पोखरा सेरोफेरो

कास्कीमा काँग्रेसको वडा अधिवेशन भदौ १८ मा
पोखरा, १५ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका वडाहरुको अधिवेशन भदौ १८ गते शुक्रबार हुने भएको छ । कास्की काँग्रेसका पदाधिकारी र निर्वाचन समितिको मङ्गलबारको संयुक्त बैठकले अधिवेशन पूर्व निर्धारित मिति भदौ १८ मा नै गर्ने गरी तयारी शुरु गर्ने निर्णय गरेको हो । निर्वाचनको तयारीका लागि कास्कीका निर्वाचन अधिकृत आर.सी विमल(रामचन्द्र...
पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते
बेनी, १४ भदौ (रासस) ।बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो । कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा...
रतन पाण्डेमा छात्रबृत्ति वितरण एवम् शिक्षक तथा विद्यार्थी सम्मान
पोखरा, १२ भदौ । पोखरा महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माध्यमिक विद्यालयमा २०७६ र २०७७ को एसइई परीक्षामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई एक कार्यक्रमकाबीच  सम्मान गरिएको छ । स्व.बोधराज बराल स्मृति जेहेनदार छात्रबृत्ति कोष अन्तर्गत २०७६ सालको एसइईमा प्रथम कुशल अधिकारी, द्वितीय आशिका देवकोटा तथा २०७७ को एसइईमा प्रथम संगीता...
समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय ः मन्त्री थापा
पोखरा, ११ भदौ । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय रहेको बताउनुभएको छ । बिहीबार “जेसीज सप्ताह—२०२१” को समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री थापाले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाहरु अग्रसर भएर खेलेका भूमिकाहरु सफल रहेको समेत उल्लेख गर्नुभयो । नेतृत्व विकासमा...
पोखराका पर्यटन व्यवसायी कांग्रेसमा प्रवेशः सभापति देउवाद्वारा स्वागत
काठमाडौँ, ११ भदौ (रासस) । पोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा गर्नुभएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आज बिहान उहाँहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्नेमा खेलाडी एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, इञ्जिनियर विकास भट्टराई, इञ्जिनियर विशेष...
कुश्माकी एक महिलाको कुवेतमा मृत्यु
पर्वत, ११ भदौ (रासस) । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उहाँको मृत्युको कारण खुलेको छैन । नेपाली राजदूतावास कुवेतका द्वित्तीय...
एआरभी औंषधी सेवन गरिरहेका एचआईभी संक्रमितलाई खोप
पोखरा, १० भदौ । पोखरामा रहेर एआरभी औंषधी सेवन गरिरहेका एचआईभी संक्रमितले कोभिड विरुद्वको खोप लगाउनु भएको छ । कम्युनिटी सपोर्ट ग्रुपको कार्यालय पोखरामा बिहीबारदेखि एष्ट्राजेनिका खोप लगाउन थालिएको कार्यकारी निर्देशक दिलीप गुरुङले जानकारी दिनुभयो। शुक्रबारसम्म करिब चार सय जनालाई खोप लगाइने उहाँको भनाइ छ । एड्स फेसिलिटेशन ग्रुपको संयोजनमा एनएपि प्लस एन, रिकभरिङ्ग नेपाल,...
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर आवश्यक ः मन्त्री थापा
पोखरा,१० भदौ । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर आवश्यक रहेको बताउनुभएको छ । बिहीबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविको सिसी क्यामेरा तथा बाल उद्यान समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले सबैका लागि सरकारी स्कुल भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो...
कास्की काँग्रेस जिल्ला सदस्य पराजुलीलाई मातृ शोक, क्रियाशील सदस्य थापाको निधन
पोखरा, ९ भदौ । नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य उमेशराज पराजुलीलाई मातृ शोक परेको छ । उहाँकी आमा मोहन कुमारी पराजुलीको ८७ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय मृर्गाैला सम्बन्धी समस्याबाट प्रभावित उहाँको काठमाण्डौस्थित ग्राण्डि अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ । छोरामध्य उमेश जेठा...
गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री
पोखरा, ९ भदौ । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गर्नुभयो। झण्डै ८५ लाख रुपैयाँ बरारबरका ती सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गर्नुभयो । गाउन...
शिक्षा, स्वास्थ्य र दक्ष जनशक्ति उत्पादन विशेष ध्यान दिऔं – श्रेष्ठ
पोखरा, ८ भदौ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शिक्षालाई बेरोजगार उत्पादन गर्ने मेशिन बनाउन नहुने बताउनु भएको छ । उहाँले शिक्षामा आमूल परिवर्तन गरी उत्पादन र प्रविधिसँग जोड्नुपर्ने औल्याउनुभयो । मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य र दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यानदिनुपर्ने उहाँको भनाइ छ । नेपाल पशु स्वास्थ्य सेवा...
पोखरामा छतबाट खसेर थापाको मृत्यु
पोखरा, ८ भदौ । पोखरामा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । पोखरा १६, लामाचौर बस्ने ४० वर्षीय शंकर थापाको मृत्यु भएको हो । गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतमा रहेको टिन मर्मत गर्ने क्रममा उहाँ खस्नु भएको हो । उहाँ स्कुलको मर्मत शाखामा कार्यरत हुनुहुन्थ्यो । घाइते अवस्थामा उपचारार्थ फिष्टेल अस्पताल लगिएकोमा उपचारका...