पोखरा सेरोफेरो

सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्केपछि हाल उनि घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन । बुढासहित ६ जना ड्रागनफ्रुट खेतीमा संलग्न छन । छपन्न वर्षीय बुढा सोह्र वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बसे । ड्रागनफ्रुट खेतीबाट आफनै देशमा मनग्य आम्दानी गर्न पाउँदा उनि खुशी छन । ड्रागनफ्रुट...
नमूना पत्रकार सम्मेलन
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम...
रहेनन्, गजलकार पङ्गेनी
पोखराका चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । उनको मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले साहित्यकार पङगेनीको निधनमा दुख व्यक्त गर्दै उनको स्मरण नेपाली साहित्यले गरिरहने जनाए । कास्कीको...
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
‘पर्यटन, संस्कृति र खाना’ को नारासहित देशको पर्यटकीय राजधानी सहर पोखराको फेवाताल किनारमा नेपाली नयाँ वर्ष २०८१ का अवसरमा १९औँं संस्करणको फेवा नव वर्ष महोत्सव हुने भएको छ । होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नका लागि विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो । यही...
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा होली महोत्सव आयोजना गरेको थियो । महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङ्गहरु अनुहारमा दलेर...
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
युवाकवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ लोकार्पण गरिएको छ । नेपाली लेखक सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित दौँतरी कार्यक्रमको तेस्रो शृङ्खलाअन्तर्गत पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरूभक्त, नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष कवि तीर्थ श्रेष्ठ, लोक गायिका हरिदेवी कोइराला, सञ्जीवका पिता लक्ष्मण पौडेलले संयुक्तरूपमा कृतिको लोकार्पण गरेका हुन । सङ्घले दौँतरी कार्यक्रम अन्तर्गत साहित्यिक एवं...
पोखरा पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै
लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पोखरा महानगरपालिकाले औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । महानगर प्रमुख धनराज आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि...
मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा
नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ । गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको छ...
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । गत महिना प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिले आफ्नो अध्ययन प्रतिवेदन मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण गरेको हो । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री...
अंग्रेजी नयाँ बर्षमा, हरेक बर्ष जस्तै पोखरामा पोखरा सडक महोत्सव
अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा हरेक बर्ष जस्तै यस बर्षपनि नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा आगामी पुस १२ गतेदेखि १६ गतेसम्म रजत जयन्ती महोत्सवका रुपमा २५ औँ पोखरा सडक महोत्सव हुन लागेको हो । रेवान पोखराले काठमाडौँमा...
जाउँ है पोखरा अभियान पश्चिम नेपालमा सम्पन्न
आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्धेश्यसहित गत मंसिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाउँ है पोखरा अभियान सम्पन्न भएको छ । अभियान अन्तर्गत भैरहवा, नेपालगंज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिएको थियो । कार्यक्रममा पर्यटन तथा उद्योग वाणिज्य क्षेत्रका व्यवसायीहरुको उत्साहप्रद रुपमा सहभागिता रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष...
सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति
फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा आज भएको प्रदेश सुरक्षा समितिको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका प्रमुख सचिव, नेपाली...