पोखरा सेरोफेरो

फिष्टेलप्रतिको चासो र आकर्षण बढ्दै
पोखरा, २६ पुस । पोखरामा संचालित अन्तर्राष्ट्रियस्तरको फिष्टेल एकेडेमीप्रतिको आकर्षण र चासो बढेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा संचालित विद्यालय अवलोकन गर्नका लागि विभिन्न क्षेत्रबाट समूह बनाएर दिनहुँजसो पुग्ने गरिएको छ । पोखरा, गण्डकी प्रदेशका जिल्लाबाट मात्र नभएर राजधानी र विदेशबाट समेत विद्यालयप्रति चासो लिएर अवलोकन गर्न आउने गरिएको छ । यसैक्रममा पोखराका युवा...
नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेश समिति
पोखरा, १८ पुस । नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन भएको छ । पोखरामा सम्पन्न एक भेलाले शुुशील पौडेलको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रामजी बराल, उपाध्यक्षमा लक्ष्मी जैशी, महेन्द्र पौडेल, महासचिवमा संकेत सापकोटा, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्षमा शर्मिला सुनार रहनुभएको छ । सदस्यहरुमा सृजना गौतम,...
छोरीको संम्झनामा बुबाआमाद्वारा अक्षयकोष स्थापना
पोखरा, ७ पुस । गतवर्ष करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ्रे« ३ धितालकी अबिश्री पौडेलको संम्झनामा अक्षयकोष स्थापना भएको छ । स्वर्गीय अबिश्रीको नाममा बुबा त्रिविक्रम पौडेल र आमा शिव कुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अबिश्री अक्षयकोष स्थापना गर्नु भएको हो । पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योती माध्यामिक विद्यालयले संचालन गर्ने गरी उक्त...
लायन्सको दशौं महाधिवेशन पोखरामा हुने
पोखरा, ६ पुस । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिवेशन पोखरामा हुने भएको छ । महाधिवेशन तयारीका लागि लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बर सिं गुरुङ संयोजक रहने गरी ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा लायन्स क्लव अफ पोखरा सेती गण्डकीका पूर्व अध्यक्ष मिलन...
काँग्रेस प्रवेशको लहर, पोखरा २४ मा सय बढी प्रवेश
पोखरा, २९ कात्तिक । पोखरा महानगरपालिका वडा नं २४ का एक सय जना बढी नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ । काँग्रेस प्रवेश गर्नेहरुमा नवप्रवेशी र विभिन्न राजनैतिक दल परित्याग गर्नेहरु हुनुहुन्छ । काँग्रेसप्रतिको विश्वास र काँग्रेसले मात्रै देशका लागि राम्रो गर्न सक्ने भन्दै प्रवेश गरेको उहाँहरुको भनाइ छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं...
दुई दिने प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला गोष्ठी सकियो
पोखरा, १४ कात्तिक । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी समापन भएको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको उक्त गोष्ठी एन प्याब्सनमा आवद्ध विद्यालयका अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी एक सय २० जनाको सहभागिता रहेको एन प्याब्सन परीक्षा उपसमितिका कार्यवहाक संयोजक...
युनेस्कोको सामुदायिक स्वास्थ्य अभियान
पोखरा, १४ कात्तिक । गण्डकी युनेस्को क्लबले स्वास्थ्य जीवन सुखी जीवन भन्ने नाराका साथ सामुदायिक स्वास्थ्य अभियान आयोजना गरेको छ । यस अभियान अन्तर्गत करिब ६० जना बाङलादी टोलबासीको बिएमआई र रक्तचाप परिक्षण गर्नुको साथै सरसफाई कार्यक्रम गरिएको थियो । पोखरा विश्वविद्यालयका उपकुलपति तथा युनेस्को फेडेरेशन नेपालका पूर्वअध्यक्ष प्रो. प्रेम नारायण अर्यालले वृक्षरोपण गरी कार्यक्रम...
कर्मचारी युनियनको शुभकामना
पोखरा, १३ कात्तिक । नेपाल निजामती कर्मचारी युनियन पशुपन्छी तथा मत्स्य विका निर्देशनालय पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विभिन्न चाडपर्वको सन्दर्भ पारेर युनियनले कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले कर्मचारी स्थायी सरकार भएको बताउनुभयो । कर्मचारीले आफ्नो मनोबललाई उच्च बनाउँदै सेवामा समर्पित हुनुपर्ने उहाँको भनाइ छ ।...
मन्त्रालय नपाएसम्म मुख्यमन्त्रीलाई सघाउँछुः डोवाटे
पोखरा, ५ कात्तिक । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोवाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी नपाएसम्म मुख्यमन्त्रीलाई सघाउने बताउनु भएको छ । मन्त्री नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमा उहाँले आफू पार्टीको इमान्दार कार्यकर्ता भएकोले मुख्य मन्त्रीलाई सघाउनुनै आफ्नो दायित्व रहेको प्रष्ट्याउनुभयो । विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले असोज २५ गते मन्त्री नियुक्त गर्नुभएको थियो । तर उहाँलाई...
मुख्यमन्त्री पोखरेल मन्त्रालयको अनुगमनमा
पोखरा, ४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गर्नुभएको छ । पोखरेल नेतृत्वमा सरकार गठन भएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गर्नुभएको हो । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे जानकारी लिँदै उहाँले उपलब्ध स्रोत साधनको अधिकतम...
मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो
कृष्ण दवाडी कास्की, २७ असोज (रासस) ः राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ । ढिलोमा आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दावी गरिएको...
एन प्याव्सन कास्कीको साधारण सभा
पोखरा, २६ असोज । एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले संघीय शिक्षा ऐन बनाउदा बढी चनाखो हुनुपर्ने बताउनुभयो । ‘संघीय शिक्षा ऐनको ड्राफ्टमा निजी विद्यालयलाई पनि सम्वोधन गरेको छ’ उहाँले भन्नुभयो,‘ ड्राफ्ट एउटा हुने आउँदा अर्कै आउने भएकोले ऐन आउदा हामी...