पोखरा सेरोफेरो

श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण कथा कार्यक्रम जारी
पोखरा, २१ साउन । पोखरामा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम जारी रहेको छ । पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा साउन २ देखि कार्यक्रम शुरु भएको हो । कार्याक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी...
पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ
कास्की, २० साउन (रासस) :गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा आज उहाँले भन्नुभयो, “जहाँ स्वतन्त्रता हुँदैन त्यहाँ पत्रकारिताले स्वतन्त्रता प्राप्तिका लागि सङ्घर्ष...
कालिका भगवतीलाई खिर !
बागलुङ, १८ साउन (रासस) : उसो त साउनमा खिर खाने नेपाली चलन नै हो । साउन १५ लाई खिर खाने दिनले पनि चिनिन्छ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीमा पनि वर्षमा एकपल्ट खिर चढाउने परम्परा छ । त्यो साउनको कुनै पनि तिथिमा पर्न सक्छ । यसपालि भने पण्डितले मङ्गलबारलाई साइत जुराएका थिए । मन्दिरका मूलपुजारी...
बाढी र पहिरोका कारण नासिँदैैछ रुप्सेको सौन्दर्य
धु्रवसागर शर्मा गलेश्वर, १७ साउन (रासस) ः अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो । तर, विसं २०७७ साउन ५ गते सोमबारको भीषण वर्षापछि आएको बाढीले रुप्सेको सौन्दर्य विगारेपछि त्यसयता...
पोखरामा पहिराले घर पुरिँदा एकको मृत्यु, एक घाइते
कास्की, १६ साउन (रासस) ःपोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु...
अरिङ्गालले टोकेर मृत्यु
गलकोट, १३ साउन (रासस) : अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । परियार गए राति घर नजिककैको...
पोखरामा आजदेखि ‘मेयर सम्मेलन’
कास्की, १३ साउन (रासस) ःदेशका छवटै महानगरका प्रमुखको भेला ‘मेयर सम्ेमलन’ आजदेखि पोखरामा सुरु हुुँदैछ । पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ । महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ । साउन १४ गतेसम्म सञ्चालन हुने सो सम्मेलनमा सहभागी ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन...
गण्डकी सरकारले सवारी करको जरिवाना घटायो
कास्की, १२ साउन (रासस) ःगण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो । मुख्यमन्त्री निवासमा बुधबार साँझ बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०७६ को व्याख्या गर्दै...
पोखराका प्रमुख आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा
कास्की, ६ साउन (रासस) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिनुभएको छ । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उहाँ देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिनुभएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सातवटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । प्रमुख आचार्यलाई...
सामाजिक विकास कार्यालय कास्कीद्वारा ९० प्रतिशत लक्ष्य पूरा
पोखरा, ४ साउन । सामाजिक विकास कार्यालय कास्कीले बुधबार वार्षिक समीक्षा गरेको छ । कार्यक्रममा शिक्षा कार्यालयका प्रमुख, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षक संघ÷संगठनका प्रमुख , नागरिक समाज, गैर सरकारी संस्था र संचारकर्मीको सहभागिता रहेको थियो । सहभागीहरुले कार्यालयका कार्यक्रम राम्रो र प्रभावकारी भएको उल्लेख गरेका थिए । त्यस अवसरमा कार्यालयद्वारा संचालित कार्यक्रमको उपलब्धि, प्रगती...
शिवालयमा बिहानैदेखि चहलपहल
बागलुङ, २ साउन (रासस) ः आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी...
राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको नयाँ कार्यसमिति चयन
पोखरा, १ साउन । राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको ११ औं साधारणसभा तथा ५ औं अधिवेशनले शोभा आचार्यको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिलमाया गुरुङ, सचिवमा विष्णुमाया पौडेल, कोषाध्यक्षममा धना पौडेल र सहसचिवमा कृष्णाकुमारी सुवेदी रहनु भएको छ। समितिको सदस्यहरुमा विष्णुमाया पौडेल, गीता भण्डारी, सावित्री पराजुली, लेखमाया थापा, डिलकुमारी...