास्की काँग्रेसको आयोजनामा पोखराको चिप्लेढुङ्गास्थित वीपी शालिकमा माल्यार्पण र दिप प्रज्ज्वलन गरिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री कुमार खड्का, नेता शुक्रराज शर्मा, गण्डकी प्रदेश सभा सदस्य...
वडा सदस्य भट्टराईलाई मातृशोक
पोखरा, ६ साउन । पोखरा महानगरपालिका वडा नं १३ का वडा सदस्य टंक प्रसाद भट्टराईलाई मातृशोक परेको छ । उहाँकी आमा देवकी भट्टराईको ८३ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि क्यान्सरबाट प्रभावित उहाँको मङ्गलबार दिउँसो पोखरा १३ लामोडहरस्थित निवासमा निधन भएको हो । उहाँका एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको पार्थिव...
रक्तदानमा ३८ यूनिट रगत संकलन
पोखरा, ५ साउन । हाम्रो पोखरा कास्की संस्थाले पोखराको चिप्लेढुङ्गामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोद बिन्दु शर्माले विषम परिस्थितिमा पनि खुल्ला रक्तदान कार्यक्रम गरेर संस्थाले मानवीय धर्म गरेको बताउनुभयो । त्यस अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज...
विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर
गलकोट, ५ साउन (रासस) । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज...
जापान पठाइदिने भन्दै रु ४० लाख ठगी, चार पक्राउ
काठमाडौँ, ४ साउन (रासस) । नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, ईलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल...