पोखरा सेरोफेरो

पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि
गण्डकी, ३ मङ्सिर (रासस)ःपर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । पोखराको सराङ्कोटबाट हावा खाँदै जिपलाइन, प्याराग्लाइडिङसँगै बन्जीजम्प, स्वीङ, अल्ट्रालाइटदेखि माउन्टेन फ्लाइटसम्मका विभिन्न गतिविधिले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ । स्वदेशी एवं विदेशी पर्यटकका साथै उच्चपदस्थ अधिकारी,...
चण्डिका टोल विकास संस्थाको साधारण सभा
पोखरा, २ पुस । पोखरा महानगरपालिका वडा नं २० स्थित चण्डिका टोल विकास संस्थाको दोस्रो साधारण सभाले राम बहादुर हमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विजय कार्की, सचिवमा नवीन नेपाली, सहसचिवमा गणेश बस्नेत, कोषाध्यक्षमा मधु शाही रहनु भएको छ । समितिको सदस्यहरुमा अनिल विक, राजेश्वरी हमाल, सरस्वती शाही, विवस नेपाली र...
बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन
– डम्मर बुढामगर ढोरपाटन, १ पुस (रासस) :बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार...
गण्डकीमा हृदयरोग उपचार केन्द्र
गण्डकी, २८ मङ्सिर(रासस)ःगण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले पोखरामा हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । उच्चस्तरीय उपकरणद्वारा आधुनिक सघन उपचार कक्ष(सिसियु) मा राखी बिरामीको उपचार गर्न थालिएको सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालले जानकारी दिनुभयो । दूर दराजका बिरामीको मुटु सम्बन्धी रोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता न्युनीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको...
भोगटेको फेदमा जन्मेको ‘लेउवासङ्घ’ः जसले चिनायो लेखनाथलाई
–वासुदेव पौडेल गण्डकी, २४ मङ्सिर (रासस): कवि शिरोमणि लेखनाथ पौड्यालको नामबाट २०५३ साल माघ १८ गते लेखनाथ नगरपालिकाको घोषणा गरिएको थियो । यस क्षेत्रका तत्कालीन राखी, लेखनाथ, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर नगरपालिका घोषणा गरिए पनि यस क्षेत्रको पहिचान हुन नसकेको वास्तविकता त्यसै बेलादेखि चासो र चर्चामा रहेको यहाँका अगुवा बताउँछन् । नगरपालिकाको...
कास्की काँग्रेसले अन्तरघातमा संलग्नलाई कारवाहीका लागि सिफारिस गर्ने
पोखरा, १५ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाहीको लागि सिफारिस गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीको विहीबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकमा पदाधिकारी एवं सदस्यहरुले पार्टी भित्र अन्तरघात बढेकोप्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए । बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमिति समक्ष...
गुल्मीमा धान उत्पादनमा कमी आयो
गुल्मी, ११ मङ्सिर (रासस) :गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै...
कास्कीको राजनीतिक पहिचान बनाउँछु – बराल
पोखरा, २८ कात्तिक । कास्की क्षेत्र ं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । ‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ, उहाँले भन्नुभयो – अब राजनीतिक पहिचान पनि बनाउनुपर्छ ।’ उहाँले मतदाताले गर्वको अनुभुति गर्ने गरी आफूले संसदमा काम गर्ने उल्लेख गर्नुभयो...
उम्मेद्बार बराल पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा
पोखरा, २३ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बराल पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा रहनु भएको छ । उहाँले मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भन्नुभएको छ । त्यस्तै, देशको समृद्वि, र शान्ति,...
जनताको आवश्यकता मेरो प्राथमिकता – बराल
पोखरा, १९ कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउनु भएको छ । कास्की काँग्रेसका सभापति समेत रहनु भएका उम्मेद्बार बरालले जनताले आवश्यकता अनुसार छनोट गरेका योजना नै आफ्नो योजना हुने उल्लेख गर्नुभयो । कास्कीको रुपा गाउँपालिकाको तालबेसी, काउँरे, हंसपुर, हाँसपोखरी, पिप्ले, ठूलीबेँसी,...
अझै खुलेन अवरुद्ध ग्रामीण सडक
ढोपाटन, ४ कात्तिक (रासस):निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पु¥याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन् । गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । चार महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । गाउँदेखि बजार पुग्न पैदल नै हिँड्नुपर्छ...
डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ
पोखरा, २९ असोज । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ पोखरामा भएको छ । कार्यक्रममा लायन्स अन्र्तराष्ट्रिय आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता, लायन्स अन्र्तराष्ट्रियका एलसिआइएफ एरिया लिडर राजन लम्सालको विशेष आतिथ्यतामा तथा डिष्ट्रिक्ट गभर्नर राम बसेलको अध्यक्षतामा भएको थियो । डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गगभर्नर रामबहादुर बसेलले ‘आई विलिभ...