पोखरा सेरोफेरो

पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला
पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो। हाटबजार आउँदो शनिबार शुभारम्भ गरिने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। उनका अनुसार हाटबजारमा स्थानीय उत्पादनका दसभन्दा बढी स्टल रहनेछन्। मनखुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त...
राहत बोकेको चिनियाँ सेनाको जहाज पोखरा अवतरण
पोखरा । भूकम्पपीडितका लागि राहत बोकेको चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ । आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । चिनियाँ सेनाको जहाजसँगै कार्गाे विमान पनि विमानस्थलमा अवतरण भएको छ। यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ । चिनियाँ राजदूत छेन सोङ्गले आज...
पुतली अध्ययनमा जीवन बिताउने ‘पुतली बाजे’
नेपालमा पुतलीको अध्ययनमा आफ्नो जीवन समर्पित गर्नुभएका कोलिन फिलिप स्मिथ ‘पुतली बाजे’को आज अन्तिम बिदाइ गरिएको छ । गत शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएका कोलिनको पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसहित बिदाइ गरेको हो । पुतली बाजेको पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘बटरफ्लाई म्युजियम’को प्राङ्गणमा राखिएका उनलाई अन्तिम श्रद्धासुमनका लागि उनका विद्यार्थी तथा सहपाठीको बाक्लो...
सेती खोँचमा खसेका पर्वतका सुदीपको उद्धार
सेती नदि खोँचमा खसेका युवकको उद्धार गरिएको छ । पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप विश्वकर्मा पोखरा १५ खरबारी स्थित सेती खोँचमा शनिबार राति पौने ८ बजे खसेका थिए । उनको २ घण्टाको प्रयासपछि उद्धार भएको पोखरा १५ का वडा सदस्य आशिष भण्डारीले जानकारी दिए । वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक...
पोखरामा पुष्प मेला आयोजना : फूलमा निर्भरता घट्दै
गण्डकी, १५ कात्तिक : तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जनाइएको छ । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको...
गुटेरेसको सुरक्षार्थ खटिएका असई टिकारामको लेक लागेर मृत्यु
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । घान्द्रुक प्रहरी चौकीका इन्चार्ज पर्वत मोदी गाउँपालिका–६ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक ढुंगानालाई बिहान ९ः३३ बजे पोखराको मणिपाल अस्पताल पु¥याइएको थियो । उपचारको क्रममा ९ः४६मा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी...
पुम्दीकोट जाँदै गरेको पोखरा नगरबस दुर्घटना
पोखरा महानगरपालिका वडा नं. २२ मा दुर्घटनामा परेको छ । बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् । ४ जनाको अवस्था मध्यम छ भने २८ जना सकुशल छन् । घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरामा उपचार भइरहेको छ । अस्पतालका अनुसार गम्भीर घाइते हुनेहरूमा काटमाण्डाै घर बताउने ४९ वर्षकी रीमा कार्की, पोखरा ३१...
पोखराको तालचोक-बेगनास सडक अब चार लेन
पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नम्बर ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकोमा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ । ‘ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण सुरु भएको हो,’ महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भने, ‘सरासर काम भयो भने २०८१ भित्र सडक बनिसक्छ, निर्माण कम्पनीको...
घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना !
घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् । “घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरु गरेको छ”, उनले भनिन्,...
मुसलधारे वर्षा : पोखरामा धमाधम सडक पिच
पोखरा महानगरपालिकामा मुसलधारे वर्षाका बिच मध्यरातमा सडक पिच गरिरहेको भिडियो भाइरल भइरहेको छ । शनिवार राती पोखरा वडा नम्बर ९ स्थित नयाँ बजारमा अस्फाल्ट पिच गरिएको हो । पोखरामा मुसलधारे वर्षाका कारण सडकमा खोला बगेको बेला पिच गरिरहेपछि चर्को बिरोध भएको हो । पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले उक्त काम सडक विभाग अन्तर्गत भइरहेको बताए...
मणिपाल अस्पताल र मृतक पक्षबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
पोखराको मणिपाल शिक्षण अस्पताल र मृतकका आफन्तहरुबीच बिहीबार ६ बुँदे सहमति भएको छ । बिगत चार दिनदेखि आन्दोलनका कारण सेवा प्रभावित भएको अस्पतालका सेवा पुनः सञ्चालन भएका छन् भने सहमतिपछि मृतक पक्षका आन्दोलनका कार्यक्रम स्थगित भएको जनाइएको छ । सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दरबजारमा १० वर्षसम्म वर्षमा एक...
फेवाताल संरक्षण
फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाऊ : सर्वोच्च (पूर्णपाठ)
पोखरा । फेवाताल ६५ मिटरभित्रका सबै संरचना हटाउन पोखरा महानगरपालिकासहितको विपक्षीको नाममा परमादेशको पूणर्पाठ सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनको पूर्ण पाठमा सर्वोच्चले पछिल्लो फैसलामा पानीको उच्चतम बहाव रहेको वर्षायाममा नापेर ६५ मिटर क्षेत्रभित्रको संरचना ६ महिनाभित्र भत्काउन पुनः आदेश दिएको छ। महानगरको निर्णयविरुद्ध अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ...