फोटो पाली

प्रधानमन्त्री दाहाल न्यूयोर्क प्रस्थान [तस्वीरहरू]
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखरप्रतिनिधिलगायतले बिदाइ गरे । प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको...
नेम्वाङको महाप्रस्थान
संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि [फोटो फिचर]
काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्व. नेम्वाङको बिहीवार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । त्यसअघि स्व.नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए...
असिनाले सेताम्य
पोखरामा शनिवार पनि वर्षासँग असिना परेको छ । पोखरा र आसपासका क्षेत्रमा असिना परेको बताइएको छ । असिनाका कारण तरकारी खेतीमा क्षति पुगेको छ । पोखरामा केहि दिन यतादेखि अपरान्ह पछि वर्षासँगै असिना पर्न थालेको छ । असिना परेपछि सेताम्य पोखराको माझठाना र बेगनासताल क्षेत्र ।       तस्विर ः जीवन तिवारी र श्रीराम...